काठमाडौँ – गलत रगत दिएका कारण ज्यान गुमाएकी बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेशले चिकित्सकको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै यसबारे छानबिन गरी सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन्।

आफूहरु न्यायको लागि बिभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे। उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै बिभिन्न सरकारी निकायमा धाइरहेका छौँ। तर, न्याय पाएका छैनौँ। यसले हामीलाई अझै पीडा दिएको छ।’

शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाइएको पनि बुवाले सुनाए। उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ। यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेरपनि न्याय पाउँ भनेर हारगुहारसमेत गरेको उनले सुनाए। उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे। उनले भने, ‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको। तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन।’ उनले भने, ‘अब हामी कहाँ जाने? हामीलाई कहिले र कसले न्याय देला?

बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए। उनले भने, ‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो? शुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’

शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा बिरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो। तर, निधनपछि सोही ठाउँमा टिपेक्स लगाएर २० देखि ३५ प्रतिशत बनाइएको छ।’ प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदा पनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए। उनले थपे, ‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौँ। तर, हाम्रो उजुरी दर्ता गराउन कोही पनि तयार छैनन्।’

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भए पनि मुद्दा दर्ता नभएको उनले सुनाए। उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि बताए। त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महसुस भइरहेको जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरी पनि सँगै थिए।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारवाही नगरेको उनले सुनाए। यस्तो लापरवाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ।

गत वैशाख २३ गते सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०, सिसौटियाकी ५ वर्षीया साहको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो। आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ। तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए। उनले भने, ‘मलाई त न्याय चाहिएको छ। तर, खुरुक्क लास लिएर जा, बढी बोलिस् भने तँलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन्।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो। जसका कारण उनको मृत्यु भयो।

कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घटनामा लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। भण्डारीले मृतकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिने पनि जनाए। भण्डारीले आफूहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए। उनले भने, ‘कानूनको शासनलाई धज्जी उडाउने काम भएको छ।’ प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्नुपर्ने उनले जोड दिए।

‘नेपालका लागि नेपाली’का अभियन्ता अधिवक्ता घिमिरेले यो घटनाको अनुसन्धानको दायरा बढाउनुपर्ने माग गरे। उनले भने, ‘प्रहरीले उजुरी लिनुपर्छ,’ उनले भने, ‘उपचारको क्रममा गलत प्रवृत्ति, गलत उपचार र गलत ग्रुपको रगत दिएर गलत उपचार गरेर लापरवाहीको कारण निधन भएको भन्ने कुरा आएको छ। एउटा अस्पताल, जहाँ नागरिकहरु उपचार गर्न बसेको छ। उनीहरुको लापरवाहीको कारण कसैको ज्यान जाने अवस्था आउँछ भने उनीहरुले उन्मुक्ति पाउने अवस्था हुँदैन। यसले दुई चार वटा कुरा र फौजदारी आचारसंहिता आकर्षण हुन्छ।’

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४