डीआर बन्जाडे, बुटवल – प्रदेश ५ को बजेट अधिवेशन बिहीबारबाट शुरु भएको छ। अधिवेशनको पहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।

अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिए। प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रशासनिक संरचनाहरुलाई थप व्यवस्थित बनाउनु पर्ने बताए। उनले समाजवादको लक्ष्य राख्ने सरकार निरंकुशतातर्फ फर्कन्छ कि भन्नु सही तर्क नभएको बताए। उनले आधारभूत कुराहरु तयार भइसकेको भन्दै अब काम देखिनेगरी बजेट निमार्ण हुने बताए।

त्यस्तै प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले प्रदेश सरकारलाई शक्तिशाली बनाउन सरकारले विशेष पहल गर्न आग्रह गरे। ‘प्रतिपक्षले के गर्नुपर्यो सरकारले भनोस् हामी गर्न तयार छौँ,’ उनले भने, ‘तर प्रदेशलाई शक्तिसम्पन्न बनाउन पहल हुनुर्पछ।’ द्वापर युगको प्रसंग जोड्दै चौधरीले खानेपानीको समस्या प्रदेशभर विकराल रुपमा देखापरेको बताउादै त्यसको समाधानका लागि बजेटमा विशेष प्राथमिकता दिन आग्रह गरे।

उनले यस क्षेत्रमा रहेका आदिवासी जनजातिका संस्कृति सम्पदाहरुलाई पर्यटनसँग जोड्ने गरी बजेट निमार्ण गर्नुपर्नेमा जोड दिए। प्रदेशको समग्र आर्थिक वृद्धिदर बढ्नेगरी काम गर्नुपर्ने बताए। प्रदेश सरकारले प्रदेश सभाका सदस्यहरुको आत्मसम्मान बढ्नेगरी काम गर्न सके प्रदेश सफल हुने उनको धारण थियो।

प्रदेशसभा सदस्य शहस्रराम यादवले विकास निर्माणका काममा प्रतिपक्ष र सत्तापक्ष हुन नहुने बताए। उनले प्रदेशको समग्र विकासमा एक भएर जानु पर्ने धारणा राखे। उनले प्रदेशमा आर्थिक अवस्था कमजोर रहेका जनताले सेवा लिनेगरी मेडिकल कलेज, पालिकाहरुमा अस्पतालको व्यवस्थापन गर्नेगरी बजेट बनाउनुपर्ने बताए।

प्रदेश सभा सदस्य तारा जिसी स्थानीय तहलाई मजबुत बनाउने नीति, कार्यक्रम तथा बजेट बनाउनु पर्ने बताइन्। उनले बजेट निमार्ण गर्दा पछाडि परेका क्षेत्र र लक्षित वर्गलाई विशेष ध्यान पुर्याउनुपर्ने बताइन्। अस्थायी राजधानीमा संरचनाहरु निर्माण गरिरहँदा खर्च बढिरहेको भन्दै स्थायी राजधानी तोक्नु पर्नेमा उनको जोड थियो।

प्रदेश सभा सदस्य कल्पना पाण्डेले परिपक्व र प्रभावकारी नीति, कार्यक्रम र बजेट निमार्ण गर्नुपर्नेमा जोड दिइन्। ‘पहिलो अधिवेशन सिक्दैमा गयो। दोस्रो अन्तिम समयमा निर्माण भयो। तर यो अधिवेशनले परिपक्व र प्रभावकारी नीति बनाउनेछ भन्ने विश्वास लिएकी छु,’ उनले भनिन्। अर्को बैठक जेठ ९ गते बस्ने तय भएको छ।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४