डमरुबल्लभ भट्टराई

के भएको हो – आज पनि संखुवासभाको प्रकृतिमाथि गर्व गरौँ–गरौँ, केही लेखौँ–लेखौँ लाग्छ। फेरि लाग्छ– त्यो बेलाको प्रकृति, जीवन, दिनचर्या अब चासोका विषय नै कहाँ होला र ! तै पनि मनको कुनामा कतै लुकेका कथा–व्यथाहरू बाहिर आउन खोज्छन्। अब त रोक्न नै नसकिने भएछ। दिल खोलेर भनौँ भनौँ लाग्छ।

म केटाकेटी हुँदा नै मादी टेकेको छु। प्रसङ्ग ०७ सालअघि पिताजी त्यहाँ शिक्षक हुनुहुँदो रहेछ। त्यसताका डा. बल्लभमणि दाहाल, शारदाप्रसाद दाहालहरूको विद्यार्थीकाल रहेछ। स्कुल थियो– मन्दिरको हातामा। सम्झन्छु– नूनढाकीको उकालो चढ्दा लेक लागेर पिताजीलाई कति दुःख दिएको थियो। पछि राधा दिदीलाई पनि त्यस्तै भएछ। त्यसपछि मात्र सही समस्याको पहिचान भएको थियो। पिताजीलाई हामीलाई हुर्काउन, पढाउन, सत्कर्ममा लगाउन कति कष्ट परेको थियो होला। कतै भनिएको पनि छ–

आमाको समय त घरधन्दामै बितेको छ। बाहिरी दुनियाँबाट धेरै–धेरै टाढा।

मादीमा जता फर्के पनि आफ्नै लाग्ने। त्यहाँ स्नेह छ, वात्सल्य छ, गुरुप्रति श्रद्धा छ– म गुरुको छोरा पनि। म फुच्चे कति सजिलै त्यहाँ हराउँथेँ। ती इच्छा–आकांक्षाहरूबाट मुक्त बाललीलाका दिनहरू, सानो–ठूलो फटाई, गाली–थप्पडका क्षणहरू, कहिल्यै पनि स्मृतिबाट हटेनन्।

ढकमक्क फुलेका गुराँस, सदावहार हरियो घना जंगल, हिमाल, उब्जाउ खेतका फाँटहरू, सानाठूला खोला–खोल्साहरू, बेँसीहरू, रसिला, कसिला, भरिला पहाड, कन्दराहरू। कहाँ बिर्सन सकिदो रहेछ र ! यी सबै कुराले तानेछ क्यार !

सानो चटक्क परेको डाँडाको चैनपुर बजार, कति स्वच्छ, सफा र राम्रो मनै फुरुङ्ग लाग्थ्यो। बाटोमा मिलाएर छापिएका ढुङ्गा। प्रायः सबैको घर करेसोमा लटरम्म फलफूल। त्यो क्षेत्रको किनबेचको मुख्य केन्द्र – टुँडिखेलको हाटबजारको सुगन्ध अझै छ। दायाँबायाँ छेउमै साना–ठूला वृक्ष, लता, फलफूल आदिको सदावहार हरियालीभित्र लुकेका – अधिकारी, पौडेल टोलहरू। धेरै गहराइमा कहाँ प्रवेश गर्न सकिएला र ? समष्टि जिल्ला नै त यस्तै यस्तै थियो– त्यो बेला।

समयसँगै ती बाल्यकालका दिनहरू इतिहासको गर्भमा गइसकेछन्। जीवन निर्वाहको संघर्षमा निश्चित जिम्मेवारीमा म अर्काे पटक पुनः त्यहाँ पुगेको छु। नयाँ परिवेशका नयाँ–नयाँ पक्षको अनुभूति गर्दैछु, व्यहोर्दै छु। हो – संखुवासभा आफैँमा सुन्दर, भरिपूर्ण र आत्मनिर्भर छ। प्रकृतिको विशेष वरदान छ। यत्रतत्र छरिएका ढकमक्क फुलेका गुराँस, सदावहार हरियो घना जंगल, हिमाल, उब्जाउ खेतका फाँटहरू, सानाठूला खोला–खोल्साहरू, बेँसीहरू, रसिला, कसिला, भरिला पहाड, कन्दराहरू। कहाँ बिर्सन सकिदो रहेछ र ! यी सबै कुराले तानेछ क्यार !

सदरमुकाम खाँदबारी भर्खरै शहरीकरणतिर उन्मुख छ। फाट्ट–फुट्ट सरकारी घरहरू बन्दै छन्। जीवन सरल र सहज छ। आवश्यकताहरू सीमित छन्। कारोबार सामान्य छ। निश्चित जस्तै छ। फड्को कतै छैन। आफ्नो आवश्यकताका लागि आत्मनिर्भर जस्तो लाग्छ। दैनिक आवश्यकता त्यहीँको सातदिने हाटले पूरा गर्दैछ। म ताप्लेजुङमा जन्मेँ, हुर्कें, लामो अन्तरालमा कर्मक्षेत्रको एक कालखण्ड त्यहीँ बितेछ। त्यसको माधुर्यता अझै ताजै छ। सायद सर्वदा रहनेछ।

आफ्नै विशेषता बोकेका छन् लेकाली उत्पादनहरूले। सामान किनबेच गर्न परम्परागत वेषभूषामा सजिएका पसल्नीहरूका मुस्कानसहितका कुटिल व्यङ्ग्य वाणीहरू कति मनमोहक थिए, कति बौद्धिक लाग्थे, कति घोचक थिए। समयको बन्धन तोडेर पनि सुनिरहुँजस्तो।

मेरो त्यहाँ प्रशासकको नाता छैन। एक जिम्मेवार सहयोगी मात्र छु। त्यहाँ हुकुम हैकम चाहिएको छैन। सबै आफ्ना छन्। ठूलो परिवार जस्तै छ। सुखदुःखका सहयात्री छन्। आत्मीय छन्। माथिल्लो टोलको लाक्पा, पल्लो टोलको सार्की, छिमेकी भुजेल सबै आफ्ना छन्। तुम्लिङटारको माइलो कुमाले खुशी हुँदै आफ्नो जीवनगाथा सुनाउँछ। रत्नबहादुर कार्कीसँग सद्भाव छ, कुरा सुनिरहने मन छ। खेमनाथ दाइको अविचलित स्नेहको पात्र सायद म मात्र थिएँ कि ! बजारमा सूर्यप्रसाद श्रेष्ठको घर, श्यामसुन्दरको पसल र वरिपरिका घरहरू आफ्नै जस्ता छन्। खडानन्द गुरुको चियापसल कसरी बिर्सन सकिन्छ?

मानेभञ्ज्याङमा जयप्रसाद गुरुङको सत्कारमा छ्याङ खाएको हिजै जस्तो लाग्छ। प्रधानपञ्चको सुकुलमा बसी विशेष आतिथ्य लिएको छु। नजिकै पाठक गाउँ, कतिपटक ओहोरदोहोर गरेको छु। कांग्रेस कार्यकर्ता धर्म थपलियाले देश देशान्तरको हाल सुनाउने उत्तम पात्र सायद मै थिएँ। इन्द्र कार्कीले उम्लिङको व्यथा सुनाएको हिजै जस्तो लाग्छ – कत्रो भरोशा। सदरमुकाम खाँदबारी हाट बजारमा सबैतिरको भरिलो जमघट छ। किनबेचको केन्द्र हाट, केही न केही लगोस्, पैसा नतिरी लगोस्, हाम्रो उपहार मानेर लगोस् भन्ने चाहना पाउँछु। कति आत्मीय थिए ती वाणीहरू।

हाटबजार सबै किसिमका खाद्यको स्रोत छ। प्रायः आफ्नै बारीका शुद्ध ताजा उपज छन्। आधुनिक प्रविधिको विकारदेखि धेरै टाढा। त्यहाँ हस्तकलाको अर्कै आकर्षण छ। कति कलात्मक छन् ती बाँसका, काठका, माटाका तयारी सामानहरू, अल्लोका उत्पादनहरू। आफ्नै विशेषता बोकेका छन् लेकाली उत्पादनहरूले। सामान किनबेच गर्न परम्परागत वेषभूषामा सजिएका पसल्नीहरूका मुस्कानसहितका कुटिल व्यङ्ग्य वाणीहरू कति मनमोहक थिए, कति बौद्धिक लाग्थे, कति घोचक थिए। समयको बन्धन तोडेर पनि सुनिरहुँजस्तो।

मकालु हिमालको काख हटिया, किमाथांकातिरको शून्यता, अगाध शान्ति, चराचुरुङ्गीको भाषा बिर्सने ठाउँ सायदै कहीँ होला? अग्लाअग्ला पहाडलाई चिर्दै आएको अरुण नदीको सुसाइ, परम्परागत कच्ची बाटाहरू, यत्रतत्रहरू मूल फुटेर आएका पानीका स्रोतबाट कलकल प्यास मेटाएको हिजैजस्तो लाग्छ।

सबै जातजाति र वर्ग समुदायको आत्मीयतामा मेरो पनि ठाउँ छ, सहकार्य छ। समाजका अग्रणीहरूसँग सद्भाव छ। मानबहादुर मझिया, दुर्गामणि देवान, इन्द्रबहादुर सोम्याहाङहरू, भोलामान श्रेष्ठ, यशनारायण श्रेष्ठ, गंगा शाक्यहरूसँगको सामीप्यता कहाँ बिर्सन सजिलो छ र? प्रतिबन्धित कांग्रेसका नेता लीलानाथ दाहाल, गोपाल पहाडीहरूको विश्वास कम थिएन।

चैनपुर तल्लोबजार केदार श्रेष्ठको घर त मेरो आश्रय थलो नै बन्यो। उहाँसँग निःस्वार्थ सेवाको भावना छ। मेरो निषेधले काम गर्दैन। सेवा लिन बाध्य छु। सायद म सबैको साझा थिएँ। पञ्चायत पक्ष, विपक्ष मेरालागि सबै बराबर रहेछन् क्यार। मेरो कर्तव्यमा कतै घटीबढी थिएन कि ? उम्लिङ विर्ताको समस्या बुझ्न जाँदा काँग्रेस मात्रै साथ थिए। तर, कतैबाट प्रश्न वा आक्षेप आएन। यो पनि त्यो ठाउँको अविस्मरणीय सुन्दरताको पक्ष होला।

मकालु हिमालको काख हटिया, हेदाङ्ना, किमाथांकातिरको शून्यता, अगाध शान्ति, चराचुरुङ्गीको भाषा बिर्सने ठाउँ सायदै कहीँ होला? अग्लाअग्ला पहाडलाई चिर्दै आएको अरुण नदीको सुसाइ, परम्परागत कच्ची बाटाहरू, यत्रतत्रहरू मूल फुटेर आएका पानीका स्रोतबाट कलकल प्यास मेटाएको हिजैजस्तो लाग्छ। आधुनिक दुनियाँदेखि धेरै टाढा, फाट्ट–फुट्ट जंगलको बीच–बीचका घरहरू, खेतबारीहरू कति मनमोहक लाग्थे।

अब त सबै आपसमा जोडिएका छन्। संसारै साँघुरो भएको छ। पुराना कुराको मूल्य आत्मसुख वा मनको बहभन्दा बढी कहाँ होला र? लाग्छ, त्यहाँ त नयाँ परिवेशको आनन्दले छोपेको होला। मेरो शब्दहरू एकादेशका कथा र व्यथा होलान्।

यस्तै यस्तै हेर्दै, भोग्दै र बस्दै कोलाहलबाट धेरै टाढा चार दिनको सिमानासम्मको यात्राको बेसक्याम्प त्यही मानेभञ्ज्याङ छ। त्यसले मेरो जीवनमा अविस्मरणीय पाटो थपेको छ। उता मनकामनाका वृद्धवृद्धासँगको मिलन, सद्भाव र सहयोगका लेनदेनहरू कति सन्तुष्टि प्रदान गर्थे। अब त म धेरै टाढा छु। सम्झन लायक पलपलका क्षणहरू अब अतीत भइसके।

त्यो रमणीय स्थलबाट बिदा भएको पनि वर्षाैं भएछ। सुन्छु– धेरै परिवर्तन आएको छ। शहरीकरण व्यापक हुँदैछ। नयाँ–नयाँ बाटाहरू यत्रतत्र छरिएका छन्। व्यवसाय बढेको छ। विद्युत् आयोजनाहरू कति बनिसके, कति बन्दैछन्। गाउँ शहर वरपर झलमल्ल छ। नागरिकको दैनिकीमा परिवर्तन आएको छ। शिक्षा, स्वास्थ्य सहज भएको छ। आधुनिक सञ्चारका साधनहरू सर्वत्र छन्, हातहातमै पनि छन्। अलैँची र रुद्राक्षले आम्दानी ह्वात्तै बढाएको छ। अरुण तेस्रोले व्यापक छलाङ मार्दैछ। जनजीवनमा व्यापक परिवर्तन आउँदैछ। समृद्धिको बाटो समाउँदैछ।

सुन्दै सम्झँदै यस्तै परिस्थिति र परिवेशमा जिम्मेवार अधिकारीको नाताले व्यहोरेका ती दिनहरूतिर पस्ने जमर्काे गर्दैछु। तर लाग्छ, ती भोगेका, देखेका दिनका आनन्द कहाँ बाँड्न सकिएला र ! त्यो बेला हामी आधुनिक उपकरणबाट धेरै टाढा थियौँ। अब त सबै आपसमा जोडिएका छन्। संसारै साँघुरो भएको छ। पुराना कुराको मूल्य आत्मसुख वा मनको बहभन्दा बढी कहाँ होला र? लाग्छ, त्यहाँ त नयाँ परिवेशको आनन्दले छोपेको होला। मेरो शब्दहरू एकादेशका कथा र व्यथा होलान्।

क्रमशः

लोकप्रिय

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

डोल्पो महोत्सव: विविधतायुक्त पहिचान मुख्य आकर्षण

डोल्पो महोत्सव: विविधतायुक्त पहिचान मुख्य आकर्षण

२०७६, ३१ असार मंगलवार १९:०३

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

‘पेनगन’सहित पोखराबाट एक युवक पक्राउ

‘पेनगन’सहित पोखराबाट एक युवक पक्राउ

२०७६, १ श्रावण बुधबार १३:५५

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५

मोहनविक्रम भन्छन्, ‘चीन र भारत दुवै साम्राज्यवादी’

मोहनविक्रम भन्छन्, ‘चीन र भारत दुवै साम्राज्यवादी’

२०७६, ३१ असार मंगलवार १७:०४

इन्टरनेट शुल्क: नीजिले बढायो, नेपाल टेलिकमले नबढाउने

इन्टरनेट शुल्क: नीजिले बढायो, नेपाल टेलिकमले नबढाउने

२०७६, १ श्रावण बुधबार १२:१६