विराटनगर – राष्ट्रिय आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन यही जेठ ४ गते विराटनगरमा हुने भएको छ। महासंघद्वारा विराटनगरमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले उक्त जानकारी दिएका हुन्।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष कुलुङले ४४ वटा जातिलाई आदिवासी जनजातिमा सूचिकृत नगरेको भन्दै दुःखेसो पोखे। उनले आदिवासी जनजातिमा सूचिकृत नभएकाहरू ४४ जाति नै महाधिवेशनमा भेला हुने पनि जानकारी दिए। महाधिवेशनले आदिवासी जनजातिसमबन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको मापदण्डभित्र रहेका सबै जाति तथा समुदायहरूलाई स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारमा आदिवासी जनजातिको सूचीमा सूचिकृत गराउनुका साथै तिनीहरूको सर्वाङ्गीण विकास कार्यहरूमा समावेशिता, सहभागिता र प्रतिनिधित्व प्रभावकारी रूपमा गराउन ठोस निर्णय गर्ने पनि उनले जानकारी दिए।

खवास, विराट राजवंशी, मुडियारी, राजधामी, कुम्हार, अमात, केवरत, खडिया गडेरी, सोनाहा, खुनाहा, रानथारु, कठरिया, थारू, कुलुङ, याम्फू, लोहोरुङ, आठपहरिया, मेवाहाङ, खालिङ, देवान, वान्त्वा, साम्पाङ, वाहिङ, थुलुङ, नाछिरिङ, चाम्लिङ, जेरुङ, डोने, पुनलगायत जातिहउरूलाई आदिवासी जनजातिमा सूचिकृत नगरिएको भन्दै उनले आपत्ति जनाएका छन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय आदिवासी जनजाति महासंघका उपाध्यक्ष प्रदीपकुमार विश्वासले सरकारले विभेद गरेको बताए। संघीयताको संरचनाअनुसार स्थानीय तहका सरकारहरूसँग समन्वय गरी आदिवासी जनजातिका अधिकारहरू कार्यान्वयन गराउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न महाधिवेशनले मार्गनिर्देश गर्ने बताइएको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८