गलकोट – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन्। उनले भने, ‘संस्कृतिको उचित उपयोग गर्न सके अर्थोपार्जनका लागि कसैसँग हात थाप्न पर्दैन, संस्कृतिकाे उपयोग गराैँ, अर्थोपार्जनमा टेवा पुर्‍याऔँ।’

घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका–१० पाण्डवखानीले आयोजना गरेको ३३औँ वार्षिकोत्सव, २५६३औँ बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन कार्यक्रममा गुरुङले आगामी ५ वर्षभित्र गण्डकी प्रदेशका सबै आवश्यक स्थानमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए।

उनले स्रोत, साधन र संस्कृतिले भरिएको देशले विदेशको भर पर्नुपर्ने अवस्था गम्भीर भएको भन्दै यसलाई आर्थिक रूपान्तरणमा प्रयोग गर्न उत्खनन गर्न नसकेर अलपत्र अवस्थामा रहेका तामा, फलामलगायतका खानीलाई अध्ययन गरेर सञ्चालन गर्नुपर्ने बताए।

मुख्यमन्त्री गुरुङले गरिबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाणपत्र होइन, सीप हासिल गरेको प्रमाणपत्र भएको हुनुपर्ने उल्लेख गर्दै गरिबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे।

गण्डकी प्रदेश सरकार पर्यटनबाटै समृद्ध बन्नेमा कुनै शङ्का नरहेको उनको भनाइ थियो। उनले भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने बताए। (रासस)

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९