बुटवल – रुपन्देहीको गैडहवा– १ मा यही जेठमा बिहेको तयारीमा रहेकी एक किशोरी मृतावस्थामा फेला परेकी छिन्। तीन दिनदेखि हराइरहेकी १९ वर्षीया सवनाम निसाहर आज बुधवार गैडहवा गाउँपालिका– १, भुझौली भन्ने गाउँको खेतमा फेला परेकी हुन्।

मृतक निशालाई पोष्टमार्टका लागि काठमाडौँस्थित त्रिवि टिचिङ अस्पताल महाराजगञ्ज पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। उनले भने, ‘शव गलिसकेको अवस्थामा भेटिएको छ, घटना हेर्दा बलात्कारजस्तो देखिँदैन। दुईवटा कपडा लगाएको अवस्थामा भेटिएको छ। थप अनुसन्धान कार्य भइरहेको छ।’

हत्या हो कि भन्ने प्रश्नमा एसपी थापाले भने– ‘त्यसका बारेमा पनि अनुसन्धान भइरहेको छ। शंकास्पद एक युवा फरार छन्। अनुसन्धान जारी नै छ।’

गत सोमबार राति खाना खाएपछि घरबाट सुत्न भन्दै कोठामा निस्किएकी निशा बुधबार मृत फेला परेकी हुन्। मृतक निशाका बुबा महोम्मद निसाहारका अनुसार सोमबार राति खाना खाएपछि सुत्न कोठामा गइन्। राति आमाले हेर्दा विस्तारामा नदेखेपछि परिवार र गाउँले मिलेर खोजी कार्यमा जुटे। अर्को दिन मंगलबार पनि दिनभर खोजे तर निशा फेला परिनन्। खोज्ने क्रममै आज बुधवार बिहान मृत अवस्थामा खेतमा फेला परिन्।

‘छोरीको बिहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना भयो बाबु,’ उनले भने।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

२०७६, ३२ श्रावण शनिबार १६:४६

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

२०७६, ३२ श्रावण शनिबार १४:१६

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

२०७६, ३२ श्रावण शनिबार ०९:३४

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

२०७६, ३२ श्रावण शनिबार ०९:०७

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

२०७६, ३२ श्रावण शनिबार ०७:१०