वीरगञ्ज – पर्सा प्रहरीले गएराति वीरगञ्ज महानगरपालिका– १७, अलौबाट ३ हजार १ सय २५ किलो अवैध केराउ बरामद गरेको छ। वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय सुगौलीको टोलीले उक्त केराउ अलौको सीमाक्षेत्रबाट बारामद गरेको पर्सा प्रहरीले बताएको छ।

प्रहरीका अनुसार रातिको समयमा तस्करीका लागि थुपारिएको अवस्थामा रहेको केराउ बरामद गरी ल्याइएको डीएसपी अन्नत शर्माले बताए। तर, अलौको एक गोदामबाट उक्त केराउ छापा मार्ने क्रममा फेला पारिएको चर्चा बजारमा छ। ‘यदि कुनै व्यापारीले तेस्रो मुलुकबाट रेलबाट गोदाममा ल्याएर राख्छ भने त्यो अपराध होइन, तर सीमा कटाउँछ भने त्यो अपराध हो,’ पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी शर्माले भने, ‘सीमा कटाउन लागिएको अवस्थामा समातिएको हो, तस्कर प्रहरी टोली देखेर फरार भए।’

प्रहरीले पूर्वसूचनाका आधारमा २५ किलोका १२५ बोरा केराउ बरामद गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार पठाएको छ। यसैबीच, नेपालमा सस्तो र भारतमा २० रुपैयाँ महँगो पर्ने भएकाले क्यानाडाबाट कोलकाता र रेलबाट वीरगञ्ज मगाई तस्करीको रुटबाट सवारीसाधनमा केराउ बिहारमा अवैध रूपमा सीमा पार गराइन्छ।

गत आर्थिक वर्षमा मरिचको तस्करी बढेसँगै यस वर्ष मरिचको आयात घटेको र केराउको आयातमा निकै वृद्धि भएको श्रीर्सिया सुक्खा बन्दरगाहका सूचना अधिकारी मनिष महतोले बताए।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३