गाईघाट – नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमणको प्रयास भएको छ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अतिक्रमणकारीले रातिको समयमा टहरा तथा घर निर्माणकार्य शुरु गरेका थिए।

जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ। मङ्गलबार प्रहरीले हस्तक्षेप गरेर टहरा निर्माणका सामग्री कब्जा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केही दिनदेखि निरन्तररूपमा उद्योगको स्वामित्वमा रहेको जग्गा कब्जा हुन थालेपछि झण्डै चार बिघा क्षेत्रफल जग्गामा टहरा धमाधम निर्माण गर्ने र राति–राति केही अतिक्रमणकारी आएर जग्गा कब्जा गर्न थालेको थियो। त्यसपछि उद्योग प्रशासनले प्रहरीलाई जग्गा बचाउन सहयोगको लागि अनुरोध गरेपछि हस्तक्षेप गरेर जग्गाको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।

उद्योग आसपास जलजलेस्थित गाईघाट–कद्माहा–सगरमाथा सडकखण्डको दायाँबायाँ क्षेत्रमा सिमेन्ट उद्योगको बीसौँ बिघा जग्गा छ। उक्त जग्गामा अतिक्रमणकारीले पटक–पटक अतिक्रमण गर्ने प्रयास गर्दै आए पनि प्रहरी प्रशासनले हस्तक्षेप गरेर सुरक्षा गर्ने गरेका कारण कब्जा गर्न सफल भने हुन नसकेको सिमेन्ट उद्योग प्रशासनले जनाएको छ। (रासस)

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६