धनगढी – धनगढीमा जारी नेपाल आइस मिडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिन आज सोमबारसम्म भएका खेलमा सेमिफाइनल पुग्ने तीन टिमको टुंगो लागेको छ। चौथो दिनको खेलले अन्तिम चारमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ। समूह ‘ए’ को विजेता बन्दै एसटीएस टेलिभिजन अन्तिम चारमा पुगेको छ।

सोमबार भएको पहिलो खेलमा अनुमोदनलाई हराउँदै एसटीएस समूह ‘ए’ को विजेता बनेको हो। तीन खेलमा लागातार जित हात पारेको एसटीएसको ९ अंक रहेको छ। एसटीएसले अनुमोदनलाई ११—० ले हराएको हो। एसटीएसका लागि योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र समीर विष्टले एक/एक गोल गरे। एसटीएसले लिगको अन्तिम खेलमा मंगलबार डेली पाटी डटकमसँग खेल्नेछ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी नेपाल आइस मिडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिन भएको दोस्रो खेलमा भने सुदूर सन्देशले सान्त्वना जित हात पारेको छ। सुदूर सन्देशले दिनेश एफएमलाई ५—० ले हराएको हो। सुदूर सन्देशका लागि राजकुमार चौधरीले ३ र बालकृष्ण शर्माले २ गोल गरे। यसअघिको एक खेलमा हार र एकमा बराबरी गरेको सुदुर सन्देश ४ अंक भए पनि प्रतियोगिताबाट बाहिरिएको छ भने दिनेश एफएम पनि तीन खेलमा पराजित हुँदै अंकविहीन भएर आउट भएको छ।

तेस्रो खेलमा भने लागातार दोस्रो जित हात पार्दै पश्चिम टुडेले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पश्चिम टुडेले डेली पाटी डटकमलाई ११—३ ले पराजित गर्‍याे। पश्चिम टुडेका लागि प्रदीप पाठक, दीपक उपाध्याय र रोशन चौधरीले चार/चार गोल गरे। डेली पाटी डटकमका लागि सुनील आउजीले दुई र पुष्कर विकले एक गोल फर्काए।

तेस्रो दिनको अन्तिम तथा चौथो खेलमा जित हात पार्दै रेडियो धनगढी समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको छ। रेडियो धनगढीले बी टीभीलाई ७—१ ले हराएको हो। रेडियो धनगढीका लागि लोक कार्कीले ५ गोल गरे। प्रकाश छेडालले २ गोल थपे। बी टीभीका लागि नवराज धानुकले एक गोल फर्काए।

प्रतियोगिताअन्तर्गत मंगलबार पनि लिग चरणका अन्तिम चार खेल हुनेछन्। बुधबार सेमिफाइनल र फाइनल हुनेछ। प्रतियोगिताको विजेताले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजारसहित नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ।

यस प्रतियोगितालाई चौधरी ग्रुपको सीजी ब्रुअरीको उत्पादन नेपाल आइसले मुख्य प्रायोजन गरेको छ भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिति रहेका छन्। प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले गरिरहेको छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३