वीरगञ्ज – मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले नै भ्रष्टाचार संस्थागत हुन गएको टिप्पणी गरेका छन्। उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो टिप्पणी गरेका हुन्।

उनले सेवाग्राहीहरू झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घूस दिएर काम गराउने भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यावहारिक बनाउनुपर्नेमा उनको जोड थियो।

मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथिबाटै हुनुपर्ने उल्लेख गर्दै भने, ‘भ्रष्टाचार अन्त्यको शुरुवात आफैँबाट गरिनुपर्दछ, त्यो पनि माथिल्लो निकायबाट। अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ।’ नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दाबी गर्दै उनले यसका लागि आफ्नै छातीमा हात राखेर अघि बढ्नुपर्ने सुझाए।

नियम कानून मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएका कर्मचारीहरूमा आतंक सृजना गर्ने कार्य गरेको उनले दाबी गरे।

जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलसहितले सम्बोधन गरेका थिए।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४