हेमबहादुर थापा मगर, रत्ननगर – विसं. २०५० जेठ ४ गते। चितवनको चर्को घाम। बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीसँग गएका थियौँ। नदीमा माछा मारेर नै हामीहरूको जीवन धान्नुपर्थ्याे।

त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो। छप्की जालमा माछा पर्दै थियो। म अरू साथीभन्दा अघि थिएँ। जाल हान्दै जति अघिअघि जान्थेँ, त्यति नै धेरै काभ्रे माछा पर्दैथियो। मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा पर्‍यो। मलाई लास हो कि भन्ने लाग्यो।

साथीहरूलाई लास देखेको खबर गरेँ। लासको नजिकै पुगेँ। घोप्टो अवस्थामा लास अड्किएर बसेको पाएँ। पानीको माथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो अनि साथीहरू र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ।

लासलाई ओल्टाइपोल्टाइ हेर्‍यौँ। आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन। लास हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो। एकदमै फ्रेस। शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइन्ट भने थिएन। दुवै खुट्टामा मोजा थिए।

लास पाए पनि मदन भण्डारीको जिप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन। त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे। उनीहरूले लास हेरे। सेनाहरूलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ।

हेरेपछि सेनाहरूले कालो छ, कुनै भारतीय हुन सक्छ भने। लासलाई बगाउन लागे। हामीले बगाउन दिएनौँ। जेठ ४ गते लासलाई नदी किनारमै छाडेर घर फर्कियाैँ। घरमा बाजेलाई लास भेट्टाएको बताएँ। बाजेले शायद मदन भण्डारीको लास होला भने। उनले पुलिसलाई खबर गर्न भने तर मैले पुलिसलाई खबर गर्ने आँट गरिनँ।

जेठ ५ गते कुलो खन्दै थिएँ। दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ। टोलीसँग मेरो बुवाको भेट भएछ। बुवाले हाम्रा छोराहरूले लास भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ। लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लास भएको ठाउँ पुग्यौँ। नभन्दै त्यो लास नेता मदन भण्डारीको रहेछ।

डुङ्गामा लास हालेर वारि आयौँ, जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ। फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन्। ठूलो मेला लागेको जस्तो भीड। अनि पत्रकारहरूले मलाई सोधीखोजी गर्न लागे। जिल्ला प्रशासनबाट आएका कर्मचारीहरूले पनि सोध्न लागे। धेरै दिनसम्म मलाई र मेरा अरू तीन जना साथीलाई घटनाबारे मान्छेहरूले सोधिरहे।

ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु। अहिले पनि ती घटनाक्रमहरू मेरो आँखा अगाडि घुमिरहन्छ। १८ वर्षको हुँदा लास भेटेको थिएँ। अहिले ४३–४४ वर्ष पुगेँ। त्यति ठूलो नेताको लास भेट्टाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो।

त्यस समयमा सिपाहीको लास भेट्टाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे। कुरा पनि चलाएँ तर भएन। अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ। १२ वर्ष साउदी बसेर नेपाल फर्किएँ।

अहिले विदेशबाट फर्किएको ११ वर्ष भयो। एउटा ट्रयाक्टर किनेको छु। आर्थिक अवस्था कमजोर नै छ। मसँगै लास भेट्टाएका किसान ठकुरी नेपालमै छ। श्यामबहादुर थापामगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेसनमा काठमाडौँ जाँदा भेट भयो। मलाई अरूले लास भेट्टाउने मान्छे यही हो भनेर चिनाइदिए। म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ। अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु।

मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमुना बस्तीका रूपमा विकास गरोस् भन्ने छ। अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति छिन्। मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ। (रासस समाचारदाता सुरेन कुँवरसँग थापाको कुराकानीमा आधारित)

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३