धनगढी – सुदूरपश्चिम प्रदेशसभामा प्रदेशको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत भएको छ। बिहीबार बसेको प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सो विनियोजन विधेयक २०७६ प्रस्तुत गरेका हुन्।

संविधानमा उल्लेखित मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्ने, प्रदेशमा सवल र सक्षम अर्थतन्त्रको आधारशिला स्थापना गर्ने, खुला स्वस्थ र प्रतिस्पर्धी बजार अर्थतन्त्रको सुदृढीकरण, उत्पादकत्व, उद्यमशिलता विधिलाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइने बजेटको सिद्धान्तमा उल्लेख छ।

निजीक्षेत्रलाई सामाजिक जिम्मेवारीसहितको आर्थिक वृद्धिको साझेदारको रूपमा अगाडि बढाइने उल्लेख छ। सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गरी समतामूलक समाज निर्माण गरी समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने, सरकारी तथा गैरसरकारी क्षेत्रका सबै क्रियाकलापलाई भ्रष्टाचारमुक्त, पारदर्शी, जवाफदेही र उत्तरदायी बनाई सेवा र सुविधाको सुनिश्चित गरिने बजेटको सिद्धान्तमा उल्लेख छ।

प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतको कुशलतापूर्वक उपयोग गरी विकास निर्माणका काममा समानुपातिक र समावेशिताको सिद्धान्त अवलम्बन गरिने, राजस्वको अधिकतम उपयोग गरी आन्तरिक राजस्वको आकार बढाइने बजेटको सिद्धान्तमा उल्लेख छ।

बजेटको सिद्धान्तमा आम प्रदेशवासीको ज्ञान, सिप, क्षमताको समुचित सदुपयोग गरी आर्थिक क्रियाकलापमा संलग्न गराइने, न्यूनतम स्रोत साधनबाट अधिकतम फाइदा लिने, वार्षिक विकासमा मूल्य मान्यता, विधि प्रक्रिया अनुसरण गर्नेलगायत उल्लेख छ। समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने, कृषिमा आत्मनिर्भर हासिल गर्ने, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास गर्ने, पिछडिएको वर्गलाई सामाजिक न्यायसहित सुरक्षा प्रदान गर्ने, नागरिकलाई सुशासनको अनुभूति गराउने, निर्यात प्रोत्साहन गर्दै आयातलाई प्रतिस्थापन गर्नेलगायत बजेटका उद्देश्यहरूसमेत आर्थिक मामिला तथा योजनामन्त्रीले प्रस्तुत गरेका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री बोहराले कर प्रस्तावबाहेकको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, बजेट विनियोजन गर्दा अवलम्बन गरिने नीतिसमेत बुधबारको संसद बैठकमा प्रस्तुत गरेका हुन्। सभामुख अर्जुनबहादुर थापाले जेठ ६ गतेदेखि सदनमा बजेटसम्बन्धी छलफल हुने जानकारी दिए। प्रदेशसभाको अर्काे बैठक जेठ ६ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४