काठमाडौँ – राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका हुन्। उक्त पार्टीले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएकामा सभामुखबाट दुई पटक रुलिङ भइसकेको छ।

नेता यादवले भने, ‘नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपथ्र्यो तर हामीले उठाएका विषयमा सभामुखबाट पनि दुई पटक रुलिङ भइसके पनि सरकारले बेवास्ता गर्दै प्रतिवेदन सार्वजनिक गर्न मानिरहेको छैन।’

संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले आफूहरूको माग सम्बोधन नगरिए आगामी संसदको बैठक अवरोध हुनसक्ने चेतावनी दिए। प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएका थिए।

उनको मन्तव्यपछि सभामुख महराले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएका थिए। (रासस)

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४