इटहरी – ‘नयाँ वृन्दावन गौशाला’ नामले परिचित धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको मोरङको सुन्दरहरैचा –५ स्थित राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ। मन्दिरको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री घिमिरेले प्रदेश सरकारले सकारात्मक काममा आवश्यक सहयोग गर्ने बताए। उनले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ वृन्दावनले प्रदेशमै महत्पुर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

मन्दिरसँगै अन्य भौतिक पुर्वाधारहरुसमेत थप गरेर ‘नयाँ वृन्दावन गौशाला’ बनाउने योजना राधेश्याम सेवा ट्रष्टले अघि बढाएको थियो। धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेका गौशालामा सुन्दरहरैचा नगरपालिकाले विश्वकै अग्लो गाईको प्रतिमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।

नयाँ वृन्दावनका लागि नगरको गुरुयोजनाबाट करिब १ करोड बजेट विनियोजन भएको नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए। त्यसैगरी नयाँ वृन्दावन गौशालामा आउने भक्तजनलाई सहज होस् भन्नका लागि पुर्वपश्चिम राजमार्गदेखि नै सडक कालोपत्रे गर्ने योजना पनि प्रक्रियामा छ। यसका लागि नगरले २ करोडको बजेट विनियोजन गरेर ठेक्का प्रक्रियामा गइसकेको मेयर ढकालले बताए। प्राकृतिक रुपले मनोरम स्थलको रुपमा रहेको बुढीजमुना खोलाको पुर्व तर्फकोे किनारामा तिन विगाह जग्गामा भौतिक पुर्वाधार निर्माण गर्न थालिएको हो।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३