काठमाडौँ – वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन्। पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ। सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन्।

यसै क्रममा इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिलले सामाजिक सञ्जालमार्फत् दिएका हुन्।

काठमाडाैँका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्। ओजिलले सोमबार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र आर्सनलका नेपाली प्रशंसकहरूको सामूहिक तस्बिर पोस्ट गरेका थिए।

ओजिलले लेखेका छन्, ‘हेर्नूस्, मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई टीसर्ट पठाएपछि के भयो! एक जनाले त्यसलाई सगरमाथा आधार शिविरसम्मै पुर्‍याए।’

Look at what happened after I sent my signed jersey to the @Arsenal fanclub in #Nepal: One of theirs took it all the way up to the Mount Everest Base Camp at 5,364 metres 🥶🇳🇵❤👏🏼 #M1Ö #YaGunnersYa #GunnersWorldwide #WeAreTheArsenal #M10family pic.twitter.com/DhGGyBcSAn

— Mesut Özil (@MesutOzil1088) May 13, 2019

ओजिलले ती तस्बिर पोस्ट गरिदिएपछि २८ वर्षीय खतिवडा आश्चर्यचकित भए। उनले ट्विटरमै ओजिललाई धन्यवाद दिँदै ‘आफूले त्यसलाई शब्दमा व्याख्या गर्न नसकिरहेको’ लेखेका छन्।

I don’t know how to express but this has to be the best thing I’ve done for someone. Thank you so much our hero @MesutOzil1088
So much happiness. Can’t literally put in words.
Thankful for being a part of @arsenalnepal09 #gooner #M10 #yagunnersya #coyg #WeAreTheArsenal pic.twitter.com/o0Wc43mVPO

— Mountain Gooner (@lotuseaterking) May 13, 2019

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गर्दै गरेका खतिवडा आफू विगत १० वर्षदेखि ओजिलको ‘फ्यान’ र १५ वर्षदेखि आर्सनलको समर्थक रहेको बताउँछन्। उनी आर्सनल फ्यान क्लबका उपाध्यक्ष पनि हुन्। उनले भने, ‘ओजिलले मेरो फोटो पोस्ट गरिदिएपछि म त एक छिन हेरेको हेर्‍यै भएँ।’ उनी वैशाख १७ गते आधार शिविर पुगेका हुन्।

के भन्छन् अरू प्रशंसक?

ओजिलले गरेको ट्वीट २३ सय भन्दा बढी रिट्वीट भएको छ तथा त्यसले १८ हजारभन्दा बढी लाइक पाएको छ। उनका फ्यानहरू कसैले ‘ओजिलको स्थान सगरमाथाको शिखरमा रहेको’ त कसैले यसले आर्सनल परिवारको ‘वास्तविक मूल्य देखिएको’ भन्दै प्रतिक्रिया लेखेका छन्।

कसैले भने उनलाई युरोपा कपको फाइनलपछि नेपाल आउन निम्तो दिएका छन्। नवीन चित्रकारले लेखेका छन्, ‘हामी तपाईंलाई बेसक्याम्प नै लैजाउँला।’

Welcome to Nepal after the Europa Cup final , we will take you to Everest Base Camp. Thanks for sending your signed jersey.@arsenalnepal09

— Nabin Chitrakar (@nabin55) May 13, 2019

बाइस वर्षको उमेरमै पहिलो पटक विश्वकप खेल्दा ओजिललाई विश्वले सन् २०१० मा चिनेको थियो। सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा उनको योगदान महत्त्वपूर्ण मानिएको थियो। जर्मन खेलाडी ओजिलले अहिलेसम्म पाँच पटक ‘जर्मन प्लेयर अफ दि इयर’ को उपाधि पाएका छन्। उनी सन् २०१३ देखि आर्सनलबाट क्लब खेल्न थालेका हुन्। त्यसअघि उनी स्पेनको रियल मड्रिडबाट खेल्थे।(बीबीसी)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८