काठमाडौँ – अपिल विष्टको जन्म प्यूठानमा भए पनि बाल्यकाल भने पढाइको सिलसिलामा कहिले दाङ, कहिले पाल्पाको तानसेन त कहिले काठमाडौँमा बित्यो।

कक्षा ८ सम्म दाङको दिपशिखा बोर्डिङ स्कूलमा पढे। त्यही स्कूलको होस्टेलमा बसेर विष्टले एसएलसी (हाल एसईई) पाल्पाको पाल्पा आवासीय माध्यमिक विद्यालयबाट गरे। बाल्यकाल शहरमै बितेका कारण उनलाई चलचित्र हेर्ने बानी परेकाे थियो।

होस्टेल बस्दा नै चलचित्र हेर्ने बानी पारिसकेका विष्टमा चलचित्रप्रतिको लगाव बढ्दै गयो। हुन त हेर्दा आकर्षक देखिने विष्टलाई धेरैले ‘हिरो बन्छस्’ भन्थे। त्यसले पनि उनलाई चलचित्र क्षेत्रमा लाग्न हौसला थपेको थियो। त्यसपछि हिरो बन्छु भनेर चलचित्र क्षेत्रमा लागेका विष्ट चलचित्र निर्माता हुँदै हाल निर्देशक बनेका छन्।

भारतमा सिकेँ, नेपालमा गरे

एसएलसीपछि पाल्पाबाट काठमाडौँ आएका विष्टले विज्ञान बिषय लिएर प्लस टु पास गरेपछि चलचित्रबारे सिक्न भारत गए। उनको मुख्य उद्देश्य थियो, चलचित्रबारे बुझ्नु। इन्सिच्यूट अफ टीभी एण्ड पर्फर्मिङ आर्टसमा फिल्म मेकिङ एण्ड डाइरेक्सन (चलचित्र निर्माण र निर्देशन) अध्ययन गर्न शुरु गरेका विष्टले त्यही काम पनि गर्न थालिसकेका थिए।

त्यहाँ उनले फिल्म मेकिङ, डाइरेक्सन, कास्टिङ एसिस्टेन्ट, फोटोसुट आउट लगायतका कुरा सिक्दै ८ वर्ष काम गरे। विष्ट भन्छन, ‘चलचित्र क्षेत्रमा लाग्ने इच्छा पहिलेदखि नै थियो। तर शुरुआत चाहिँ भारतबाट भयो।’

भारतमा काम गर्दै, सिक्दै गरेको ८ वर्ष पुगेपछि उनी आफ्नै देशमा केही गर्नुपर्छ भनेर नेपाल फर्किए। देशमा द्वन्द्व चलिरहेकोे अवस्थामा समेत उनले डकुमेन्ट्री निर्माण गरेका थिए। त्यसपछि उनी फिल्म निर्माण र निर्देशन क्षेत्रमा निरन्तर लागिरहेका छन्।

निर्माता हुँदै निर्देशक

सानो उमेरमा गाउँलेले हिरो बन्छस् भनेर फिल्म क्षेत्रमा लाग्न हौसिएका विष्ट निर्माता हुँदै निर्देशक बनेका छन्। भारतबाट नेपाल आएर शुरुमा डकुमेन्ट्री बनाउन लागेका विष्टले पछि आफैँ चलचित्र निर्माण गरे।

उनले सन् २००८ मा ‘दासढुङ्गा’ चलचित्र निर्माण गरे। यो उनले निर्माण गरेको पहिलो चलचित्र थियो। उनले भने, ‘दासढुङ्गा निर्माण गर्दा चलचित्र क्षेत्रमा लाग्ने सपना पूरा भएको महसुस गरेँ।’

चलचित्र दासढुङ्गामा निर्माता भएका विष्टले हाल सफल निर्देशकको परिचय बनाएका छन्। उनले ‘झुम्की’ र ‘कागजपत्र’ गरी दुई चलचित्र निर्देशन गरिसकेका छन्। निर्माता र निर्देशक दुवैको काम गरिसकेका विष्ट भन्छन्, ‘कुनै काम पनि सजिलो भने छैन। तर मेहनत गर्नुपर्छ, असम्भव पनि छैन।’

नयाँ चलचित्रको तयारी

निर्देशक विष्ट नयाँ चलचित्र ‘प्रताप’को तयारीमा छन्। उनले त्यसमा पनि निर्देशकको भूमिका नै निर्वाह गर्नेछन्। पहिलेका दिन सम्झिँदै उनले भने, ‘पहिलेभन्दा हाम्रो समाज धेरै परिवर्तन भइसकेको छ। त्यसैले यस चलचित्र परिवर्तित समाज अनुसार निर्माण गर्छौं।’

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६