काठमाडौँ, २६ पुस। ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन बेलायतमा एक उच्चस्तरीय समिति गठन हुने भएको छ। नेपाली दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा उच्चस्तरीय समिति बनाउन लागिएको हो।

नेपाल पर्यटन बोर्डका उच्चपदस्थ पदाधिकारी, बेलायतस्थित प्रमुख नेपाली सङ्घसंस्थाका प्रतिनिधि, ट्राभल व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागितामा समिति बनाउन लागिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए।

‘नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरिसकेको परिप्रेक्ष्यमा पर्यटन अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएकाले बेलायतबाट सक्दो सहयोग गर्ने हाम्रो परिकल्पना हो’, आरणले भने ।

गत वर्षको तुलनामा नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको सङ्ख्यामा १५ दशमलव ६ प्रतिशत वृद्धि भएको छ। बेलायतबाट सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा आएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको भनाइअनुसार बेलायतमा पर्यटन प्रवद्र्धन र नेपालको राम्रो वातावरणले अघिल्लो वर्षको तुलनामा पर्यटक बढेका हुन्।

राजदूत सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याइने दाबी गरे।
सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झन्डै १२ लाख पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएका छन्। यो सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो। हवाईमार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पर्वतको विहादीमा आगलागी

पर्वतको विहादीमा आगलागी

2 घन्टा

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

2 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार