राजापुर – बर्दिया राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ। त्यो हो बर्दिया भनेपछि ‘बाघ’।

बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए। सफा सुन्दर र रमणीयता मन पराउने पर्यटक नेपालकै चर्चित र विदेशमा समेत ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नुअघि नै निराश महसुस गर्थे।

“धरैजसो पर्यटक बाघ हेर्नकै लागि आउनुहुन्छ,” भण्डारीले भने, “गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिन्छ।”

निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्ने हो भने पनि बाघ संरक्षण नै बर्दियाको प्रमुख उपलब्धि हो। निकञ्ज घुम्न आउनेसँगको प्रवेश शुल्कवापत झन्डै रु. डेढ करोड राजस्व सङ्कलन भएको छ। नेपाली पर्यटकबाट रु. १३ लाख ८ हजार १ सय ३८, सार्क मुलुकका पर्यटकबाट रु. ४३ लाख ९ हजार ५ सय २५ तथा विदेशी मुलकका पर्यटकबाट रु. ९९ लाख ३७ हजार ४ सय ८० रकम राजस्ववापत उठेको छ।

निकुञ्जका टिकट बुकिङ इन्चार्ज रमेश चौधरीका अनुसार प्रवेश शुल्क तथा जङ्गल सफारी, क्याम्पिङ, जङ्गल ड्राइभिङ, अवलोकन, अध्ययन भ्रमण, विद्यालयका बालबालिकाको शैक्षिक भ्रमणवापत चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु. ३ करोड १ लाख १० हजार ९ सय ४१ राजस्ववापत उठेको छ।

नेपाली, विदेशी तथा सार्क मुलुकका गरी करिब २२ हजार पर्यटकले आर्थिक वर्ष २०७५/७६ को वैशाख मसान्तसम्म निकुञ्ज भ्रमण गरेका छन्। पछिल्लो तथ्याङ्कअनुसार बर्दियामा ८७ पाटेबाघ छन्।

बर्लिनमा भएको पर्यटन मेलाले बर्दिया राष्ट्रिय निकुञ्जलाई एशियाकै पहिलो प्राकृतिक गन्तव्य घोषणासमेत गरेको थियो। प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्। (रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८