काठमाडौँ – मेलम्ची खानेपानी आयोजनासहित विभिन्न राष्ट्रिय गौरवका आयोजना निर्माणको काम लक्ष्यअनुरूप अघि नबढेर अलपत्र परेका छन् । यस्ता अलपत्र आयोजनाबारे संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चारवटा आयोजनाको अवस्था कमजोर रहेको औंल्याउँदै ती आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको समस्याबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गरेको छ।

समितिको सोमबारको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौं–तराई–मधेश द्रुतमार्ग र जनता आवास कार्यक्रमबारे सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय गरेको हो।

केही समयअघि महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औँ वार्षिक प्रतिवेदनले पनि राष्ट्रिय गौरवका आयोजनाको अवस्था सन्तोषजनक नभएको औँल्याएको थियो। समितिका सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजना इटाली निर्माण कम्पनीले छोडेर गएपछि कुन ढाँचाबाट अघि बढाउने भन्ने सरकारबाट निर्णय नभएकाले निर्माणको गति शून्य रहेको बताए।

सरकारले कसरी काम अघि बढाउने भनेर निर्णय नगरेकाले गति शून्य छ भन्दै उनले अहिले यस आयोजनाले सरकारको निर्णय कुरेर बसेको जानकारी गराए । समितिका अर्का सदस्य जीवनबहादुर बुढाले कतिपय राष्ट्रिय गौरवका आयोजना पूरा गर्न दिएको अवधि र हालको प्रगति हेर्दा ठट्टा गरेजस्तो भान हुन्छ भन्दै मेलम्ची गौरवको आयोजना भनिए पनि काम गर्ने तौरतरिका र प्रगति हेर्दा सन्तोष मान्न सकिने अवस्था नभएको बताए।

कर्णालीलगायतका हिमाली क्षेत्रका आयोजना ढिलो सुरु हुने र जाडोका कारण कात्तिकपछि काम गर्न नसकिने हुँदा पूर्वाधार निर्माणका लागि विनियोजित रकम कात्तिक महिनासम्म निष्क्रिय नहुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता पाण्डेले औँल्याए ।

अर्का सदस्य खिमलाल भट्टराईले लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन पूरा गर्न बाँकी रहेको ३० प्रतिशत कामका लागि ६ अर्ब खर्च लाग्ने अनुमान गरिएको बताउँदै बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको गति पनि शून्यजस्तै भएको जानकारी गराए । द्रतमार्ग अघि बढाउने सिलसिलामा केही काम अघि बढेको देखिए पनि अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन स्वीकृत नहुनुको कारणबारे समितिले रक्षा मन्त्रालय र नेपाली सेनासँग जानकारी माग गर्ने निर्णय गरेको छ । यस राजमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ ।

बूढीगण्डकी विद्युत् आयोजना पनि कुन ढाँचामा कसले बनाउने भन्ने विषयमा सरकार समयमा टुंगोेमा पुग्न नसक्दा आयोजनाको समयावधि लम्बिएको मात्र होइन, लागतसमेत दोब्बर हुन पुगेकोतर्फ सरकार गम्भीर हुनुपर्ने समितिका सदस्यको सुझाव छ ।

सो आयोजना अघि बढाउने सन्दर्भमा अझैसम्म पनि कतिपय स्थानको मुआब्जासम्बन्धी विवाद कायमै रहेको र भौतिक प्रगति शून्य नै रहेको बारेमा बैठकमा छलफल भएको थियो । बैठकमा सदस्यले भेरीबबई डाइभर्सन, माथिल्लो तामाकोसी, पशुपति विकास क्षेत्र, रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, राष्ट्रपति चुरे कार्यक्रम, पूर्व–पश्चिम विद्युतीय रेलमार्गलगायतका आयोजनाको प्रगति अवस्था र कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

२२ वटा राष्ट्रिय गौरवका आयोजनाको अवस्था

महालेखाको प्रतिवेदनमा उल्लेख भएको विभिन्न २२ वटा राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये अधिकांशको प्रगति सन्तोषजनक नभएको देखिएको छ । महालेखापरीक्षकको सो प्रतिवेदनले दुईवटा आयोजनाको प्रगति शून्य देखाइएको छ भने दुईवटा आयोजनाको प्रगति ‘करिब सम्पन्न हुने खालको’ देखाएको छ । जसमा माथिल्लो तामाकोसी आयोजनाको प्रगति सबैभन्दा बढी रहेको छ । तामाकोसीको ९८ दशमलव ७ प्रतिशत काम सम्पन्न भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजना ५९ दशमलव ५ प्रतिशत,

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना ३५ प्रतिशत, पशुपति क्षेत्र विकास कोषको ४० दशमलव २ र लुम्बिनी क्षेत्र विकास कोषको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १५ प्रतिशत, काठमाडौं तराई मधेश फास्ट ट्रयाक ४ दशमलव ६८ प्रतिशत ९विवरण प्राप्त नभएको० प्रगति भएको छ । रेल्वे तथा मेट्रो विकास आयोजना १३ दशमलव ७ प्रतिशत, उत्तर–दक्षिण लोकमार्ग कर्णाली १२ प्रतिशत, उत्तर–दक्षिण लोकमार्ग कोसी ३५ प्रतिशत, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी १० प्रतिशतको प्रगति भएको छ । हुलाकी राजमार्ग आयोजनामा २५ प्रतिशत प्रगति भएको छ भने गल्छी त्रिशूली–मेलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको १८ दशमलव ११ प्रतिशत प्रगति भएको छ। यो समाचार राजधानी दैनिकले छापेको छ।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

२०७६, १ मंसिर आईतवार १०:३३