दाङ – दंगिशरण गाउँपालिका वडा न ४ मा बस्ने दुर्गा बस्नेतको केही दिनयताको दैनिकी कपडामा बुट्टा भरेर बित्ने गरेको छ। आखाँ नै तिर्मिराउँने गरी आफूले भरेको बुट्टा हेर्दै आफै मुसुक्क हाँस्ने गर्छिन्।

सेतो कपडामा आफुले भरेको बुट्टा घरिघरि हेरिरहन्छिन्। उनले, कपडामा धर्सा परेका बुट्टा भर्न आँखालाई तन्काएर घरि ठूलो र घरि सानो बनाउँदै औंला एकनासले चलाउने गर्छिन्। उनी त्यसैगरी घोप्टो परेर आँखा ठूलो सानो पार्न थालेको एक हप्ता भयो। उनी यसैमा मस्त छिन्।

गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले सिक्ने मात्र हो कि पछि व्यवसायिकरण पनि गर्ने हो भन्ने प्रश्नको जवाफमा बस्नेतले फिस्स हाँस्दै जवाफ फर्काइन्,–‘म पूर्ण रुपमा व्यवसायी बन्छु। घरकै काम गरेर बस्नुभन्दा यस्तै गरेर पैसा कमाउँनु पर्ने रैछ। अव त बुझेँ आफ्नो हातमा सीप भएपछि पैसा पनि हुने रैछ। तालीम लिईसकेपछि आफु जस्तै अरु महिला दिदीबहिनीहरुलाई पनि सिकाउने उद्देश्य लिएकी छु।’

यस्तै कपडामा बुटट भरिरहेकी अस्मीता बुढाथोकी वडामा महिलाहरुका लागि बुटिक कडाई तालीम संचालन गरेको भन्दै खुसी ब्यक्त गरिन् । घरमा बसेर के गरौं भन्ने लागेको बेला महिलाहरुको क्षमता अभिवृद्धिका लागि संचालन गरिएको यो तालीम लिन पाउँदा आफुलाई अवसर नै जुरेको बताइन् । उनले, यस्तो तालीम आजसम्म नपाएको र अहिले लिन पाएकोमा आफु एकदमै खुसी भएको बताइन् ।

त्यस्तै वडा नं। ३ की सीता वि।क पनि यो तालीम लिन पाएको निक्कै खुशी भएकी छिन् । उनले यो बुटिक तालीम लिईसकेपछि ब्यवसाय नै संचालन गर्ने सोचमा रहेको बताएकी छिन्।

अहिले दंगीशरण गाउँपालिका वडा न ४ मा महिलाहरुका लागि ४५ दिने बुटिक कडाई तालीम संचालन भएको छ। उनीहरु आफुहरुका लागि यो नौलो तालीम रहेको बताउका छन्। भविष्यमा घरमै बसिरहेका महिलाहरु दिदीबहिनीहरुका लागि यस्तै सीपमूलक तालीम संचालन गरिदिन पनि आग्रह गरेका छन्।

दंगीशरण गाउँ पालिका वडा न ४ को आयोजनामा संचालन भएको ४५ दिने बुटिक कडाई तालीमका सहभागीहरु एकदमै उत्साहित भएको प्रशिक्षक रेखा बस्नेतले बताइन्। उक्त तालीममा गाउँपालिकाका ९ जना महिलाहरुको सहभागिता रहेको छ।

वडा न ४ का अध्यक्ष नेप बहादुर कुवँरको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता र उपाध्यक्ष पिमा कुमारी खड्कका विशिष्ट आतिथ्यतामा बैशाख २५ गते ४५ दिने बुटिक तालीमको उद्घाटन भएको हो।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६