नरहरि पौड्याल, पोखरा – नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्व तन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन कास्कीले पोखरामा विरोध प्रदर्शन गरेको छ। स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास गर्ने नाममा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था ल्याउन लागेको विरोधमा युनियनले प्रदर्शन गरेको हो।

युनियनका उपाध्यक्ष रमेश पौडेलले मिडियामाथि आक्रमण गरेर वर्तमान सरकार तानाशाह बन्न खोजेको आरोप लगाए। उनले मिडियालाई शत्रुको रुपमा हेर्ने सरकारको आयु धेरै नभएको पनि दाबी गरे। जननिर्वाचित सरकारले मिडियालाई शत्रु देख्नु दुखद रहेको उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा प्रेस युनियन कास्कीका सल्लाहकार रबिन्द्र बाँस्तोलाले प्रेसमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धले आम नागरिकको सूचनाको हक खोसिने अवस्थामा पुगेको बताए। उनले पत्रकार मात्र होइन, आम सर्वसाधारण पनि सडकमा आउनु जरुरी रहेको औँल्याए।

बाँस्तोलाले नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको बताए। ‘मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार लगायतका बिधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थाले नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियत प्रष्टिएको उनले बताए।

पोखराको महेन्द्रपुलबाट शुरु भएको विरोध र्‍याली वीपी चोकमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकारका विभिन्न पेशागत संघ संगठनमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८