काठमाडौँ, २५ पुस। देशभरका प्रहरीलाई ज्याकेट अभाव नभएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ। प्रहरी प्रधान कार्यालयले अहिले शुरु गरिएको खरिद प्रक्रियाले यसपालिको जाडोलाई असर नगर्ने बताएको हो।

‘अहिले शुरु गरिएको खरिद प्रक्रिया आगामी वर्ष बाँड्नका लागि हो,’ नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता डीएसपी रामदत्त जोशीले नेपाली पब्लिकसँग भने, ‘यस वर्षका लागि हामीले दशैँताका नै बाँडिसक्याँै।’ अहिले शुरु भएको खरिद प्रक्रिया ढिलो नभएको पनि उनले स्पष्ट पारे।

वैशाखमै सम्पन्न हुने यो खरिद प्रक्रिया असारसम्म सम्पन्न नभएको भए बजेट फ्रिज हुने अवस्था थियो। वार्षिक योजनाअनुरूप खरिद प्रक्रिया अगाडि बढाइएको हुँदा यसबारेमा कुनै भ्रममा नपर्ने पनि निमित्त प्रवक्ता जोशीले आग्रह गरे। ‘अहिले हामीलाई पुग्ने ज्याकेट छ। केही कारणवश कतै थप चाहिए पनि हामीसँग जगेडा ज्याकेटहरू छन्।’ अहिलेको खरिद प्रक्रियाबारे थप स्पष्ट पार्दै उनले भने, ‘वैशाखमा आउने ज्याकेट नयाँ भर्ना भएकाहरूका लागि हो।’ ज्याकेटसँगै थप सामग्रीहरूको पनि खरिदका लागि बोलपत्र आह्वान गरिएको निमित्त प्रवक्ता जोशीले बताए। नयाँ भर्ना हुनेहरूले जिम्मेवारी पाउँदा जेठ महिना शुरु भइसक्नेछ ।
यसबारे के भने निमित्त प्रहरी प्रवक्ताले? (हेर्नुहोस् भिडियो)

प्रदेश प्रहरी प्रमुखहरू भन्छन्, ‘काम नै गर्न नसक्ने गरी अभाव छैन’
प्रदेशका प्रहरी प्रमुखहरू पनि प्रहरीलाई ‘ज्याकेटको अभाव’ भएको भन्ने विषयमा पूर्ण सहमत देखिएनन् । नेपाली पब्लिकसँगको कुराकानीमा अधिकांश प्रदेशका प्रहरी प्रमुखहरूले ‘काम नै गर्न नसक्ने गरी अभाव नभएको’ आशयको प्रतिक्रिया व्यक्त गरे। केही प्रदेशका प्रहरी प्रमुखहरूलाई त पोशाकको अभाव भएको भन्ने विषयसमेत जानकारी नभएको पाइयो।

केही प्रदेशमा ज्याकेट जगेडा रहेको जानकारी प्राप्त भयो। ‘हामीसँग ज्याकेटको कमी छ जस्तो त लागेन,’ प्रदेश नम्बर ६ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले भने, ‘सबैलाई बाँडिसकेर पनि हामीसँग त स्टक नै बाँकी छ।’ त्यस्तै प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल पनि आफ्नो प्रदेशमा ज्याकेट अभाव नभएको बताउँछन ।

दुई वर्षदेखि रोकिएको खरिद प्रक्रिया शुरु भएकोमा खुशी
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारी करिब दुई वर्षदेखि रोकिएको खरिद प्रक्रिया पुनः शुरु हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन्। ‘कमसेकम खरिद प्रक्रिया त शुरु भयो, हामीले यसलाई नै सकारात्मक मान्नुपर्छ,’ डीआईजी अधिकारीले नेपाली पब्लिकसँग भने, ‘दुई–दुई वर्ष खरिद प्रक्रिया रोकिँदा समस्या त भएकै थियो।

अब शुरु भएको छ, यो त राम्रो कुरा हो।’ ज्याकेट अभाव भएको भन्ने कुरालाई थप स्पष्ट पार्दै उनले भने, ‘हरेक वर्ष ५–७ हजार प्रहरी नयाँ भर्ना हुन्छन् भने केही पुरानाले पनि पाएका हुँदैनन्। अब खरिद प्रक्रिया शुरु भएपछि ढिलो–चाँडो सबैले पाउने त भए।’

पोशाकबारे बुझ्नुपर्ने कुरा
जाडोका लागि प्रहरीले पाउने विभिन्न पोशाकमध्ये ज्याकेट र स्विटर सबैभन्दा महत्वपूर्ण पोशाक हो। यी पोशाक प्रयोगका लागि पनि प्रहरी संगठनभित्र आफ्नै अनुशासन (नियम) छ। दिउँसोको समयमा सामान्यतया धेरै जाडो नहुने हुँदा प्रहरीले स्विटर नै लगाउनुपर्ने हुन्छ। बिहान, साँझ र रातको समयमा भने ज्याकेट लगाउन चेन अफ कमान्डद्वारा ‘सर्कुलर’ नै जारी हुन्छ।’ तोकिएभन्दा फरक समयमा पनि आवश्यकताअनुसार ज्याकेट लगाउन पनि ‘सर्कुलर’ जारी हुने गरेको छ।

ज्याकेट नै दुई थरि
प्रहरीले प्रयोग गर्ने ज्याकेट पनि दुई थरिको हुन्छ। कम जाडो हुने तराई तथा पहाडी क्षेत्रमा प्रयोग गर्नका लागि सरकारले प्रहरीलाई पार्का ज्याकेट उपलब्ध गराउँदै आएको छ। प्रहरीमा भर्ना हुनेले ड्युटीमा प्रयोग गर्नका लागि व्यक्तिगत रूपमा यो ज्याकेट पाउँछन्। हरेक प्रहरीले ४ वर्षमा एकपटक पार्का ज्याकेट पाउँछ।

त्यसैगरी बढी जाडो हुने क्षेत्रमा ‘हिमाली ज्याकेट’ उपलब्ध गराउँदै आएको छ। हिमाली क्षेत्रमा वर्षैभरिजसो जाडो हुने भएकाले त्यहाँ दरबन्दीमा जानेहरूका लागि ‘यूनिट’मा नै हिमाली ज्याकेट पठाउने गरिन्छ। त्यहाँबाट सरुवा हुँदा हिमाली ज्याकेट यूनिटमा नै छोड्नुपर्ने हुन्छ।

के के खरिद गर्दैछ प्रहरीले? (हेर्नुहोस् पूरा बिवरण)

सुरज खनाल सुरज खनाल
नेपाली पब्लिकका कार्यकारी सम्पादक हुन्।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९