कास्की – पोखरा महानगरपालिका–१४ चाउथेका कृषक केवल गौतमले काँक्रो विक्रीबाट दैनिक २० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। १ हजार ५ सय ८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काँक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले उनले दैनिक ४ सय केजी काँक्रा विक्री गरेर साे मात्राकाे आम्दानी गरिरहेका छन्।

टनेलभित्र २३ ड्याङमा लगाइएको काँक्रोका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन दिन शुरू गरेको बताउँदै उनले वैशाख महिनामा मात्र पाँच हजारझन्दा बढी केजी काँक्रो विक्री गरेको जानकारी दिनुभयाे।।

शुरूका दिनमा काँक्रो होलसेलमा रू. ६५ मा विक्री हुने गरे पनि पछिल्लो समय प्रतिकेजी रू. ५० मा विक्री गर्ने गरेको बताउँदै कृषक गौतमले भन्नुभयो, ‘उत्पादित काँक्रो विक्री हुँदैन कि भन्ने चिन्ता छैन,’ अहिले पनि व्यापारीको मागअनुसारको उत्पादन पुर्‍याउन नसकेको उनी बताउँछन्।

कतिपयलाई फोन सम्पर्कका आधारमा सम्बन्धित स्थानमा पुर्‍याइदिने गरेको जानकारी दिँदै कृषक गौतमले पोखराका राष्ट्र बैंक चोक, छोरेपाटन, रामबजार, विरौटा, पोखरा तरकारी बजारमा विक्री गर्ने गरेको उनकाे भनाइ छ। काँक्राबाट मात्र दुई महिनाको अवधिमा १५ देखि २० लाखका रूपैयाँकाे हाराहारीमा आम्दानी गर्ने लक्ष्य गौतमकाे छ।

नेपाल सरकार कृषि विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएको तापअनुकूलित हाइटेकभित्र उनले काँक्रोलगायत, गोलभेँडा, सिमी, रायोसाग, धनियाँलगायतका विभिन्न मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्दै आउनुभएको छ।

परियोजनाको रू. ८५ लाख अनुदान र रू. १५ लाख आफ्नोसहित रू. १ करोडको लागतमा ३ हजार १ सय २३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चार हरितगृहमध्ये यतिखेर दुईमा गोलभेँडा, एउटामा काँक्रो रहेको छ भने अर्कोमा रायोकाे साग र धनियाँको बीउ राेपेका छन्रोर।

शारीरिक रूपमा फरक क्षमताका कारण ह्वीप्लचियरको सहायतामा व्यावसायिक तरकारीमार्फत यथेष्ट आम्दानी गर्न सफल गौतमले यतिखेर सवलाङ्गका लागि पनि माटोमा पसिना भिजाउन सके के हुँदैन भन्ने चुनौतीसमेत थपिदिएका छन्।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११