डी.आर.बन्जाडे, बुटवल – रूपन्देहीको भैरहवास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) बल्ल सञ्चालनमा आएको छ। सेजभित्र पहिलो उद्योगका रूपमा ‘शक्ति मिनरल्स प्रालि’ले आफ्नो उद्योग सञ्चालनमा ल्याएसँगै उक्त सेज सञ्चालनमा आएको हो। चार वर्षअघि तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले यो सेजको उद्घाटन गरेका थिए।
सेजको ६९ वटा प्लटमा उद्योग स्थापनाका लागि २० वटा उद्योगले सम्झौता गरेका भए पनि तीमध्ये एउटा उद्योग सञ्चालनमा आएको छ। अन्य १० उद्योगले पनि उद्योग सञ्चालनका लागि निर्माण कार्य शुरू गरिसकेको सेजका कार्यकारी निर्देशक चण्डीप्रसाद भट्टले जानकारी दिए।
रूपन्देहीको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिका बगाहामा ५२ विगाह क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लट रहेका छन्। विशेष आर्थिक क्षेत्रमा वातावरणलाई असर नगर्ने खालका उद्योग मात्र सञ्चालन हुनेछन्। सेजमा विशेष गरी खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल, छालाका वस्तु, तयारी पोशाक, गलैँचा तथा ऊनीका सामान, पश्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने कार्यकारी निर्देशक भट्टले बताए।
यहाँ सञ्चालनमा आउने उद्योगहरूले आफ्नो उत्पादनको ६० प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ। त्यति मात्र होइन, उद्योगभित्रका कर्मचारीले केही निश्चित वर्षसम्म हड्ताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन नपाउने कानूनी व्यवस्थासमेत गरिएको छ। उद्योगले विदेशमा आफ्नो सामान निर्यात गर्दा कुनै पनि भन्सार कर तिनु पर्दैन। विदेशबाट उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा पनि भन्सार छुटको व्यवस्था गरिएको छ।
स्वदेशमा उत्पादन भएका वस्तु विदेश निर्यात गर्ने उद्देश्यले यो सेजको निर्माण गरिएको हो। मंगलबार सञ्चालनमा आएको शक्ति मिनरल्स उद्योग ४० करोड रुपैयाँको लगानीमा १७ हजार वर्ग मिटरमा सञ्चालनमा आएको छ। यो उद्योगले डोलामाइट र फ्लक्स उत्पादन गर्ने उद्योगका अध्यक्ष विनोदकुमार श्रेष्ठले बताए। यो स्टिल गलाउन स्टिल उद्योग, पेन्ट्सलगायत उद्योगका भट्टीमा प्रयोग हुने उनले जानकारी दिए। यो उद्योगले वार्षिक १ अर्ब रुपैयाँबराबरको उत्पादन गर्नेछ।
उद्योगको दैनिक १५ सय टन उत्पादन क्षमता रहेको श्रेष्ठले जानकारी दिए। नेपालमा पहिलोपटक सञ्चालनमा आएको भनिएको उद्योगले उत्पादन गर्ने वस्तु विदेश निर्यात गर्न सरकारी स्तरबाटै स्वीकृति पाइसकेको छ।


लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण
२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स
२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल
२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा
२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर
२०७६, २० मंसिर शुक्रबार ११:२२
