इटहरी – नेपाल प्रेस युनियन सुनसरीले हालै सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको सांकेतिक विरोध जनाएको छ। युनियनको आह्वानमा पत्रकारहरूले उक्त विधेयकको एक खुट्टाले उभिएर र मुखमा कालो पट्टी बाँधेर सांकेतिक विरोध जनाएका हुन्।

पत्रकारहरूले कालो ब्यानरसहित इटहरीको मुख्य चोकमा पुगेर विरोध प्रदर्शनी गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए। अध्यक्ष पुरीले सरकारले संविधानविपरीत विधेयक ल्याएर आफूहरूलाई कमजोर बनाउन खोजेको भन्दै विरोधको कार्यक्रम गर्नुपरेको बताए।

पूर्वी नेपालमा उक्त विधेयकको चौतर्फी विरोध हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय नेताले समेत विरोध गरेका हुन्। नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत पूर्वी नेपाल आइपुगेका प्रभावशाली नेता रामशरण महतले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउन संसदमा दर्ता गराएको उक्त विधेयक संविधानविपरीत भएको आरोप लगाए।

नेता महतले भने, ‘स्वतन्त्र प्रेस प्रजातन्त्रको अभिन्न अंग हो। प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस जस्तोसुकै लडाइँ लड्न पनि तयार छ। अहिले पत्रकारहरूले विधेयक फिर्ताका लागि आवाज उठाइरहेका छन्, त्यसमा मेरो र नेपाली कांग्रेस पार्टीको समेत समर्थन छ।’

नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेस नेताहरू रामकृष्ण यादव र रामहरि खतिवडाले समेत संसदमा उक्त विधेयक संविधानविपरीत भएको बताए।

यसैगरी, सरकारले संसदमा दर्ता गराएको उक्त विधेयकलाई फिर्ता गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा सुनसरीका पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर विरोध जनाए।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ११ फाल्गुन आईतवार २०:२८

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

२०७६, ११ फाल्गुन आईतवार १७:३१

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने भारतभन्दा अघि

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने…

२०७६, ११ फाल्गुन आईतवार १८:००

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

२०७६, ११ फाल्गुन आईतवार १७:४१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

२०७६, ११ फाल्गुन आईतवार १३:४६

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९