रुकुमपूर्व – शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा २ जनालाई रुकुमकोट जिल्ला अदालतले जनही ५ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले पुथा उत्तरगङ्गा गाउँपालिका –१० तक निवासी खिन्टे भनेर चिनिने विकास बुढामगर र वडा नं. २ हिमका रामराज भनिने रामकृष्ण झाँक्रीलाई जनही ५ वर्ष कैद र रु. ५० हजार जरिवाना सुनाइएको अदालतका स्रेस्तेदार सुुशीलकुमार यादवले बताए।

साथै, पीडितलाई रु. ५० हजार क्षतिपूर्तिसमेत भराइदिने बताइएको छ। त्यसैगरी सोही घटनाका कसुरदारलाई आश्रय दिएको भन्दै वडा नं. २ पेल्माका विनोद खत्रीलाई ९ महिना कैद सजाय सुनाइएको रुकुमकोट जिल्ला अदालते जनाएको छ।

केसीलाई बेपत्ता पारेकै अभियोगमा थुनामा परेका सोही वडाका वडाध्यक्ष सतसिङ बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामीले सफाइ पाएका थिए। सोही वडाका दुई अभियुक्त धर्मसुर बुढा र थकान पुन भने अझै फरार छन्।

खिन्टे पनि भनिने बुढामगर योभन्दा अगाडि पनि जबरर्जस्ती करणी उद्योगमा डेढ वर्षको सजाय काट्दै गरेको अदालतले जनाएको छ। अदालतका अनुसार अहिले पुनः व्यक्ति बेपत्ताको मुद्दामा सजाय काटिरहेको बुढाको नाममा ज्यान मार्ने उद्योगको मुद्दा पनि दर्ता भएको छ।

सिस्ने गाउँपालिका–६ रुकुमकोट घर भई पृथा उत्तरगङ्गा गाउँपालिकास्थित आधारभूत विद्यालय पेल्मा –२ मा अध्यापनरत शिक्षक केसीलाई गत साउन ३१ गते कुटपिट गर्नाका साथै भदौ १४ गतेदेखि बेपत्ता पारिएको थियो। (रासस)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३