विराटनगर – मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु ।

मोरङ, बुढिगंगाको ऋषिदेव समुदायले खानेपानीबाट वञ्चित गराएको भन्दै उजुरी गरेपछि सोमबार इलाका प्रहरी कार्यालय नेमुवामा छलफल गरिँदै । तस्बिरः विनुरकान्तिपुर

सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि नै थियो । एसईई परीक्षा सकिएकै दिन चैत १८ मा दुवैले गाउँ छाडे, सम्पर्कविहीन भए । लगत्तै थापा परिवारले छोरी फिर्ता ल्याउन भन्दै धम्क्याउन थाल्यो ।

थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामूहिक टयुबवेल उखेलेर फालिदियो । नयाँ टयुबवेल नगाड्न पनि धम्क्याइयो । अहिले ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै हिँडिरहेका छन् । कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् । छोरा खोज्न भनेर उनीहरू हिँडेपछि घर खाली छ ।

थापा परिवारको निजी जमिनमा लगभग १० घर ऋषिदेव समुदायको छाप्रा छन् । उनीहरूका थुप्रै पुस्ता त्यहीँ बसेका थिए । त्यहाँ सनीका आफन्तका चार घर छन् । धेरै वर्षपहिले वडा समितिले गाडिदिएको सार्वजनिक टयुबवेलबाट उनीहरूले पानी पिउँदै आएका थिए । सनी र सिर्जनाको बिहेलाई बहाना बनाएर आफूहरूलाई विस्थापन गर्न खोजिएको मुसहर परिवारको गुनासो छ ।
मुसहर समुदायले अर्को बस्तीबाट पानी ल्याउने गरेकामा त्यहाँ पनि टयुबवेल बिग्रिएको छ । अर्को टयुबवेल गाडा फेरि थापा परिवारका सदस्यले उखेलिदिए । अहिले खानेपानीका लागि हामीले धेरै दुःख पाउनुपरेको छ,स्थानीय खकरी ऋषिदेवले भनिन् । यो समाचार कान्तिपुर दैनिकमा छ।

धनराज वास्तविक धनराज वास्तविक
नेपाली पब्लिक डटकमका सह-सम्पादक हुन् ।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६