काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमको रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ। उक्त रोगलाई विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यसम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ।

उक्त संख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ। मानिसको सम्झन सक्ने क्षमतामा असर पुर्याउन सक्ने उक्त रोगबाट बच्न स्वस्थ र सक्रिय जीवनशैलीको प्रवर्द्धन गर्नुपर्ने लगायतका विषयवस्तु निर्देशिकामा समेटिएको छ।

डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्न सक्ने विज्ञहरूको भनाइ छ। डिमेन्सिया लाग्नुको प्रमुख कारणमध्ये एक वृद्धावस्था रहेको बताइएको छ। तर वृद्धावस्थामा हुने यो प्राकृतिक वा अपरिहार्य परिणाम भने होइन।

रोगबाट बच्न स्वस्थ आहार लाभदायी हुने भए पनि भिटामिन चक्की सेवन गर्नुले भने त्यसबाट बच्न कुनै किसिमको सहयोग नगर्ने सुझाइएको छ। डिमेन्सियाबाट बच्न धूम्रपान र मद्यपानबाट टाढा रहनु पर्ने उल्लेख गरिएको छ। त्यस्तै शारीरिक वजन, उच्च रक्तचाप र अत्यधिक कोलेस्टोरेलल जस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ।

निर्देशिकामा अरू के छन्?

व्यायाम – वयस्कहरू खासगरि ज्येष्ठ नागरिकहरूले हप्तामा कम्तीमा १५० मिनेट हिँड्ने वा अन्य शारीरिक व्यायाम गर्ने। दैनिक घरको काम गर्ने वा साइकल चलाउने।

धुमपान त्याग्ने – धुमपान मस्तिष्क र शरीरको लागि खराब हुन्छ।

खानपानमा ध्यान दिने – स्वस्थ र जैतुनको तेलयुक्त भूमध्यसागरीय शैलीको खानामा पर्याप्त सागसब्जी र फलफूल हुन्छ। त्यो स्वस्थकर हुन्छ।

भिटामिनको भर नपर्ने – भिटामिनको चक्कीले फाइदा नै गर्छ भन्ने छैन।

रक्सी नपिउने – धेरै रक्सी सेवन हानिकारक हुन्छ। थोरै रक्सीले फाइदा गर्छ भनिएपनि त्यो निश्चित हुँदैन।

दिमागको व्यायाम – शब्दहरू बनाउने क्रशवर्ड्स् र केही कम्प्युटर खेलहरूले लाभ दिन सक्छन्।

सामाजिक हुने – साथीसङ्गीहरूसँग मिल्ने र हेलमेल हुने बानीले फाइदा र्पुयाउने गर्छ।

उच्च रक्तचाप रोक्ने – उच्च रक्तचाप ओषधि सेवन गरेर वा अन्य उपाय गरेर घटाउनु पर्छ।

मधुमेहको उपचार गर्ने – मधुमेहलाई नियन्त्रणमा राखेमा डिमेन्सिया जटिल हुन पाउँदैन।

उच्च कोलेस्टेरोलदेखि सावधान – उच्च कोलेस्टेरोलले डिमेन्सियाको जोखिम बढाउछ। त्यो घटाउने औषधिले काम गर्छ भन्ने छैन। बिबिसी नेपालबाट

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६