अछाम – जिल्लाको सदरमुकामस्थित मंगलसेन नगरपालिकाको गाडीमा मंगलबार राती अज्ञात पक्षले आगजनी गरेको छ। नगरप्रमुखले चढ्ने फोर्ड कम्पनीको बा२झ ३६९४ नम्बरको गाडीमा राती करिब २ बजेतिर आगजनी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

नगरपालिकाको कार्यालय अगाडी पार्किङ गरी राखेको उक्त गाडीमा कसले आगजनी गरेको भन्ने खुलेको छैन। गाडीमा आगजनी भएको थाहा भएपछि डिएसपी सहित प्रहरी सेनाका गणपति, नगर उपप्रमुख लगायत कार्यालयमा पुगेपनि गाडी क्षति भइसकेको थियो।

गाडीसँगै रहेको नगरपालिकाको जस्तापाताको भवन र कार्यालयमा रहेका सामग्री भने सुरक्षित रहेका छन्। एक वर्ष अघि नगरपालिकाले एक करोड २० लाखमा उक्त गाडी खरिद गरेको थियो। घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

नगरको कामको सिलसिलामा काठमाडौँ रहेका मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले घटना दुखद भएको भन्दै कुनै गुनासा भए आफुसंग राख्न सकिने भएपनि सार्वजनिक सम्पतिमा आगो लगाउन निन्दनीय भएको बताए।

लोकप्रिय

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

२०७६, ३० श्रावण बिहीबार १७:३८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

२०७६, ३० श्रावण बिहीबार ०८:५४

कलेजो स्वस्थ राख्नुका फाइदा

कलेजो स्वस्थ राख्नुका फाइदा

२०७६, ३० श्रावण बिहीबार ०८:३४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

२०७६, ३० श्रावण बिहीबार २०:०७

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९