बुटवल – हालै संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै नेपाल प्रेस युनियन रुपन्देहीले विरोधस्वरुप ज्ञापनपत्र पेश गरेको छ । युनियनले संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । युनियनले इलाका प्रशासन कार्यालय रुपन्देहीमार्फत सभामुख र अध्यक्षलाई ज्ञापनपत्र पठाएको हो ।

मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकका नाममा श्रमजीवी पत्रकारहरूको हकहितका लागि ल्याइएको श्रमजीवी पत्रकार ऐनलाई खारेज गरी श्रम ऐनमार्फत पत्रकारलाई नियमन गर्न खोजेकाले त्यसको विरोध गर्दै युनियनले विधेयक फिर्ताको माग गरेको छ ।

ज्ञापनपत्र बुझाउँदै प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालले गाली बेइज्जतीका नाममा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा सजायको प्रावधान राखिनु पूर्ण प्रेस स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने र भ्रष्टाचारलगायतका विषयमा खोजी पत्रकारितालाई निरुत्साहित गर्ने नियतले उक्त विधेयक ल्याइएको बताइन् ।

विभिन्न बहानामा पत्रकारलाई १ करोड रुपैयाँ सम्म जरिवाना र १५ वर्षसम्म कैद एउटा पत्रकारले सोच्न सक्ने विषय नै नभएकाले तत्काल यो विधेयक फिर्ता गर्न युनियनले माग गरेको छ ।

युनियनले अंगाडि सारेका मागलाई नजरअन्दाज गरिए लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेकाहरूलाई एकाकार गरी थप आन्दोलित हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख प्रशासकीय अधिकृत विष्णु ज्ञवालीले युनियनले बुझाएको ज्ञापनपत्र संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसमक्ष समयमै पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष रेखा भुसालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कार्यसमितिका पदाधिकारी सदस्य, सल्लाहकार तथा युनियन आवद्ध सदस्यहरूको सहभागिता थियो ।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६