काठमाडौँ, २६ पुस। मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ बस्तीमा पुगेर त्यहाँका बालबालिकालाई क्रिसमस टोपी बाँडेकी छन्। सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ। कतिपयले उनलाई धर्मको प्रचार गरेको भनेर आलोचना पनि गरेका छन्।

श्रृंखला ब्ल्याङ्केट, लुगाफाटा सहितका सामग्री लिएर मकवानपुरस्थित कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँको ताम्लाङमा पुगेकी थिइन्। श्रृंखलाले उक्त गाउँमा हेल्थपोष्ट निर्माण गर्दैछिन्।

उनले नजिकिँदो क्रिसमसका अवसरमा बस्तीका बालबालिकासँग क्रिसमस टोपी लगाएर रमाइलो गरेकी थिइन्। उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा छाएको छ। तस्बिरमा उनी सोलार बत्तीको उज्यालोमा क्रिसमस टोपी लगाएर बच्चाहरूसँग खुशी बाँडिरहेकी देखिन्छ। यही विषयलाई लिएर मानिसले ‘मिस नेपालले क्रिश्चियानिटीको प्रचार गरेको’ भन्दै आलोचना गरेका हुन्।

यस्ता आलोचना भइरहँदा उनले ‘मेरो धर्म प्रचार गर्ने उद्देश्य होइन, बालबालिकालाई क्रिसमस टोपी लगाइदिएर रमाइलो मात्र गरेको’ बताएकी छन्। उनी भन्छिन्, ‘थेम्स कलेजका केही विद्यार्थीले बच्चाहरूलाई यी सामान उपहारस्वरूप पठाएको हो, त्यसैलाई मैले वितरण गरेकी हुँ। बच्चाहरू पनि खुशी थिए। यसमा मेरो के गल्ती भयो?, म हिन्दू हुँ तर अरू धर्म र चाडपर्वलाई पनि सम्मान गर्छु, धर्मनिरपेक्ष मुलुकमा क्रिसमस टोपीलाई लिएर विवाद गर्नु आवश्यक छैन। यो कुनै क्रिश्चियन संस्था वा आईएनजीओले प्रायोजन गरेको पनि होइन।’

इन्ष्टाग्राममा श्रृंखलाले तस्बिर राख्नासाथ धेरै प्रतिक्रिया आएका थिए। कसैले उनका शैलीबाट दुःख व्यक्त गरेका थिए भने कतिपयले उनको बचाउ गरेका थिए। त्यस्तै एक जनाले लेखेका छन्, ‘क्रिसमस टोपीले जाडो थेग्छ? न्यानो टोपी दिएको भए हुन्थ्यिो नि !’

श्रृंखलाले ब्ल्याङ्केट जस्ता न्यानो कपडा पनि वितरण गरेकी थिइन्। क्रिसमस टोपी बाँड्नुमा उनको कुनै व्यक्तिगत स्वार्थ थिएन, उपहारस्वरूप आएको टोपी बाँडेकी हुन्। हाल श्रृंखलाले गाउँमा हेल्थपोष्ट निर्माण गदैछिन्, जसको फिनिसिङको काम भइरहेको छ। उक्त हेल्थपोष्ट ३ महिनाभित्र सञ्चालनमा ल्याउने उनले बताइन्। साथै, उनले गाउँमा बिजुली बत्ती पुर्याउन पनि प्रयासरत रहेको बताइन्।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार