धनगढी – सुदूरपश्चिमका अस्पतालमा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन्। संघीय सरकारबाट बजेट नआएका कारण उनीहरुले तलब नपाएका हुन्।

अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि पहिलो वर्षको तलब भने संघीय सरकारले नै पठाउनु पर्ने निर्णय भएको छ। रकम समयमै नआएका कारण सुदूरपश्चिममा आमा सुरक्षा कार्यक्रमसमेत प्रभावित भएको छ। नेपाल सरकारले अस्पतालहरुलाई हरेक पटक प्याकेजमा पैसा पठाउने गरको छ।

प्याकेजमा रकम पठाउँदा ती कार्यक्रम सञ्चालन गर्न कर्मचारीसमेत नियुक्त हुन्छन्। सरकारले पठाएका प्याकेज कार्यक्रमसँगै अस्पतालका महत्वपूर्ण कामहरु सञ्चालन गर्न रकम अभाव भएपछि कार्यक्रम सञ्चालनमा समस्या त देखिएको हो। ‘कर्मचारीहरुले तीन महिनादेखि तलब खान पाएका छैनन्,’ सेती अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयले भने।

सेती र महाकाली अस्पतालमा पनि पैसाको अभावमा आमा सुरक्षा कार्यक्रम प्रभावित भएको र कर्मचारीले तलब नै खान नपाएको देखिएको छ। महाकाली अस्तालका मेडिकल सुपरिटेण्डेण्ट डा. हरिकुमार श्रेष्ठले कर्मचारीले तलव खान नपाएको तीन महिना पुगेको बताए।

संघीय सरकारले बजेट भाषणमा आमा सुरक्षा कार्यक्रममा पाइने सुविधा दोब्बर बनाएको छ। तर तल्लो निकायमा रकम पठाउँदा भने पुरानै प्याकेज अनुसार पठाएपछि सरकारले पठाएको रकम माघ महिनामै सकिएको छ।

दोस्रोपटक पठाएको पैसासमेत अपुग भएपछि अहिले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा समस्या भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए। उनले हाल आमा सुरक्षा कार्यक्रममा लागि प्रदेशभर ६ करोड रुपैयाँ अपुग भएको जानकारी दिए।

ज्येष्ठ नागरिक, गरीब तथा असहायका लागि गरिएको निशुल्क औषधि वितरण तथा उपचारका लागिसमेत रकम अपुग छ। यो कार्यक्रमका आएको रकम गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्ष शुरुआतमै २२ लाख घटेर आएको सेती अस्पतालका मेसु डा. पाण्डेले बताए। यस्तै महाकाली अस्पतालमा यो रकम हरेक आर्थिक वर्षमा निरन्तर घटेर आइरहेको मेसु डा. श्रेष्ठले बताए।

अस्पतालहरुमा पठाउने रकम अपुग हुँदा बिरामीहरुले समेत समस्या झेलिरहेका छन्। अस्पतालहरुले आमा सुरक्षा कार्यक्रमअन्तर्गत यातायात खर्च दिन नसक्दा बिरामीहरुका आफन्तहरुले झगडासमेत गर्ने गरेका छन्।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव

२०७६, ३० भाद्र सोमबार ०९:३५