प्रभुनारायण बस्नेत


लोकतन्त्रको सुन्दरता भनेको अभिव्यक्ति स्वतन्त्रता हो। नागरिक अधिकारभित्र सबैभन्दा पहिले अभिव्यक्ति स्वतन्त्रता नै पर्दछ। यो कुनै पनि देश र सरकारको निजी मामिला होइन। संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले नै यसको ग्यारेन्टी गरेको छ। नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएकाले त्यसलाई पालना गर्नु उसको दायित्वभित्र पर्छ। तर, नेपाल सरकारले जनताको त्यो अधिकार खोस्ने चेष्टा पटकपटक गरेको छ। पछिल्लोपटक खड्ग ओली नेतृत्वको सरकार गठन भएयता जनतालाई अधिकारविहीन रैती बनाउने प्रयास भएको छ। त्यसका लागि सरकारको आदेश, निर्देशन, ऐन–कानूनमा व्यवस्था, संविधानको उल्लंघनजस्ता अनेक दुस्प्रयास भएका छन्।

पछिल्लोपटक मिडिया काउन्सिल ऐन निर्माण प्रक्रियाले सरकारको असली रूप उदाङ्ग पारेको छ। मन्त्रिपरिषद्वारा पारित गरेर संसदीय समितिमा पुर्‍याइएको त्यो विधेयक पञ्चायती कानूनभन्दा कठोर रहेको छ। त्यसले मिडिया काउन्सिल नामक एउटा संयन्त्र निर्माण गरेर पत्रकारलाई ठेगान लगाउने व्यवस्था गर्ने भएको छ। पत्रकारले लेखेको कुनै समाचारका लागि काउन्सिलले नै २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ। त्यसका लागि अदालत पनि गइरहनु पर्दैन। पत्रकारलाई ठेगान लगाएपछि तिनले सत्य–तथ्य समाचार सम्प्रषण गर्न सक्दैनन् र पत्रकारले सत्य खबर बाहिर नल्याएपछि जनताले यथार्थ कुरा थाहा पाउन सक्दैनन् भन्ने भ्रममा यो सरकार परेको प्रस्टै देखिन्छ। तर, त्यो उसको सुतुरमुर्गे विश्वास सूचना र सञ्चारले उत्कर्ष छोएको यो युगमा मिथ्या र कोरा कल्पना मात्र हो। सत्यको मुख टालेर झुटलाई मुखर गराउने उसको प्रयास निष्फल हुने निश्चित छ।

गत आम निर्वाचनमा हिंसात्मक पृष्ठभूमि भएका र कम्युनिष्ट नाम भएका दुई दल एक भएर चुनाव लडेपछि नेपाली कांग्रेसले अधिनायकवादको खतरा देखेको थियो। कांग्रेसको त्यो दृष्टिकोणसँग त्यतिबेला धेरैले सहमति जनाएनन्। त्यो उसको सत्ता गुम्ने खतरा कम गराउने अस्त्र हो भन्ने निष्कर्ष बुद्धिजीवी वर्गले निकाल्यो। अरू त अरू कांग्रेस कार्यकर्तासमेत नेतृत्वको त्यो विचारसँग सहमत देखिएनन्। फलतः निर्वाचनमा गठबन्धन गरेका दुई दल प्रचण्ड बहुमत हासिल गर्न सफल भयो। बहुमत प्राप्त दलले स्वाभाविक रूपमा सरकार गठन गर्‍यो। सरकार गठन प्रक्रियादेखि नै उसको अहंकार र घमण्ड प्रदर्शित हुन थाल्यो। समयक्रममा त्यो यति बढ्यो कि अहिले त सरकारलाई न संविधानको पालना गर्नुपर्छ, न कानूनले उसलाई छुन्छ, न त उसले प्रचलित परम्परालाई नै अनुसरण गर्नुपर्ने जरुरी ठान्छ। सरकारले विपक्षीको अस्तित्व नस्वीकार्ने, जनताका जायज माग र न्यायिक आवाज कुल्चने धृष्ठता गरेर उसको यात्रा अधिनायकवादतर्फ उन्मुख रहेको संकेत दिइसकेको छ।

सरकार निरंकुशताको बाटोतर्फ अघि बढिरहेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि ‘मौन सम्मति लक्षणम्’को व्यवहार देखाउने, सुविधाको निम्ति वार्गेनिङ गर्ने प्रतिपक्षलाई के भन्ने? किन प्रतिपक्ष धेरै कुरामा मौन छ? अहिले आउन लागेको अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकबारे ऊ अझै किन मौन छ? कि सरकार र प्रतिपक्षको सहमतिमै यो षडयन्त्रको तानाबाना बुनिँदैछ? प्रेसले उपभोग गरेको स्वतन्त्रताले जनतालाई बलियो बनाउँछ।

दुईतिहाइ सांसदको समर्थन रहेको वर्तमान सरकारको यात्रा प्रतिगमन, उल्टो दिशा र अधिनायकवादतर्फ निरन्तर बढिरहेको छ। सरकारका मन्त्रीहरूको बोलीमा लगाम लगाउने कुनै निकाय छैन। गैरजिम्मेवारीपन, उछृङ्खलता, अराजकताले सीमा नाघेको छ। मन्त्रीले नै सम्पूर्ण कर्मचारीलाई पागल भन्छन्। विदेश अध्ययन गर्न जाने महिला विद्यार्थीलाई वेश्या भन्छन्। सञ्चारमन्त्री सार्वजनिक समारोहमै सरकारको आलोचना गर्ने पत्रकारलाई पैसा नपुगे सरकारसँग लिन आउन चुनौती दिन्छन्। प्रधानमन्त्रीले त कहीँ कतै आफ्नै पदको गरिमा र मर्यादाको ख्याल गरेको पाइँदैन। चाहे उनले विकासनिर्माणका सम्बन्धमा असन्तुष्टि राख्ने जनतालाई जवाफ दिँदा होस्, विपक्षीलाई ‘ठेगान’ लगाउने ध्येयले होस् वा उनको आलोचना, टिप्पणी र विरोध गर्ने बौद्धिक तप्कालाई इङ्गित गर्दा होस्, सन्तुलन गुमाउने गरेको प्रस्ट देखिन्छ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले देखाएको व्यवहारले त उनको प्रधानमन्त्री बन्ने योग्यतामाथि नै प्रश्नचिह्न लगाइदियो। प्रधानमन्त्री सदैव प्रशंसा, स्तुति र गुणगानमात्र सुन्न चाहने मिजासका छन्। तर, उनको कामकारवाहीले चाहिँ सधैँ आलोचना, विरोध र आक्रोश पैदा गराउँछ। यो विरोधाभाषले गर्दा बेलाबखत अप्रिय स्थिति निम्त्याउँदै आएको छ। आलोचकलाई निम्नस्तरको भाषाशैलीमा गाली गर्ने, विपक्षीलाई होच्याउने गर्नुलाई नै उनले आफ्नो सफलता हो भन्ने ठानेका छन्। त्यही भएर उनी कुनै पनि मामिलामा संयम, सुझबुझ र धैर्य देखाउँदैनन्, त्यसो गर्नुलाई कमजोरी ठान्छन्। संसदमा पनि त्यसै गरेर विपक्षीलाई पेल्ने नाममा अमर्यादित शब्द बोले र त्योभन्दा पनि डरलाग्दो कुरा त उनले रोस्टममा उभिएर फ्लोरमा रहेका सांसदहरूसँग जुहारी खेले, जुन अत्यन्त अशोभनीय, अमर्यादित र अवाञ्छित दुस्कर्म ठानिन्छ। त्यो संसदीय व्यवस्थाको असंसदीय क्रियाकलापको पराकाष्टा हो।

हिंसालाई आदर्श मान्दै आएको, ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’ भन्ने सिद्धान्तमाथि विश्वास गर्ने र त्यही स्कुलिङबाट हुर्किएका प्रधानमन्त्रीबाट प्रजातान्त्रिक आचरण, व्यवहार र शैलीको अपेक्षा गर्नु भूल हो। वर्तमान प्रधानमन्त्रीलाई लोकतन्त्र र जनअधिकारप्रति पटक्कै विश्वास छैन। यो उनको विगतदेखि वर्तमानसम्मका क्रियाकलाप, अभिव्यक्ति र व्यवहार हेर्‍यो भने प्रस्ट हुन्छ। तर, सरकार निरंकुशताको बाटोतर्फ अघि बढिरहेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि ‘मौन सम्मति लक्षणम्’को व्यवहार देखाउने, सुविधाको निम्ति वार्गेनिङ गर्ने प्रतिपक्षलाई के भन्ने? किन प्रतिपक्ष धेरै कुरामा मौन छ? अहिले आउन लागेको अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकबारे ऊ अझै किन मौन छ? कि सरकार र प्रतिपक्षको सहमतिमै यो षडयन्त्रको तानाबाना बुनिँदैछ? प्रेसले उपभोग गरेको स्वतन्त्रताले जनतालाई बलियो बनाउँछ।

यति कमजोर संयन्त्र र टिमले उनले एकछत्र राज गर्ने सपना साकार गर्न सक्दैनन्। एकछत्र राज गर्नु भनेको अधिनायकवाद लागू गर्नु नै हो। ओलीलाई जनतामाथि तानाशाही लाद्न जनताले भोट दिएका होइनन्। तर, एउटा निर्वाचन जित्नासाथ चक्रवर्ती सम्राट् नै भएँ भन्ने भ्रम उनमा पलाएको छ। त्यो भ्रमलाई चकनाचुर पार्ने सामर्थ्य अहिलेको विपक्षी दलसँग देखिँदैन।

जनता बलियो हुँदा सरकार कमजोर हुन्छ। त्यसैले प्रेसमाथि अंकुश लगाउने, त्यसलाई नियन्त्र गर्ने संयन्त्र निर्माण गर्दा आफूलाई पनि फाइदै पुग्छ भन्ने प्रतिपक्षको पनि बुझाइ त छैन? २०६१ मा राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर प्रेस स्वतन्त्रतामाथि कडा बन्देज लगाएको बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पत्रकारहरूलाई सम्बोधन गर्दै ‘म तपाइहरूको अधिकारका लागि लडिरहेको छु’ भनेका थिए। त्यसबेला पत्रकार पनि मैदानमै थिए। अहिले ओली सरकारले कानून नै बनाएर पत्रकारका अधिकार हनन गर्दैछ। यस्तो बेला कांग्रेसको धारणा के छ, कांग्रेस सभापति पत्रकारको अभिव्यक्ति स्वतन्त्रताप्रति चिन्तित छन् कि छैनन्?

सरकार सुनियोजित रूपले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्ने अभियानमा लागेको छ। त्यसका लागि उसले सत्तारूढ दलको प्रेस संगठनदेखि प्रेस काउन्सिलसम्मलाई आफ्नो पक्षमा लिइसकेको आशंका पैदा भएको छ। लामो समयदेखि प्रेस काउन्सिल नेतृत्वविहीन छ। हालै एउटा कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षले पत्रकारकै कारण यस्तो विधेयक आउन लागेको ठोकुवा गरे। पत्रकारले कठोर आलोचना गरेर, सरकारको विरोध गरेर यस्तो कानून ल्याउन बाध्य पारेको उनको धारणा थियो। उनले निर्मला पन्त काण्डमा पनि पत्रकारले गर्दा छानबिनमा बाधा पुगेको विचार प्रकट गरे। सरकारले समातेको व्यक्ति दोषी होइन भनेर लेख्ने भन्दै, त्यो दोषी नभए को हो त दोषी? चौथो अंगले त्यसलाई देखाउनु पर्दैन?

अहिले पनि प्रेस काउन्सिल यसरी सरकारी भाषा नै बोल्दै छ। तर, वर्तमान सरकार त्यतिले सन्तुष्ट छैन। उसले अब दण्ड जरिवाना गर्ने अधिकारसहितको मिडिया काउन्सिल निर्माण गरेर आफ्नो अधिनायकवादी बाटोतर्फको यात्रा सहज बनाउन कोसिस गरिरहेको छ। इदि अमिन र हिटलरको पथमा हिँड्न चाहने वर्तमान प्रधानमन्त्रीले प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार, मानव स्वतन्त्रताजस्ता शब्द पढेका अवश्य होला र त त्यसले बोकेको भावनालाई उनले बुझेका छैनन् भन्ने प्रशस्त आधार छन्। उनलाई हिटलर बनाउने जिम्मेवारी पाएका गोयवल्स पनि निकै कमजोर परे। पहिले त हिटलरमा जुन गुण थियो, जुन योग्यता थियो, त्यो हाम्रा प्रधानमन्त्रीमा देखिँदैन। त्यसपछि उनको टिम पनि निकै कमजोर भयो। यति कमजोर संयन्त्र र टिमले उनले एकछत्र राज गर्ने सपना साकार गर्न सक्दैनन्। एकछत्र राज गर्नु भनेको अधिनायकवाद लागू गर्नु नै हो। ओलीलाई जनतामाथि तानाशाही लाद्न जनताले भोट दिएका होइनन्। तर, एउटा निर्वाचन जित्नासाथ चक्रवर्ती सम्राट् नै भएँ भन्ने भ्रम उनमा पलाएको छ। त्यो भ्रमलाई चकनाचुर पार्ने सामर्थ्य अहिलेको विपक्षी दलसँग देखिँदैन।

नेपाल कम्युनिष्ट पार्टी नामधारी वर्तमान सत्तारूढ दलले ओलीको महत्वाकांक्षासँगै सति जाने सोचेको छैन भने उसले पनि ओलीमाथि लगाम लगाउनु पर्छ। विपक्षी पनि कमजोर र सत्तारूढ दल पनि निरीह भयो भने ओलीले मुलुकलाई भड्खालोमा हालिदिन सक्छन्। त्यसको एउटा जिउँदोजाग्दो उदाहरण त बिम्स्टेक समिटको बेला सदस्य राष्ट्रहरूका सैनिकको संयुक्त परेड गराउने निर्णय र पछि त्यसमा सहभागी नहुनु पनि हो। यस्ता सैयौँ उदाहरण छन्

कमजोर विपक्षी भएको अवस्थाको लाभ उठाएर ओलीले सारा नियम कानून संशोधन गरी आफू शक्तिशाली हुने र अकण्टक तानाशाह बन्ने सपना सँगालेका छन्। उनले बुझ्नुपर्छ, कुनै पनि दल, नेता र सरकारको बल भनेको जनता हुन्। जनतालाई चित्त बुझाएर र राम्रो काम गरेरमात्र लोकप्रिय बन्न सकिन्छ। लोकप्रिय नेता नै सही अर्थमा बलियो पनि हो। सेना, प्रहरी वा कुनै प्रशासक बलियो हुने भनेको उसको आदेश तामेली भयो, भएन भन्ने हुन्छ। तर, राजनीति गर्ने, जनतासँग अनेक वाचा गर्ने र मौका पर्दा तिनैलाई धोका दिने व्यक्ति कहिल्यै सफल हुन सक्दैन।

नेपाल कम्युनिष्ट पार्टी नामधारी वर्तमान सत्तारूढ दलले ओलीको महत्वाकांक्षासँगै सति जाने सोचेको छैन भने उसले पनि ओलीमाथि लगाम लगाउनु पर्छ। विपक्षी पनि कमजोर र सत्तारूढ दल पनि निरीह भयो भने ओलीले मुलुकलाई भड्खालोमा हालिदिन सक्छन्। त्यसको एउटा जिउँदोजाग्दो उदाहरण त बिम्स्टेक समिटको बेला सदस्य राष्ट्रहरूका सैनिकको संयुक्त परेड गराउने निर्णय र पछि त्यसमा सहभागी नहुनु पनि हो। यस्ता सैयौँ उदाहरण छन् ओलीका असफलताका। उनको छुच्याइ, अहंकार र घमण्डसँगै उनको पार्टी सति जान तत्पर भए पनि मुलुकले त्यसो गर्न हुँदैन। मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, लोकतन्त्र, मानवअधिकार आदिका लागि कोही नेतृत्व लिन तयार भएन भने जनताले आफूमध्येबाटै नेतृत्व निर्माण गरेर अघि बढ्न तत्पर रहनुपर्छ। जनतालाई धोका दिने, भ्रममा राख्ने, जनताले उपयोग गरिरहेका अधिकार खोस्ने र तानाशाह बन्ने महत्वाकांक्षा पाल्ने शासकलाई गद्दीबाट ओर्लन बाध्य पार्न ढिलो भइसकेको छ।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६