काठमाडौँ – सुर्तीजन्य पदार्थकाविरुद्ध ऐन–२०६८ लागू गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरूले बताएका छन् । ललितपुरस्थित क्वेष्ट इण्टरनेशनल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा सरोकारवालाहरूले त्यस्तो धारणा राखेका हुन् ।

सो अवसरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सरकारले कडाइका साथ ऐन–२०६८कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार नेपालमा प्रत्येक वर्ष ३५ हजारले सुर्तीजन्य पदार्थको सेवनका कारण अकालमै ज्यान गुमाउनुपरेको छ । त्यस्तै, लाखौं रुपैयाँ क्यान्सर तथा नसर्ने रोगहरूको उपचारमा खर्चिनुपरेको बाध्यतात्मक अवस्था छ ।

प्रा.डा. पौडेलले भने, ‘दिनदिनै सुर्तीजन्य पदार्थको उपयोग बढिरहेको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। यो अत्यन्तै दुःखदायी कुरा हो । यसप्रति सरकार सचेत हुनुपर्छ ।’ पर्याप्त ज्ञानको अभावका कारण र साथीहरूको गलत संगतले गर्दा किशोरकिशोरीहरू सुर्तीजन्य पदार्थको सेवनजस्तो लतमा लाग्ने गरेको उनको भनाइ थियो ।

त्यस्तै, कार्यक्रममा काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सरलगायत नसर्ने रोगहरूको रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि जोड दिनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थ रोकथामका लागि नागरिकस्तरबाटै सशक्त अभियानको रूपमा विभिन्न प्रभावकारी कार्यक्रमहरू चलाउनुपर्नेमा जोड दिए ।

ग्लोबल आईएमई बैंकका बजार प्रबन्धक सुदर्शनराज गुरुङले सुर्तीजन्य पदार्थको सेवन गर्नुको साटो बचत गर्ने बानी बसाल्नतर्फ युवा पुस्तालाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले क्यान्सर काउन्सिल नेपालले सञ्चालन गर्दै आएको जनचेतनामूलक कार्यक्रमप्रति आफूहरूको एक्येबद्धता रहेको र आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पनि यस्ता खाले कार्यक्रमले टेवा पुग्ने उनको विश्वास थियो । आयोजकका अनुसार आजको कार्यक्रमको प्रायोजन भने ग्लोबल आईएमई बैंकले गरेको हो ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८