श्रीविलास दाहाल


भर्खरै हाम्रा उपप्रधानमन्त्री उपेन्द्र यादव र एक जना पत्रकारको बीचमा एउटा टेलिभिजन कार्यक्रममा निकै ठूलो वाक्युद्ध चल्यो। कसको पक्ष लिने? कसको नलिने? पत्रकार सुशील पाण्डेले ‘अतिथि देवो भवः’को सिद्धान्तलाई सम्मान गर्न सकेनन्। उपेन्द्रजीलाई अन्तर्वार्ताका लागि मनाउन कति दिन र कति समय लाग्यो होला? त्यसको हेक्का पनि राखेनन्। आखिर ‘अशिष्ट’को उपाधि पाएको पत्रकार न ठहरिए ! पाण्डे थरका पत्रकार अलिकति अशिष्ट नै हुन्छन् भन्ने कुरालाई लोकप्रिय पत्रकार विजय पाण्डेले विगतमा देखाएकै हुन्।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि यस कार्यक्रममा पर्याप्त अहंकार प्रदर्शन गरेको देखियो। पत्रकारको प्रश्नलाई बकबास, अशिष्टजस्ता लाञ्छना लगाउँदै धम्कीपूर्ण र हेयपूर्ण भाषामा धेरै नउफ्रिनसमेत भन्न भ्याए। पत्रकारको प्रश्न मन नपरेपछि उपप्रधानमन्त्री जस्तो मर्यादित पदमा बहाल व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनुलाई स्वाभाविक मान्न सकिँदैन।

नेपालको पत्रकारिता र राजनीतिको तुलना गर्दा के भेटिन्छ भने पत्रकारहरू यहाँ मन्त्री भएका छन् तर मन्त्रीहरू पत्रकारितामा आएका देखिँदैनन्। नामै लिनुपर्दा सर्वश्री रमेशनाथ पाण्डे, होमनाथ दाहाल, रघुजी पन्त अनि अहिलेका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लिन सकिन्छ। नेता र मन्त्री मात्र भएको मान्छे पूर्ण पत्रकारितामा आएको मेरो स्मृतिमा आएन। सायद भूकम्पको असर हो कि?

प्रश्न त व्यावहारिकताको छ। हाम्रा समयको पत्रकारिता धेरै शिष्ट र एकापसको सह-अस्तित्व र मित्रतामा आधारित थियो। अहिलेको ‘ऋषि धमला ट्रेण्ड’ पत्रकारिताले जे गरे पनि हुन्छ र जे सोधे पनि हुन्छ भन्ने संस्कार बसालिदियो। यो परम्पराले अब हिंसाको रूप लिएको छ। पत्रकारिताको भविष्यको निम्ति यो राम्रो लक्षण होइन।

‘ब्रोडसिट दैनिक’ चलाएर मात्रै नपुग्ने। उसलाई सञ्चारमाध्यमका सबै साधन चाहियो। दैनिक, साप्ताहिक, मासिक, पाक्षिक, टेलिभिजन र एफएम रेडियो पनि। अर्कोले पनि त्यही सिकेको छ। पाठकले कसको, कति, कहिले पढेर र हेरेर भ्याउने? फेरि मिडिया हाउसमा पैसा लगाउनेमा कालोधन थुपार्ने, ठूला व्यवसायी र भ्रष्टाचारी कर्मचारीकै बिगबिगी देखिएको छ।

पञ्चायत कालमा राजा वीरेन्द्रका पालामा एक जना सञ्चारमन्त्री थिए, हरिबहादुर बस्नेत। राजालाई भेटाउने क्रममा पत्रकारलाई भेदभाव गरे भनेर ‘याकानेटी’ होटेलमा एक जना पत्रकारले मन्त्री बस्नेतलाई कुटेका थिए। तीन-चार मुक्का नै हाने क्यार ! रन्को साप्ताहिकका सम्पादक देवेन्द्र चुँडाल अझै पनि बाँचेकै छन्। तिनलाई त्यस्तो एकदलीय राजतन्त्र कालमा पनि कारवाही भएन। त्यो जमाना स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रताको पनि थिएन। अहिले त प्रेस स्वतन्त्रता छ भनिन्छ। तर, गोकुल बाँस्कोटा सञ्चारमन्त्री भएलगत्तै सरकार मातहतको नेपाल टेलिभिजनमा कार्यरत एक जना पत्रकारले सञ्चारमन्त्री बाँस्कोटालाई प्रश्न सोधेर र्‍याखर्‍याख्ती पारेपछि बाँस्कोटाले ती पत्रकारको जागिर नै खाइदिएको धेरै भएको छैन।

तर, नेताका गल्ती, पत्रकारलाई सामान्य शिष्टाचार र आचारसंहिताको पालनाभित्र राख्ने काम राम्ररी गरिएको देखिएन। नेपाल पत्रकार महासंघका सभापति भएका धेरै साथी आ-आफ्ना लाभकारी पेशामा सक्रिय छन्, कोही स–साना एनजीओ सञ्चालनतिर लागे, कोही राजनीतिक नेता वा मन्त्रीको चाकरीबाट शुभलाभ खोज्न थाले, कोही त कुनै पार्टीको टिकटका दावेदार पनि देखिए। अनि कसरी पत्रकारको क्वालिटी, शिष्टाचार र सभ्यता बढोस्?

पत्रकारका संगठन पनि अनेक थरीका, हरेक पार्टीका पछि लागेका, यस्ता संगठनमा आबद्ध पत्रकारले कसरी स्वतन्त्र पत्रकार भएर काम गर्न सक्छन्? सामान्य पत्रकारलाई आफ्नो दैनन्दिनी समस्याले गाँजेको हुन्छ। काठमाडौँमा बसेर पत्रकारिता पेशा अँगाल्नेलाई पेटभरि खान पनि धौ-धौ पर्छ। विभिन्न ठूल्ठूला मिडिया हाउस खुलेका छन्, तिनलाई कहिले कति पैसा भए पनि नपुग्ने?

अर्को समस्या के पनि देखिएको छ भने एउटा मिडिया हाउसले एउटा ‘ब्रोडसिट दैनिक’ चलाएर मात्रै नपुग्ने। उसलाई सञ्चारमाध्यमका सबै साधन चाहियो। दैनिक, साप्ताहिक, मासिक, पाक्षिक, टेलिभिजन र एफएम रेडियो पनि। अर्कोले पनि त्यही सिकेको छ। पाठकले कसको, कति, कहिले पढेर र हेरेर भ्याउने? फेरि मिडिया हाउसमा पैसा लगाउनेमा कालोधन थुपार्ने, ठूला व्यवसायी र भ्रष्टाचारी कर्मचारीकै बिगबिगी देखिएको छ।

‘प्रेस’ले आफूलाई चौथो अंग भन्छ। कहाँ छ चौथो अंगको मान्यता? प्रेस जगतले यसपटकको संविधानमा चौथो अंगलाई लिपिबद्ध गराउनै सकेन कार्यपालिकाको एउटा प्रहरीले प्रधानसम्पादकलाई धम्क्याउँछ। सरकारका उपप्रधानमन्त्री, मन्त्री आफ्नो अनुकूल भएन भने पत्रकारलाई धम्क्याउँछन्।

सञ्चारमाध्यमबाट शक्ति आर्जन गर्ने अनि राज्य सञ्चालनको ‘की पोस्ट’मा पुग्ने, पुग्न नसके कमजोरी पत्ता लाएर बार्गेनिङ गर्ने, के-के गर्ने-गर्ने। पत्रकारिताको मूल उद्देश्य चैँ नगर्ने। यस्तो भएपछि यस्तै घटना घट्ने हुन्। मूल उद्देश्य गौण भएपछि, समाजवाद उन्मुख संविधानमा लेखिए पनि सबै ‘एनी हाउ पैसा कमाउ’मा दौडिएका छन्।

राज्य सञ्चालनका लागि तीनवटा अंगको अवधारणा समाजमा आयो। यो कसले ल्यायो र कहिले ल्यायो? त्यतातिर नजाऊँ। अब यतिले मात्रै पुग्दैन, यसमा अरू अंग पनि थप्नुपर्ने देखिन्छ। विधायिका, न्यायपालिका र कार्यपालिकाले सन्तुलन ल्याउन सकेनन्। घुमिफिरी कार्यपालिका नै बलियो देखियो। राष्ट्रपतीय पद्धति बसाले पनि, क्याबिनेट सिस्टम चलाए पनि बलियो त राष्ट्रपति वा प्रधानमन्त्री नै हुँदो रहेछ।

सुन्दा, पढ्दा र हेर्दा सबै राम्रा छन्। बालिग मताधिकारबाट संसद् (विधायिका) निर्माण हुन्छ। संसद्को ठूलो दल, जसले विधायिकामा बहुमत ल्याउँछ, त्यसले कार्यपालिका बनाउँछ। संसदले विधान बनाउने र सरकारलाई नियन्त्रण र निर्देशन गर्ने हो। न्यायपालिकाले आफ्नो परम्परामा आफ्नो संरचना तयार गर्ने हो। विधायिकाले बनाएको कानून संविधानको भावनाविपरीत छ छैन भनेर हेर्ने हो।

तर, के हो? के हो? कसको स्वार्थले, कस्तो लाचारीले, कसको अयोग्यताले राज्यका सबै अंगको सन्तुलन बिग्रिएको छ। सबै अंगप्रति आमजनताको विश्वास घटेको छ। जनता अचम्ममा पर्छन्। सबैतिर माफियाहरू सल्बलाएका छन्। शिक्षा, स्वास्थ्य, सडक, जमिन, बैंकजस्ता संवेदनशील क्षेत्र तहसनहस भएका छन्।

राज्य सञ्चालनमा अब दुईटा अंग थप्नुपर्छ भन्ने मान्यतामा धेरैको ध्यान गएको छैन। क्रमभंग गर्ने नेताको मुख पनि माफियाले थुनिदिएका छन्। त्यसैले बहस चलाउँदैनन्। ‘प्रेस’ले आफूलाई चौथो अंग भन्छ। कहाँ छ चौथो अंगको मान्यता? प्रेस जगतले यसपटकको संविधानमा चौथो अंगलाई लिपिबद्ध गराउनै सकेन कार्यपालिकाको एउटा प्रहरीले प्रधानसम्पादकलाई धम्क्याउँछ। सरकारका उपप्रधानमन्त्री, मन्त्री आफ्नो अनुकूल भएन भने पत्रकारलाई धम्क्याउँछन्।

संघीय लोकतान्त्रिक गणतन्त्र हामी राम्ररी चलाउन सक्छौँ। त्यसमा विश्वास हुनुपर्‍यो। आज जनताको चाहना र विश्वास विकेन्द्रित शक्ति सन्तुलनमा देखिएको छ। अधिकार चिन्ने जान्ने जनता भएका छन्। जनतामा उत्साह बढेको छ। यातायात, सञ्चार र शिक्षाको विकास भएकाो छ। सजिलो छ।

पाँचौँ अंगका रूपमा मानवअधिकार राखिनुपर्छ, तब मात्र राज्यका अंगमा सन्तुलन आउँछ। सर्वप्रथम रिस्क लिने त प्रेसले नै हो। चौथो अंगको संवैधानिक मान्यता भएपछि अहिलेका जस्तो गोरखापत्र, नेपाल टीभीका पत्रकारजस्तो भएर अश्रद्धाले काम गर्नुपर्दैन। मन्त्रीको कार्यक्रम छ भनेपछि खाँदाखाँदैको भात छोड्नु प्रर्दैन। प्रेसमा आएको समाचारलाई गलत र सत्य के हो, त्यसको निरुपण अर्को अंग न्यायपालिकाले गर्नुपर्छ। अहिले जस्तो सञ्चारमन्त्रीले पत्रकारलाई, प्रेसलाई जथाभावी भन्दै हिँड्न पाउन्न।

संवैधानिक अंगका रूपमा मानवअधिकार आएपछि हिजोआजको जस्तो मानवअधिकार हननका कुरा धेरै कम भएर जान्छन्। वर्तमान यो नेपाल राज्यले यसरी यो नयाँ शक्ति सन्तुलनको सिद्धान्त प्रतिपादन गर्ने हो भने सफल नहुने कुनै कारण छैन। धेरै वर्षअघि प्लेटोले लेखेको रिपब्लिका अर्थात् आजसम्म त्यही गणतन्त्र चलिआएको छ। नेपाल एकीकरण हुँदा बाईसे, चौबीसे राज्य थिए, त्योभन्दा अघि नेपालमा ‘लिच्छवि’ गणतन्त्र थियो।

संघीय लोकतान्त्रिक गणतन्त्र हामी राम्ररी चलाउन सक्छौँ। त्यसमा विश्वास हुनुपर्‍यो। आज जनताको चाहना र विश्वास विकेन्द्रित शक्ति सन्तुलनमा देखिएको छ। अधिकार चिन्ने जान्ने जनता भएका छन्। जनतामा उत्साह बढेको छ। यातायात, सञ्चार र शिक्षाको विकास भएकाो छ। सजिलो छ।

राजनीतिक नेता एवं सत्तामा पुगेकाले यस्तै सामन्ती स्वभाव देखाउने हो भने नेपाल अब अर्को भूमरीमा फसेर निस्कन सक्तैन। ओसामा विन लादेनले त पत्रकारलाई हाँसीहाँसी उत्तर दिएका थिए, लादेनलाई तपाईं आतंकवादी कि क्रान्तिकारी भनेर सोधेको उत्तरमा लादेनले ‘सफल भइयो भने क्रान्तिकारी, असफल भए आतंकवादी’ भन्ने जवाफ दिएका थिए। हाम्रा ओली, बाँस्कोटा, उपेन्द्रजी, किन यति अहंकारी भएका? संसारमा प्रत्येक वर्ष पत्रकार नै धेरै मर्छन्। आफ्नो कर्तव्य पालना गर्दागर्दै, त्यो त भुल्नु भए न नि !

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६