बुटवल – प्रदेश नं.५ र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशबीच द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र गर्भनर थाङ रनच्यानको उपस्थितिमा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सांस्कृतिक आदान प्रदान र पर्यटन पवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ ।

त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चर बीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति समेत भएको छ । सहमतिपत्रमा सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर शी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेका छन् ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बुटवलमा आयोजित सहमतिपत्र आदनप्रदान कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र यस प्रदेशका संभावना बारे जानकारी गराएका थिए । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित धेरै बौद्ध संस्कृतिसंग सम्बन्धित सम्पदास्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको बताए ।

गर्भनर रनच्यानले द्विपक्षीय सहकार्य मार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने बताएका थिए । उनले प्रदेश ५ को अवस्था बारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश ५ र कान्छु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको भन्दै कान्छु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरी राम्रो लाभ लिएको जानकारी गराएका थिए ।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४