काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र भार्गव विकास बैंक मर्ज हुने भएका छन्। पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्तिसम्बन्धी वैशाख ३१ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। उक्त सहमतिपत्रमा शाइन रेसुङ्गा बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका हुन्।

पछिल्लो पटक शाइन रेसुङ्गा र भार्गव बैंकबीच प्राप्तिपछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने हुँदा कारोबारको दायरा, बजार उपस्थिति, प्रतिस्पर्धात्मक क्षमताको वृद्धि र मुनाफामा सकारात्मक प्रभाव पर्ने बताइएकाे छ।

सहमतिअनुसार वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका- ६ मा रहनेछ। यसैगरी, संस्थाको सञ्चालक समितिमा शाइन रेसुङ्गा बैंकका सञ्चालक समितिको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा शाइन रेसुङ्गाको कार्यकारी अधिकृत प्रकाश पौडेल र नायव कार्यकारी प्रमुखमा भार्गव बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी रहनेछन्।

शाइन रेसुङ्गा बैंकले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट बैशाख १६ गतेमात्रै सैद्धान्तिक सहमति प्राप्त गरेको हो।

शाइन रेसुङ्गा बैंकको रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्यूठान, बाग्लुङ्ङ र चितवन गरी १० जिल्ला कार्यक्षेत्र भएको ‘ख’ वर्गको विकास बैंकको रूपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ। त्यसैगरी, भार्गव विकास बैंकको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरू रहेका छन्।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३