आशिष त्रिपाठी/विवेक कर्ण (वीरगञ्ज) – संघीयता लागू भएपछि मुलुक तीन तहको सरकार केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारद्वारा सञ्चालित छ। देश संघीयतामा प्रवेश भएसँगै हरेक नागरिकमा विकास नै विकासको लहर देख्न पाउने अपेक्षा छ। नागरिकले गरेका अपेक्षामध्ये कतिपय पूरा भएका छ्न् भने कतिपय पूरा हुने क्रममा छन्। पूरा हुने क्रम यस अर्थमा कि अहिले प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि आवश्यक ऐन कानूनको तर्जुमा नभइसकेको जनप्रतिनिधिहरूको गुनासो छ।

प्रदेश नं २ मा विश्वविद्यालय स्थापनाको विषय विगत लामो समयदेखि चर्चामा रहे पनि अझै विश्वविद्यालय स्थापना हुने पक्का भइसकेको छैन। संघीयताभन्दा अघिको केन्द्र सरकारलाई पनि यहाँका स्थानीयले नझकझकाएका होइनन्। बेलाबेलामा वीरगञ्जमै विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने कुरा पनि उठेकै हो।

प्रदेश नं २ मा विश्वविद्यालय अपरिहार्य भइसकेको छ। विश्वविद्यालय स्थापनाका लागि यहाँका स्थानीय एकजुट हुनुपर्ने आवश्यकता खट्किएको छ। उच्च शिक्षा अध्ययनका लागि हुने प्रादेशिक तथा अन्तर्राष्ट्रिय पलायनलाई निरुत्साहित गर्नका लागि पनि विश्वविद्यालयको आवश्यकता देखिन्छ। हरेक वर्ष यहाँका युवा विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि कि त काठमाडौँ जानुपर्छ कि त विदेश नै।

यो प्रदेशमा उच्च शिक्षा अध्ययनका लागि कलेज नभएका पनि होइनन्। यहाँका विद्यार्थीहरूले पढ्न चाहेका सबै कोर्स यहाँका सञ्चालनमा रहेका कलेजहरूमा उपलब्ध भइराखेको अवस्था छैन। अर्को कुरा, विद्यार्थीले पढ्न चाहेको कोर्स कलेजमा उपलब्ध भए पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभाव छ। जसले गर्दा यहाँका विद्यार्थीहरू अध्ययन गर्न पलायन हुनैपर्छ। अध्ययनका लागि विदेश पलायन भएका युवालाई यदि विदेशमै योग्यताअनुसारको मनग्गे पैसा आउने जागिर पाइरहेको छ भने सो विद्यार्थी देश किन फर्किने त ? यस कारणले पनि यहाँ गरिबी र अशिक्षा व्यापक छ। प्रदेश नं २ का सबै बासिन्दा आर्थिक रूपले सवल पनि छैनन्।

अध्ययनका लागि सबै विद्यार्थीहरूमा काठमाडौँ अथवा विदेश गएर पढ्न सक्ने क्षमता नहुँदा उनीहरूले आफ्नो अध्ययनयात्रा बीचमै छोडेका उदाहरण पनि प्रशस्तै छन्। यो प्रदेश सरकार र केन्द्र सरकारका लागि लज्जास्पद विषय हो। प्रदेश नं २ मा पर्ने वीरगञ्ज, जसलाई नेपालको प्रमुख नाका र आर्थिक राजधानी भनेर पनि चिनिन्छ, यहाँकै विद्यार्थीहरू अध्ययनका लागि शहर–शहर भौँतारिनुपर्ने अवस्था छ, यो गम्भीर चिन्ताको विषय हो।

मेरो विचारमा सार्वजनिक शिक्षालाई विद्यालयस्तरबाटै पोषित गर्न आवश्यक छ। केही समयअगाडिसम्म प्रदेश नं २ का जिल्लाहरू गुणस्तरीय शिक्षाको केन्द्रविन्दु हुने गर्थे। यदि हामी विद्यालयस्तरीय पढाइलाई मजबुत नगरी विश्वविद्यालयस्तरमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छौँ भने शिक्षाको आधार कमजोर हुन सक्छ। इतिहास साक्षी छ कि वीरगञ्जमा विश्वविद्यालय स्थापना गरिनुपर्छ भन्ने चर्चा वीरगञ्जबाटै शुरू भएको थियो। तर, पञ्चायती शासनले त्यसलाई नष्ट गर्याे। वैचारिक रूपमा वीरगञ्ज र जनकपुर दुवै स्थानमा विश्वविद्यालयको विचार एकै समयमा प्रारम्भ भएको हो। तर, केन्द्रीय सरकारले पछि आएर अन्य र अज्ञातलाई सहयोग गर्याे। निश्चित रूपमा वीरगञ्जमा विश्वविद्यालयको आवश्यकता छ। तर, केही प्राथमिक प्रश्नहरू छन्। कस्तो प्रकारको विश्वविद्यालय ? अन्य प्रदेशमा भएका विश्वविद्यालयभन्दा कति फरक खालको ? प्रदेश नं २ को आवश्यकता के त ? विश्वविद्यालय स्थापना गर्नपूर्व यी प्रश्नहरूमाथि गहन मन्थन हुनु आवश्यक छ। नत्र खोजिएको शिक्षा पूर्ति गर्न सक्तैन।

प्रदेश नं २ मा कृषि विद्यालय, प्राविधिक विद्यालय तथा यहाँको मानव स्रोतलाई विकास गरी उत्कृष्ट शिक्षामा जोड दिन आवश्यक छ। यहाँ विश्वविद्यालयको आवश्यकता छ। तर, यसको स्थापना यहाँका बुद्धिजीवी एवं राजनीतिक व्यक्तित्वहरूको समन्वयमा हुनुपर्छ। सबै राजनीतिक दलले विश्वविद्यालयको स्थापना र विकासमा जोड दिनपर्छ।

नेपालमा त्रिभुवन विश्वविद्यालयभन्दा जेठो एक मात्र क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पस भए पनि राज्यको विभेदकारी व्यवहार र स्थानीय शैक्षिक माफियाका कारण यहाँ विश्वविद्यालय स्थापना हुन नसकेको हो। हामीले नयाँ विश्वविद्यालय स्थापनाको कुरा गरिरहँदा यस प्रदेशमा भएको विश्वविद्यालयको संरक्षणमा कसैको ध्यान पुगेको छैन। जनकपुरमा रहेको राजर्षि जनक विश्वविद्यालय स्थापनाको २ वर्ष भए पनि हालसम्म पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन। रा.ज.वि. स्थापनाकालमा त्यस क्षेत्रमा रहेका त्रि.।वि. .का आंगिक कलेज, शैक्षिक तथा प्रशासनिक जनशक्तिहरूले नयाँ विश्वविद्यालयमा काम गर्ने जनाएका थिए तर हाल नयाँ विश्वविद्यालयमा काम नगर्ने कुरा आइरहेको छ। किनकि नयाँ विश्वविद्यालयहरूले त्रिविले दिनेजति सेवासुविधा नदिन पनि सक्छन्।

यसमा सरकारको कमजोरी देखिन्छ। हालसम्म सरकारले ‘तपाईंहरू नयाँ विश्वविद्यालयमा काम गर्नुस्, सबै सेवा सुविधा त्रि.वि.कै हाराहारीमा पाइन्छ’ भनेर निर्णय गर्न सकेको छैन। प्रदेश २ को पश्चिमी क्षेत्र वीरगञ्जमा विश्वविद्यालय खुल्नुपर्छ। यो आवश्यक पनि भइसकेको छ। तर, ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरूले समस्या खडा नगरून् भन्ने मेरो चाहना हो। पछिल्ला दिनहरूलाई केलाएर हेर्दा वीरगञ्जमा विश्वविद्यालय स्थापना नहुका मुख्य कारणहरूमा यस क्षेत्रको अपरिपक्व राजनीति र भीसीको लडाइँ रहेको बुझिन्छ।

प्रदेश नं २ को कुल जनसंख्या ५४ लाख रहेको छ, जुन प्रदेश नं ३ पछिको सबैभन्दा बढी जनसंख्या हो। तर, प्रदेश नं २ मा यति धेरै जनसांख्यिक बहुलता रहे पनि एउटा विश्वविद्यालय छैन। जबकि अन्य सबै प्रदेशमा विश्वविद्यालय रहेका छन्। देशभरिको साक्षरता दर हेर्दा प्रदेश नं २ का जिल्लाहरू (रौतहट, महोत्तरी) मा सबैभन्दा कम साक्षर दर छ। समग्रमा यो प्रदेशका जिल्लाहरूको साक्षरता दर हेर्दा ५० प्रतिशतभन्दा कम रहेको देखिन्छ, जबकि देशको कुल साक्षरता दर ६७ प्रतिशत रहेको छ। यो प्रदेशमा बसोबास गर्ने दलित, महिला र मुस्लिम समुदाय शैक्षिक रूपमा पछाडि परेका छन्। यसरी पछाडि पर्नुका कारणहरूमध्ये एक कारण हो स्कुल कलेजसम्म पहुँच नहुनु, गरिबी र चेतनाको अभाव। देश संघीयतामा गइसकेको छ, तसर्थ अरू प्रदेशमा जस्तै प्रदेश नं २ मा पनि विश्वविद्यालय खोलिनुपर्छ।

प्रदेश नम्बर २ मा विश्वविद्यालयको नितान्त आवश्यकता छ। यो प्रदेशमा खासगरी वीरगञ्जमा विश्वविद्यालय धान्न सक्ने प्रचुर क्षमता छ। वीरगञ्जमा रहेको पुरानो इतिहास बोकेको ठाकुरराम बहुमुखी क्याम्पसले यहाँका करिब सबै र अन्य प्रदेशका विद्यार्थीहरूलाई समेत शिक्षा सेवा प्रदान गर्दै आएको छ। यो प्रदेशमा पोलिटेक्निक र कृषि विज्ञान तथा प्राविधिक शिक्षासम्बन्धी विश्वविद्यालयको अत्यन्त आवश्यकता देखिएको छ। करिब ६० लाख जनसंख्या रहेको यो प्रदेशमा बहु संकायको विश्वविद्यालय स्थापनाबिना यस प्रदेशको शिक्षा क्षेत्रको उत्थान सम्भव छैन। यो प्रदेशमा शिक्षाको सूचकांक अन्य प्रदेशहरूको तुलनामा न्यून रहेकाले पनि सरकारले शिक्षा क्षेत्रमा विशेष लगानी गर्न सक्नुपर्छ। विश्वविद्यालय स्थापनापछि यहाँका जनता सरल एवं सुलभ रूपमा उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्छ।

यो प्रदेशमा विश्वविद्यालय स्थापना भयो भने प्रदेश सरकारले बनाउने माटो सुहाउँदो शिक्षा नीति कार्यान्वयन गर्न पनि सजिलो हुनेछ। स्थानीय भाषा, पहिचानसहित व्यावहारिक र व्यावसायिक शिक्षाले विद्यार्थीहरू लाभान्वित हुन सक्छन्। प्रदेश नम्बर २ को जनसंख्यालाई दृष्टिगत गर्दै यहाँ कम्तीमा पनि दुईवटा विश्वविद्यालय स्थापना हुनुपर्छ।

प्रदेश २ मा विश्वविद्यालयको आवश्यकता छ। यसको आफ्नै इतिहास छ। प्रदेश २ को आफ्नै मौलिकता, समावेशिता, भाषा, संस्कृति र पहिचान छ। यी विषयहरूको प्रतिविम्ब भनेको शिक्षामार्फत गर्न सकिन्छ। हामीले हाम्रो मौलिकता संरक्षणसँगै त्यसको विकास र विश्वव्यापीकरणका लागि विश्वविद्यालय आवश्यक छ। यद्यपि यति भनिरहँदा शैक्षिक माफियाहरूले खोल्ने नाफामूलक निजी कलेजहरूलाई सम्बन्धन दिनकै लागि विश्वविद्यालयको आवश्यकता देख्ने ठूलो जमात हाम्रै प्रदेशमा सक्रिय छ। यस्तो कदापि हुनु हुँदैन। विश्वविद्यालयमा राखिने शैक्षिक विषयहरूमा यहाँको धर्म–संस्कृति, परम्परा, भेषभूषा र भाषा तथा साहित्य अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। प्रदेश २ मा शिक्षाको अवस्था कस्तो छ, त्यो हामी सबैलाई थाहा छ। तर, प्राविधिक क्षेत्रमा यही प्रदेशका युवायुवतीको बर्चस्व वर्षौंदेखि रहँदै आएको छ। यहाँ बुझ्नैपर्ने अर्काे विषय के हो भने यहाँका मेधावी विद्यार्थी पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित छन्।

अर्को कुरा भारततर्फ शिक्षाका लागि समेत हाम्रो निर्भरता बढ्दै जान थालेको छ। यी समग्र विषयको सूक्ष्म अध्ययनले समेत यस प्रदेशका लागि यहाँको मौलिकता बोकेको वैज्ञानिक शिक्षा प्रणाली भएको भुगोलसुहाउँदो विश्वविद्यालयको आवश्यकता छ।

देशको कुल जनसंख्याको ५१ प्रतिशत भाग ओगटेको प्रदेश नं २ मा विश्वविद्यालय अति आवश्यक भइसकेको छ। उच्च शिक्षा अध्ययनका लागि यहाँ संख्यात्मक तथा गुणात्मक हिसाबले निकै कम छ। आर्थिक अवस्था सबल भएका विद्यार्थीहरू मात्र अन्य प्रदेश अथवा विदेश गएर पढ्न सक्छन्। विशेषतः प्रदेश नं २ मा प्लस टु पछिको अध्ययनका लागि आवश्यक शैक्षिक संस्था नहुँदा यहाँका चेलीहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। अभिभावकहरूले आफ्ना चेलीहरूलाई अध्ययनका लागि बाहिर पठाउँदा असुरक्षित महसुस गर्छन्। समृद्ध समाजका लागि छोरीचेलीहरू शिक्षित हुनैपर्छ। आफ्नै प्रदेशमा विश्वविद्यालय भइदिएको भए सबैमा गुणस्तरीय शिक्षाको पहुँच हुने थियो। विद्यार्थीहरू आफ्नो रोजाइको कोर्स पढ्न पाउँथे। मेरो विचारमा जति सहज शिक्षा, त्यति सरल समृद्धि। तसर्थ, प्रदेश नं २ मा विश्वविद्यालय चाँडै स्थापना गरिनुपर्छ।

विश्वविद्यालय शिक्षाक्षेत्रको समृद्धिको आधार हो। तमाम खाले विकृति र विसंगतिको विरुद्धमा वैचारिक र बौद्धिक बहस चलाउने र त्यो बहसलाई तार्किक निष्कर्षमा पुर्याउने केन्द्रको रूपमा विश्वविद्यालयलाई लिने गरिन्छ। प्रदेश २ मा अहिलेसम्म एउटा पनि विश्वविद्यालय छैन। जनकपुरमा प्रस्तावित महर्षि र राजर्षि जनक विश्वविद्यालयले सञ्चालन अनुमति पाएका छन् भन्ने सुनिएको छ। अर्काे केन्द्र वीरगञ्जमा समेत वीरगञ्ज विश्वविद्यालयको नाममा केही कामहरू भएका छन्। हाम्रो प्रदेशको शिक्षाको स्तर झन्झन् खस्किएको छ। परीक्षा प्रणाली पूरै ध्वस्त छ। हरेक विद्यार्थी चिट चोरेर सजिलै डिग्री हासिल गर्न सकिन्छ भनेर लाग्या छन्। एउटा विद्यार्थी ३÷४ वटा विषयमा मास्टर्स गरेको देखिन्छ। थेसिससमेत कपि पेस्ट गर्ने कल्चरमा हामी सिरियस्ली अगाडि बढेका छौं। यस्तो भयावह अवस्थामा एउटा विश्वविद्यालय कसरी सञ्चालन हुन्छ र त्यसले कस्तो खाले सन्देश दिन्छ ? अहिलेको ठूलो चुनौती यही हो। वीरगञ्जमा एक पटक हुने परीक्षामा सहभागी हुने ५ हजारभन्दा बढी परीक्षार्थी अट्ने एउटा परीक्षा भवनसमेत नभएको हाम्रो ठाँउमा परीक्षाका लागि सबै कलेजहरूको पठनपाठनसमेत स्थगित गर्नुपर्ने बाध्यता छ।

मधेशमा विश्वविद्यालयको आवश्यकता दशकौँदेखि देखिएको हो। पहिले आफ्नै शहरमा गुणस्तरीय शिक्षा प्रवाह गर्ने शैक्षिक संस्था नहुँदा यहाँका अधिकांश युवतीहरू शिक्षाबाट वञ्चित हुन्थे। अहिले अभिभावकहरूको दृष्टिकोणमा आएको बदलावले युवतीहरू पनि अध्ययनका लागि बाहिर जान थालेका छन्। अब त विद्यार्थीहरूको संख्यामा यति वृद्धि भएको छ कि यहाँ कलेज र कोर्सको अभाव सृजना भएको छ।

यहाँ विद्यालयस्तरीय पढाइमा निजी शिक्षण संस्थाका कारण आधुनिकता आएको छ। तर, उच्च शिक्षाको क्षेत्रमा विकासकोे झल्को पनि देखिएको छैन्। कक्षा १२ पछि न त विद्यार्थीलाई कलेजमै ठाउँ पाइन्छ न त राम्रो कोर्स नै उपलब्ध छ। यो अवस्थामा विद्यार्थीहरूको भविष्य अन्धकार हुन्छ।

यहाँ विश्वविद्यालय स्थापनाको टक्कारो आवश्यकता देखिइसकेको छ। आखिर कहिलेसम्म यहाँका विद्यार्थी अन्य प्रदेश तथा विदेश गएर अध्ययन गर्ने त ? विद्यार्थीहरूको असुविधालाई निरुत्साहित गर्न पनि सरकारले यहाँ शीघ्र विश्वविद्यालय स्थापना गर्नुपर्छ।

शहरमा कलेजहरूको संख्या बढाउनुपर्ने माग पहिलादेखि नै उठ्दै आइरहेको छ। यहाँका विद्यार्थीहरूमा अहिले चेतनाको सञ्चार छ। यहाँका विद्यार्थीहरू नयाँ नयाँ कोर्स अध्ययन गर्न चाहन्छन्। तसर्थ, यहाँ विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानु आवश्यक छ।

प्रदेश नं २ मा विश्वविद्यालय नभएको होइन। प्रादेशिक राजधानी जनकपुरमा राजर्षि जनक विश्वविद्यालय छ। यस विश्वविद्यालयमा हाल दुई सयको हाराहारीमा विद्यार्थी अध्ययनरत् छन्। पूर्वाधार, जनशक्ति तथा कोर्सहरूको अभावमा राजर्षि जनक विश्वविद्यालय दुरुस्त रूपमा सञ्चालन नभएको अवस्था छ। करिब ५४ लाख जनसंख्या रहेको यो प्रदेशमा विविध कोर्सहरू एकै ठाँउमा अध्ययन गर्न पाइने विश्वविद्यालयको आवश्यकता छ।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३