वीरगञ्ज – वीरगञ्ज –२१ परवानीपुरका करिब २ सय बासिन्दाले वीरगञ्ज महानगर घेराउ गरेका छन्। वडा कार्यालयले रेल्वेको जग्गाबाट घरटहरा हटाउने सूचना जारी गरेपछि आफूहरु बिचल्लीमा पर्ने भन्दै उनीहरुले महानगर घेराउ गरेका हुन्।
मेयर विजय सरावगीसँग न्यायको माग्दै महानगर घेराउ गरिएको परवानीपुरका इलियास मियाले बताए। पुरानो प्रहरी चौकी परवानीपुरभन्दा १ सय मिटर उत्तर तथा श्रीसिया खोलाभन्दा दक्षिणमा करिब १ सय २५ घरपरिवार रेल्वेको जग्गामा घर बनाई विगत ३० वर्षदेखि बसोबास गर्दै आएका छन्।
वडा नं. २१ का वडाध्यक्ष हबिब मियाले सरकारी जग्गामा भएको घरबस्ती खाली गर्न निर्देशनसहित सूचना गरेपछि बस्तीका स्थानीय आक्रोशित भएका हुन्। २०४५ सालमा रेल्वे सेवा बन्द भएपछि बिस्तारै परवानीपुरका गरिब विपन्नहरुले रेल्वेको जग्गा कब्जा गर्दै बस्ती नै बसाएको वडाध्यक्ष हबिब मियाले बताए। रेल्वेको सोही सरकारी जग्गामा २० करोडको कृषि बजार स्थापना गर्ने सरकारको बजेट आएपछि बस्ती खाली गर्न पहल गरेको उनले बताए। उनले अर्काको सम्पत्तिको लागि जिद्धी नगरी शान्तिपुर्वक बस्ती खाली गर्न स्थानीयहरुसँग अपिल गरेका छन्।
सोही बस्तीका लक्ष्मणदेव पासवानले वडाध्यक्षले कृषि बजारको लागि २१ नं. वडा लिपनीविर्ताको विपश्यना तथा श्रीसिया खोला छेउमा रहेको ऐलानी जग्गामा कृषि बजार स्थापना गर्न अनुरोध गरे। ३० वर्षदेखि बस्दै आएको उक्त जग्गा छोड्न आफुहरु तयार नरहेको उनले बताए। यदि महानगर र वडा कार्यालयले बस्ती खाली गराउन बल प्रयोग गर्यो भने आफूहरुले पनि त्यसको जवाफ दिने उनीहरुको भनाइ छ।
वीरगञ्जका मेयर विजयकुमार सरावगीले संघीय सरकारको बजेटमा कृषि बजारको योजना आएकाले वस्ती खाली गर्नुको विकल्प नरहेको बताए। उनले अतिक्रमित जग्गा खाली गरी सरकारी काममा सहयोग गर्न आग्रह गरे।


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…
२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५
