वीरगञ्ज – पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा गएराति दुई जना महिलाहरूको एकै दिन झुण्डिएर भएको मृत्युको खबरले आशंका पैदा गराएको छ। महिलाहरू किन आत्महत्या गर्छन् ? उनीहरू आफ्नै स्वेच्छाले मर्न तयार हुनुपर्ने अवस्था आखिर किन आउँछ ? यो प्रश्न लिएर हामी त्यहीँ पुग्यौँ, जहाँ दुवै जनाको पोस्टमार्टम रिपोर्ट बन्दै थियो। अरू ठाउँ थिएन, वीरगञ्जको नारायणी अस्पतालमा एकातिर मृतक दुवै महिलाको डा. अजित साह पोस्टमार्टम गर्दै थिए भने निजका माइती पक्षका परिवारजन विलौना गरी गहभरि आँशु झार्दै थिए।

हिजो आइतबार बिहान करिब साढे १ बजे छिपहरमाई– ३ बस्ने रमेश मुखिया बिनकी श्रीमती वर्ष २२ की बिन्दी देवी मुखियाले घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको सिलिङको फ्यानमा सलको पासो लगाई झुण्डिएको शव पर्सा प्रहरीले फेला पारेको थियो भने अर्को सोही गाउँपालिका–२, टिहुकीमा विलास महतोकी श्रीमती वर्ष २० की सन्तोषी महतो बिहान साढे ५ बजे आफ्नै घरपछाडिको अम्बाको रूखमा रातो सुतीको साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परिन्। दुवैको शव लिएर इलाका प्रहरी कार्यालय पर्साले पोस्टमार्टमका लागि अस्पताल ल्याएपछि माइती पक्ष विलौना गर्दै थिए भने केटा पक्षहरूले लास कसरी छिट्टो घर लैजाने मेसो मिलाउन दौडधुप गर्दै थिए।

पोखरीय नगरपालिका वसन्तपुर माइतीघर भएकी मृतक सन्तोषीकी आमा तिला देवीले भनिन्, ‘२१ लाख नगद लिएर ११ दिन भएको थियो, छोरीको परिवारजनले नै यातना दिएर छोरीलाई आत्महत्या गर्न लगाएका हुन्।’ उनी हिजै छोरीलाई भेट्न घर गएकी थिइन्, तर उनी खुशी थिइनन्। दाइजोका लागि झगडा गर्दै थिए, तर छोरीले यहीँ बस्छु भनी आमालाई माइत फर्काइन्, भोलिपल्ट आमालाई तिम्री छोरी मरिन् भन्ने खबर आयो।

अर्की जंगलापुरमा झुण्डिएर मरेकी विन्दी देवीको विवाहको केही वर्ष भए तापनि उनको एउटा पनि सन्तान थिएन्, त्यसले गर्दा उनको घरपरिवारबाट मानसिक यातना खेप्नुपर्ने बाध्यता रहेको गाउँलेहरूले बताएका छन्। उसलाई सदैव कुटपिट गरी गालीगलौज पनि गरिन्थ्यो, मानसिक सन्तुलन गुमाएको भनी परिवारजन र श्रीमानले समेत हप्काउने गरेको एक गाउँलेले बताए।

यसरी झुण्डिएर मर्नेहरूको संख्या यो आर्थिक वर्षको वैशाख ३० सम्म मात्र हेर्ने हो भने ५० जनाको ज्यान गइसकेको छ। जसमध्ये विष सेवन गरी ८ जना र ४२ जना झुण्डिएर मरेका छन्। झुण्डिएर मर्ने ४२ जनामा अधिकांश महिला रहेका छन्। यस चालू आर्थिक वर्षमा महिला र बालिका गरी २१ जना अर्थात् ५० प्रतिशतभन्दा बढी झुण्डिएर मरेका छन्। अघिल्लो आर्थिक वर्षमा आत्महत्या गरी मर्नेको संख्या ६८ जना थियो, त्यसमा पनि महिला नै बढी थिए।

आव २०७४÷०७५ मा १७ जना विष सेवन र ५१ जना झुण्डिएर गरी कुल ६८ जनाको ज्यान गएको थियो। जसमध्ये २३ जना महिला र ५ जना बालिका गरी कुल २८ जनाले झुण्डिएर आत्महत्या गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अन्नत शर्माले बताए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९