विराटनगर – मोरङको कटहरी गाउँपालिका –२ मा गन्गाई समुदायको सामुदायिक सांस्कृतिक भवनको निर्माण कार्य शुरु भएको छ। संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विनियोजित करिब ४० लाख रुपैयाँको लागतमा सामुदायिक भवन बन्ने भएको हो।

सरकारले पहिलो पटक गन्गाई समुदायको संस्कृति संरक्षणका लागि भवन निर्माणमा सहयोग गरेको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन्। नेपाल गन्गाई कल्याण परिषदका केन्द्रीय अध्यक्ष श्याम मण्डलले भवन निर्माण भएपछि आफ्नो समुदायको संस्कृति संरक्षण र विभिन्न सामाजिक कार्यहरु गर्न सहज हुने बताए। ‘भवनको पहिलो तला हामी आफैले चन्दा संकलन गरेर बनाएका थियौँ,’ उनले भने, ‘सरकारले पनि हाम्रो समुदायका लागि यसरी बजेट दिएर थप भवन बनाउन सहयोग गर्दा खुशी लागेको छ। यहाँ हाम्रो संस्कृति संरक्षणका लागि संग्रहालय बनाउँछौँ।’

यसअघि पहिल्यै बनिसकेको एकतले भवनमाथि तला थप गर्न एएस कन्ट्रक्सन प्रालि विराटनगरले ठेक्का लिएर काम गरिरहेको छ। ठेकेदार कम्पनीका प्रतिनिधि अविनाश साहले चैत अन्तिममा सम्झौता भएर थालिएको काम आगामी असार मसान्त सम्ममा सम्पन्न भइसक्ने बताए।

कटहरी गाउँपालिका –२ का वडाध्यक्ष किशोर पाण्डेले सो भवन बनेपछि गन्गाई समुदाय मात्र नभएर सिंगो वडावासी लाभान्वित हुने बताए। उनले भने, ‘वडामै यति ठूलो र सार्वजनिक कार्यक्रम गर्न भवन थिएन। अब भने सजिलो भएको छ।’

सरकारले तराई मधेसका आदिवासी, जनजाति, मधेसी र सीमान्तकृत समुदायको चौतर्फी विकासका लागि भन्दै सो कार्यक्रम लागू गरेको थियो। देशभर २२ जिल्लामा सञ्चालन भइरहेको सो कार्यक्रममार्फत सडक, विद्यालय, स्वास्थ्य चौकी, पुल, कल्भर्ट, सुकुम्बासी सामूहिक आवास, विभिन्न जातजातिको संस्कृति संरक्षणका लागि सामुदायिक भवन लगायतका संरचनाहरु निर्माण भइरहेका छन्।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३