महेन्द्रनगर – कञ्चनपुर र कैलालीका उत्तरी क्षेत्रमा रहेको चुरे वन डढेलोको चपेटामा परेको छ। विगतको तुलनामा यो वर्षमा चुरेमा डढेलो निकै बढेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

वन डिभिजन कार्यालय कञ्चनपुरका रेञ्जर शिवराज अवस्थीले यस वर्ष चुरेमा आगलागी ह्वात्तै बढेको बताए। उनले भने, ‘गत हप्तामा मात्रै झन्डै १ हजार २ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।’

उनका अनुसार भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। गतवर्ष ७ सय हेक्टर क्षेत्रफल चुरे वनमा डढेलो लागे पनि यस वर्ष भने हप्ता दिनमै ठूलो क्षेत्रफलमा डढेलो लागेको उनले बताए।

‘यस वर्ष चुरेमा आगलागी निकै बढेको छ, डढेलो नियन्त्रणका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको छ, तर उत्तरी क्षेत्रको डढेलो नियन्त्रणमा आउन सकेको छैन,’ रेञ्जर अवस्थीले भने। आगलागी नियन्त्रणमा नआएको र वर्षा भए आगलागी अझै बढ्ने उनको भनाइ छ। चुरेको उच्च पहाडी भागमा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको डिभिजन वन कार्यालयले जनाएको छ। चुरे वनको तल्लो भागमा नेपाली सेना, सामुदायिक वन र सशस्त्र प्रहरीलगायतले डढेलो नियन्त्रणको प्रयास गरिरहेको सहायक वन अधिकृत गोपाल जोशीले बताए।

वन्यजन्तुको चोरी शिकारी, वन पैदावार संकलन गर्न सजिलो हुने भएकाले वनमा आगो लगाउने गरेको पाइएको उनको भनाइ छ। ‘धेरैले विभिन्न प्रलोभनमा परेर जानीजानी आगो लगाउँछन्, कतिपयले जनचेतना अभावले पनि जंगलमा आगो लगाउँछन्’ उनले भने।

उनका अनुसार सामुदायिक वनमा लागेको डढेलो छिट्टै नियन्त्रणमा आए पनि चुरे क्षेत्रमा नियन्त्रणमा आउन सकेको छैन। कैलाली र डडेल्धुरासँग जोडिएको चुरे क्षेत्र पनि भीषण डढेलो लागेको छ। डढेलोका कारण सानो बोट बिरुवा नष्ट हुनुका साथै वन्यजन्तुलाई प्रत्यक्ष मारमा परेका छन्। साथै धूवाँका कारण वातावरणसमेत दूषित बनेको उनको भनाइ छ।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६