आकाश तारा बयक
सुर्खेत, पुस २५। पश्चिम सुर्खेतका ग्रामीण भेगमा स्थापित इलाका प्रहरी कार्यालयले शान्ति–सुरक्षा दिन नसकेको गुनासो स्थानीयले गरेका छन्। स्थानीय बासिन्दाका अनुसार हातहतियार, सवारीसधान र सञ्चार सेटसमेत नभएका प्रहरीबाट सुरक्षाको प्रत्याभूति हुन नसकेको हो।

पश्चिम सुर्खेतका बड्डीचौर, सालकोट, छाप्रे, बाबियाचौर, विद्यापुर, गुटु, विजौरा र लगाममा दरबन्दी अनुसारका सुरक्षाकर्मी नहुँदा थप समस्या उत्पन्न भएको हो। इलाका प्रहरी कार्यालय गुटुमा २३ जनाको दरबन्दी भए पनि हाल ६ जना मात्र कार्यरत छन्।

विनाहतियारका प्रहरी जवानलाई चौकीका नाममा जिल्लाको कुनाकाप्चामा राख्दा उनीहरूको मनोबल घटेको तत्कालीन गुटु गाविसका पूर्वअध्यक्ष एवं समाजसेवी काशीराम देवकोटाले बताए । उनले न्यूनतम जनशक्ति र स्रोत साधन अभावले गाउँमा कुटपिट र झगडासम्बन्धी जानकारी प्रहरीलाई दिए पनि समयमा पुग्न नसक्ने गरेको समस्या सुनाए। पश्चिम सुर्खेतका विभिन्न गाउँमा प्रहरी चौकी स्थापना गरिए पनि तस्करहरूले अवैध रूपमा आखेटोपहार, जडीबुटी, रक्सीलगायत खुलेआम ओसारपसार गरिरहेका छन्।

‘रक्सी खाएर राति पुलिसलाई नै धम्काउनेहरू भेटिन्छन्,’ प्रहरी कार्यालय नजिकैका एक स्थानीयले भने, ‘सवारीसाधन र हतियारको त के कुरा, प्रहरीको आफ्नै भवनसमेत छैन।’ दरबन्दीअनुसार जनशक्ति नहुँदा प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिरहेका छैन।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थापना गरिए पनि जिल्लामा प्रहरीको दरबन्दी थप भएको छैन। ५ सयको दरबन्दी तोकिए पनि करिब सय जना कम प्रहरी जिल्लामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बहादुर क्षेत्रीले ग्रामीण भेगका प्रहरी चौकीको अवस्था निकै नाजुक रहेको स्वीकार गरे । उनले देश सङ्घीय संरचनामा गइसकेकाले केन्द्र, प्रदेश र जिल्लामा दरबन्दी मिलानको काम बाँकी नै रहेकाले जनशक्ति व्यवस्थापनमा ढिलाइ भइरहेको बताए।

उनका अनुसार केही स्थानहरू नयाँ प्रहरी बिट स्थापना गरिएकाले पनि दरबन्दी अनुसारका सुरक्षाकर्मी खटाउन नसकिएको हो ।
‘जिल्लाका सबै इप्रका र चौकीमा दरबन्दी अनुसारका सुरक्षाकर्मी पठाउन नसक्दा स्थानीय बासिन्दा शान्तिसुरक्षाप्रति चिन्तित छन्,’ उनले भने, ‘गाउँमा स्थापित चौकीको आफ्नै भवन नहुँदा थप अर्को समस्या छ। केन्द्रसँग स्रोत साधनसहित थप जनशक्ति माग गरेका छौँ। सुर्खेत प्रदेशको राजधानी भएकाले भीआईपी लगायतलाई सुरक्षा दिनुपर्ने बाध्यताका कारण पनि सदरमुकामै शान्तिसुरक्षा कायम गर्न कठिनाइ हुने गरेको उनको अनुभव छ।

बर्सेनि बढ्दो जनसङ्ख्या, भूगोल र प्रदेश राजधानी भएकाले त्यसको अनुपातमा प्रहरीको दरबन्दी सुर्खेतमा निकै न्यून छ।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पर्वतको विहादीमा आगलागी

पर्वतको विहादीमा आगलागी

2 घन्टा

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

2 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार