काठमाडाैँ – सरकारी कार्यालयमा विभिन्न प्रयोजनका लागि सूचना लिन आउनेहरु धेरै हुन्छन्। संघसंस्था, नागरिक सबैले सरकारी निकायबाट सूचना पाउनुपर्छ। तर कतिपय यस्ता कार्यालयहरु छन्, जहाँ न त सूचना अधिकारी तोकिएको छ, न त नागरिक वडापत्र नै राखिएको छ।

गएको एक हप्ताअघि राष्ट्रिय ट्रमा सेन्टरमा सीटी स्क्यान, एक्स–रे मेशिन लगायतको सूचना लिन नेपाली पब्लिकको टोली गएको थियो। पहिलो दिन मेसु लगायतको टोलीसँग सूचना लिन झण्डै दश ठाउँमा सोध्नुपर्‍यो।

दोस्रो दिन आवश्यक जानकारी लिन जाँदा ट्रमाका केही कर्मचारीले आफूहरुलाई सूचना दिने अधिकार नभएको र सूचना अधिकारी नभएको बताए। ‘सूचना अधिकारी को ?’ भन्ने विषयमा जानकारी लिँदा ट्रमा सेन्टरका मेसु डा. प्रमोदकुमार यादवले ट्रमा सेन्टरको सामाजिक इकाइका प्रमुख अर्जुन भेटवाललाई सूचना अधिकारी तोकिएको जनाए। तर कार्यालयमा सूचना अधिकारी रहेको जानकारी सर्वसाधारणले देख्ने गरी राखिएको छैन।

नेपाली पब्लिकको टोलीले आवश्यक सूचना उपलब्ध गराइदिन माग गर्दै ‘सूचना चाहिएको विषय’ मेसुसँगै अन्य कर्मचारीलाई बुझायो। तर त्यसको एक हप्तापछि जाँदा पनि आवश्यक सूचना उपलब्ध भएन। कर्मचारीले मौखिक रुपमा सूचना अधिकारी तोकिएको बताए पनि औपचारिक रुपमा सूचना अधिकारी नतोकिएको बताए।

राष्ट्रिय ट्रमा सेन्टरका लेखा शाखा प्रमुख गणेशप्रसाद घिमिरेले आफूलाई सूचना दिने आदेश नभएकाले ‘माग गरिएको सूचना’ पत्रकारलाई नदिने बताए।

तर मेसु डा. प्रमोदकुमार यादवलाई सम्पर्क गर्दा सूचना अधिकारी तोकिसकेको र सर्वसाधारणले देख्ने गरी फोटो सहितको परिचय राख्न बाँकी रहेको जवाफ दिए। उनले नागरिक वडापत्र संशोधनको चरणमा रहेको र छिट्टै नागरिकले पढ्न पाउने गरी टाँस्ने बताए।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३