वीरगञ्ज – उपचारकाे क्रममा बालककाे मृत्यु भएपछि आफन्तजनले वीरगंजमा अस्पताल घेराउ गरेका छन्। पर्सा, बहुदरमाई नगरपालिका– १ निवासी श्रीराम महतो कोइरीका डेढ वर्षका छोरा सुजित कुमारको उपचारकाे त्रममा मृत्यु भएपछी आक्रोशित बनेकाहरूले गण्डक अस्पताल घेराउ गरेका हुन्।

सुजितलाई झाडापखाला लागेपछी शनिवार अस्पताल भर्ना गरिएको थियो।  बिहान ११ बजे बालकलाई औषधि दिएपछि बालकको मुखबाट अचानक फिँज आई बेहोस भएर मृत्यु भएको बालककी आमा मञ्जु देवीले दावी गरेकी छन्।

उपचारमा संलग्न चिकित्सक र नर्सहरूको लापरवाहीका कारण बालकको ज्यान गएकाे आरोप लगाउदैँ  मृतकका परिवारले कारवाहीकाे माग गरेका छन्। घटनापछि अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ। आक्रोसितहरुले अस्पतालमा तोडफोड पनि गरेका छन्। ‘तोडफोडमा संलग्नहरुलाई नियन्त्रणमा लिएका छौ,’ पर्साका एसपी रेवती ढकालले भने, ‘अहिले अवस्था सामान्य छ।’

के भन्छ अस्पताल प्रशासन?
अस्पताल व्यवस्थापन पक्ष भने उपचारमा कुनै लापरवाही नभएको बताउछन्। उपचारको क्रममा बालकको अवस्था गम्भिर हुँदै गएपछि आईसियूमा राखिएको अवस्थामा बालकको मृत्यु भएको अस्पताल श्रोतले बताएको छ।

‘अचानक सिजर अट्याक आएपछि बच्चालाई भेन्टिलेटरमा राखिएको थियो,’  अस्पताल व्यवस्थापनका अक्रम हवारीले नेपाली पब्लिकसँग भने, ‘आफन्तको आक्रोस स्वभाविक हो, तर चिकित्सक अथवा अरु कसैको लापरवाहीले गर्दा घटना भएको होइन।’

मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै उनले थपे, ‘अस्पतालमा तोडफोड किन भयो भन्नेबारे हामी पनि बुझिरहेका छौ।’

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८