ओस्लो (नर्बे) – खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ विष्णु क्षत्रीले १२ घण्टा काममा खटिएरै पनि आफ्नो सांगीतिक यात्रालाई सँगसँगै अगाडि बढाएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा हाल यूरोपको नर्बेमा बस्दै आएका उनले छिट्टै नै आफ्नो तेस्रो म्युजिक भिडियोको रूपमा ‘जमाना जाली छ’ बजारमा ल्याउन लागेका हुन् । उनले उक्त म्युजिक भिडियोको निर्माण पनि अन्तिम चरणमा रहेको जानकारी दिए। हाल उक्त म्युजिक भिडियोको अडियोको काम सकाएर हाल भिजुअलको काम भइरहेको उनले बताए।

चितवन स्थायी घर भएका उनी झण्डै १३ वर्षदेखि रोजगारीको सिलसिलामा छोरा, छोरी र श्रीमतीका साथ यूरोपमा बस्दै आएका छन्। छिट्टै नै बजारमा आउन लागेको उनको पछिल्लो म्युजिक भिडियोको निर्माण एनटूएन प्रोडक्सन (नर्बे)ले गरेको छ। उक्त म्यूजिक भिडियोको क्यामेरा डाइरेक्सन गणेश सुनार र संगीत योगेश काजीको रहेको छ । त्यस्तै, गीत रचना श्वेता मैनाली (अष्ट्रेलिया) को रहेको छ। यस म्युजिक भिडियोमा गायककार क्षत्रीका सुमधुर स्वरले भरिएका पाँचवटा पपगीत समेटिएका छन्। यो म्युजिक भिडियोमा नर्बेको किक्स नामक डान्स ग्रुपले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेको छ।

भोकल र शास्त्रीय संगीत ‘बुद्ध कला केन्द्र पुतलीसडक’ मा गुरु कैलाश राईबाट सिकेका उनी सन् २०११ मा आफ्नो पहिलो एल्बम ‘सुशेली (लोकपप, आधुनिक पप र लभ सङ्ग) निकालेसँगै नेपाली सांगीतक क्षेत्रमा प्रवेश गरेका हुन्। त्यसैगरी उनले दोस्रो म्युजिक भिडियो ‘जय नेपाल’ सन् २०१३ मा निर्माण गरे। उक्त म्युजिक भिडियो विकासा टीभीले बजारमा ल्याएको हो। उक्त म्युजिक भिडियोमा ‘देउरालीको डाँडापारि’, ‘को होला त्यो सुशेली हाली बोलाउने’ बोलका गीतहरू समेटिएका छन्।

गायक क्षत्रीले पपगीतका अलावा साइबाबाका विभिन्न भजनहरू पनि गाउने गरेका थिए। हाल यूरोपियन मुलुकहरूमा विभिन्न नेपाली सामाजिक संस्थाहरूले आयोजना गर्ने नेपाली सांगीतिक कार्यक्रमहरूमा प्रायः नछुट्ने क्षत्री आफ्नो प्रस्तुति प्रस्तुत गर्ने क्रममा यूरोपका स्वीट्जरल्याण्ड, पोर्चुगल, नर्बे, फ्रान्स, बेल्जियमलगायत झण्डै ६/७ मुलुक पुगिसकेका छन्। आफ्नो प्रस्तुतिकै कारण दर्शकदीर्घाबाट पाएको मायाको प्रतिफल नै आफ्नो तेस्रो म्युजिक भिडियो भएको उनी नहिच्किचाइकन सुनाउँछन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८