नर्थ क्यारोलिना (अमेरिका) – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नर्थ क्यारोलिना च्याप्टर (एनसीसी) को चुनाव नजिकिँदै गर्दा यहाँ चुनावी सरगर्मी बढेको छ। सो च्याप्टरको आगामी निर्वाचन यही मे १८ तारिखमा हुनेछ।

यस निर्वाचनमा वर्तमान सचिव मोहनकुमार पहाडीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। पहाडीले पछिल्लो केही दिनयता आफ्नो चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन्। नर्थ क्यारोलिना च्याप्टरमा दुईवटा समूह आ–आफ्ना चुनावी प्रतिवद्धतासहित चुनावमा उत्रिएका छन्।

गतशुक्रबार भएको चुनावी कार्यक्रममा नर्थ क्यारोलिना च्याप्टरका अध्यक्षका उम्मेदवार पहाडीले आफ्ना प्रतिवद्धताहरू सार्वजनिकसमेत गरेका छन्। उनले यसअघि नै नर्थ क्यारोलिना निवासी एनआरएनएका सदस्यहरूलाई सम्बोधन गर्दै एक विज्ञप्तिसमेत जारी गरिसकेका थिए। उक्त विज्ञप्तिमा उनले भनेका छन्, ‘मैले यस संस्थामा हाल सचिवको भूमिकामा रहेर आफ्नो योग्यता र क्षमताले भ्याएसम्म मन बचन र कर्मले आफ्नो जिम्मेवारी बहन गरिरहेको छु। यसैको निरन्तरता स्वरुप आगामी कार्यकाल सन् २०१९-२०२१ का लागि नेतृत्व सम्हाल्ने मेरो चाहनालाई यहाँहरूले आत्मसात् गर्दै मलाई सुझाव सल्लाह र सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नर्थ क्यारोलिना च्याप्टर हामी एनआरएनए सबैको साझा संस्था हुनुपर्ने हो, तथापि अझै पनि यो संस्थागत हुन नसकिरहेको अवस्था छ, यस संस्थालाई सबै एनआरएनएको साझा संस्था बनाउनका निम्ति यसभित्रका कमी कमजोरीहरूको सुधारका लागि आफ्नो तर्फबाट सधैँ प्रयास गर्नेछु। यस संस्थालाई संगठित, सेवामुखी र पारदर्शी बनाउने हामी सबैको चाहना पनि हो।’

उनले भनेका छन्, ‘राजनीति, वर्ग, जाति र क्षेत्रभन्दा माथि उठेर हामी सबैले आपसी सहयोग र समझदारीका साथ नेपाली भएर काम गर्न सके मात्र यस संस्थाको उद्देश्य पूरा गर्न सकिन्छ। यहाँहरूको सहयोग र सद्भावका लागि म हार्दिक आभार व्यक्त गर्दछु।’

गत शुक्रबार एक कार्यक्रममा पहाडीले आफ्नो प्रतिवद्धता व्यक्त गर्दै विगतमा जारी गरेको विज्ञप्तिलाई पुनः स्मरण गरेका छन्। उनले भनेका छन्, ‘एनआरएनएलाई अझ बढी पारदर्शी, समावेशी, सेवामुखी बनाउनुका साथै संस्थागत गर्ने काममा मेरो अग्रसरता रहनेछ। यसैगरी, एनआरएनए क्यारोलिना च्याप्टरसँग स्थानीय संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध स्थापित गरी ती संस्थाहरूको उद्देश्य प्राप्तिका लागि सहयोगीको भूमिकासमेत निर्वाह गरिनेछ।’

पहाडीको प्रतिवद्धतामा च्याप्टरको दुई वर्षको कार्यकालमा यसको सदस्य संख्या कम्तीमा ५ सय पुर्याउने, स्थानीय च्याप्टरमा इमर्जेन्सी फण्डको शुरूवात गर्ने, युवा, बालबालिका तथा अग्रजहरूका लागि लाभदायी कार्यक्रम बनाउने तथा कार्यान्वयन गर्ने र नर्थ क्यारोलिना आउने नयाँ एनआरएनहरूका लागि सहज जीवनयापनमा संस्थागत तथा व्यक्तिगत सहयोग गर्ने कुराहरू व्यक्त गरिएको छ।

निर्वाचन अभियानअन्तर्गत क्यारीस्थित हिमालयन ग्रिलमा भएको उक्त अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा वक्ताहरूले विभिन्न सुझावहरू दिएका थिए। धेरैजसो व्यक्तित्वहरूले पहाडीको प्रतिवद्धताहरू सरल र प्रष्ट भएको बताउँदै उनलाई शुभकामनासमेत दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले निर्वाचनमा जानु भनेको सम्बन्धको समाप्ति होइन, यो केही समयका लागि कसले संस्थाको नेतृत्व गर्ने भन्ने प्रतिनिधि छनोटको प्रजान्त्रिक अभ्यास मात्रै भएको बताए। उनले भने, ‘प्रतिस्पर्धामा परिणामपश्चात् विजेताले २ वर्षका लागि कार्यभार सम्हाल्ने र उपविजेताले विजेताको सहयोगी र समन्वयकर्ताको भूमिका खेलेर संस्थालाई अझ राम्रोसँग अगाडि बढाउन मद्दत गर्नुपर्नेछ।’

पहाडीले आफ्ना प्रतिद्वन्द्वीलाई पनि शुभकामना दिँदै प्रजातान्त्रिक अभ्यासमा प्रतिस्पर्धा सामान्य विषय हुने बताए।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६