नरहरि पौड्याल, कास्की ( जिल्ला मालपोत कार्यालय कास्कीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा नियमित काम अवरुद्ध हुन थालेको छ। सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत कार्यालयमा कर्मचारी अभावका कारण सेवाग्राही मर्कामा परेका छन्।

कार्यालयले कर्मचारीको अभाव देखाउँदै नियमित सञ्चालन हुने अंशवण्डा, लिखतलगायतका काममा दैनिक सीमित कोटा तोकेपछि कार्यालय पुग्ने सेवाग्राहीहरू सानो कामका पनि हप्तौँसम्म धाउन बाध्य छन्।

कर्मचारी अभावले गर्दा समस्या भएको बताउँदै आएको मालपोत कार्यालयले लामो समय बितिसक्दासमेत ढिलासुस्ती हटाउनेतर्फ ध्यान नदिएको सेवाग्राहीहरूको भनाइ छ। जग्गा लिखत पास, अंशवण्डालगायतका काम लिएर मालपोत कार्यालय पुग्ने सेवाग्राहीले लामो समयसम्म कुनुपर्ने बाध्यता छ।

कार्यालयमा हालसाविक गर्न पुगेका पोखरा– १७ का विनोद थापाले हालसाविक गर्ने प्रक्रियाका लागि मात्र एक हप्तादेखि धाइरहेको बताए। ‘हामीले जनताको घरमा सरकार आयो भनेका छौँ। तर, कार्यालयमा आउँदा यस्तो बिजोग छ,’ उनले भने, ‘कर्मचारीको प्रबन्ध र उचित व्यवस्थापन नहुँदा सेवाग्राहीहरू कष्ट भोग्न बाध्य छन्।’ थापाले भने, ‘कार्यालयको कुनै फाँट व्यवस्थित छैन। जुन फाँटमा पुग्दा पनि घण्टौँ कुर्नुपर्ने बाध्यता छ, सेवाग्राही धेरै र कर्मचारी थोरै भएकाले काम ढिलो भएको भन्दै कर्मचारी बहाना बनाउँछन्।’

मालपोत कार्यालय छेउमा भेटिएका लेखनदास पुरुषोत्तम अधिकारीले फाराम देखाउँदै भने, ‘फाराम भरेर राखेका छौँ, तीन दिनपछि मात्र काम हुने भनिएको छ।’

उनले थपे, ‘विगतमा यस्तो थिएन तर, अहिले त कार्यालयको अवस्था बिजोग छ।’ उनले जग्गा लिखत पास, अंशवण्डा, जग्गा फुकुवालगायत कामका लागि समेत सेवाग्राहीहरूले सास्ती खेपिरहेका छन्।

पोखरा– १७ विरौटाका सुरेश अधिकारीले अंशवण्डाको काम लिएर आएको एक हप्ता बितिसक्दासमेत अझै काम नसकिएको बताए। उनले भने, ‘कार्यालय धाएको हप्ता दिन भयो। अहिलेसम्म आधा काम पनि सकिएको छैन, दुई/तीन जना कर्मचारी राखेर सेवा दिनुपर्ने ठाउँमा एक जना मात्र छन्, अनि कसरी समयमा काम होस् ?’

पछिल्लो समय कार्यालयले काममा चुस्तता ल्याउन जिल्लाका विभिन्न तीन स्थान ‘क’ मा साविक पोखरा छिनेडाँडा, ‘ख’मा पोखरा क्षेत्र र ‘ग’ मा माछापुच्छ्रे गाउँपालिकामा रहने गरी टोकन प्रणाली लागू गरेको छ। टोटन प्राणाली तोकिएका तीन क्षेत्रमध्ये ‘क’मा पर्ने पोखरा क्षेत्रमा दैनिक २५ वटा मात्र लिखत पास हुन्छन् भने ‘ख’ र ‘ग’मा पर्ने छिनेडाँडा र माछापुच्छ«ेमा २०/२० वटा गरी कूल ६५ मात्र लिखत पास हुने गरेको छ।

कार्यालयले कर्मचारी अभाव जनाउँदै दैनिक तीनवटा काउन्टरबाट जम्मा ६५ वटा मात्र टोकन वितरण गर्ने गरेको छ। दैनिक रूपमा सयौं सेवाग्राहीहरू आउने कार्यालयमा ६५ वटा मात्र लिखत पास गर्न थालेपछि एउटै कामलाई हप्तौँसम्म धाउनुपर्ने बाध्यता भएको हो। कार्यालयले प्रदान गर्ने टोकन साढे १० नबज्दै सकिने र त्यसपछि कार्यालय पुगेका सेवाग्राही रित्तै फर्कनुपर्ने अवस्था छ।

कार्यालय १० बजे खुल्ने भए पनि साढे १० बजे नै टिकट बुकिङ भइसक्ने सेवाग्राही बताउँछन्। कार्यालयमा कर्मचारी अभाव र टोकन प्रणालीमा पनि भद्रगोल हुँदा सेवाग्राहीले त्यसको मार खेप्नुपरेको सेवाग्राहीको भनाइ छ।

जिल्ला मालपोत कार्यालय कास्कीका कार्यालय प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डेले कर्मचारीको अभावका कारण सेवा प्रवाहमा समस्या आएको स्वीकार गरे। उनले भने, ‘कर्मचारीको अभावले सेवाग्राहीलाई नियमित सेवा दिन समस्या भएको छ। सरकारलाई दरबन्दीअनुसार कर्मचारी पठाउन पटकपटक पत्राचार गर्दासमेत सरकारले बेवास्ता गर्दै आएको छ।’

उनका अनुसार ४८ जनाको दरबन्दी रहेको कार्यालयमा हाल जम्मा २८ जना कर्मचारीले मात्र काम गर्दै आएका छन्। २८ कर्मचारीमध्ये कार्यालयमा ६ जना शाखा अधिकृत कार्यरत रहेका छन्। त्यस्तै, १७ जना सुब्बाको दरबन्दी भए पनि हाल ४ जना मात्र कार्यरत छन्। १८ जना खरिदारको दरबन्दी रहेकोमा जम्मा ५ जना मात्र कार्यरत छन्।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३