– डमरुबल्लभ भट्टराई


समयक्रममा ०३९ तिर संखुवासभाको बसाइ निकै पुरानो भइसकेको छ। त्यसबेलाको तिहारको विशेष प्रसङ्ग पनि अब ऐतिहासिक घटनाभन्दा बढी भएन। तिहारको बेला, मानेभञ्ज्याङको पिकनिकको अप्रत्यासित घटनाले जरैदेखि हल्लाएको जनजीवन। परिस्थिति प्रतिकूल बन्न कति बेर लाग्ने रहेछ र? बिग्रेको वातावरण सहज बनाउन तत्काल के गर्न सकिन्थ्यो, समयसँगै विवेकले कति साथ दिन्थ्यो होला? त्यो बेला विवेकको प्रयोग कतै कमजोरी पो थियो कि? त्यसैले पनि होला, तिहारको चाडसँग सम्बन्धित यो प्रसङ्ग भुल्न नसकिने रहेछ।

खाँदबारीमा तिहारको छुट्टीको माहोल छ। प्रायः कर्मचारी उत्सव मनाउन गइसकेका छन्। कति त दशैँ अगाडि नै हिँडिसके। केन्द्रले पनि दशैँ–तिहारलाई ध्यानमा राखी उत्सव मनाउन मौका दिने रहेछ। अहिले खाँदबारीमा कर्मचारीहरू कमै छन्। बाहिर जान अनुकूल नपर्ने, मजस्ता जिल्ला छोड्न नपाउनेहरू, सामूहिक रूपमा केही रमाइला कार्यक्रम कतै गरूँ भन्ने चाहना राख्छन्। जिल्ला प्रमुख भएको नाताले मेरो रुचिप्रति उनीहरूको उत्सुकता छ।

मेरो तासमा रुचि छैन। यसले समूह बनाउने, कर्मचारी टुक्रिने, हारजितले तनाव देखिने, व्यवहारमा परिवर्तन आउने जस्तो लाग्छ। तर, म खेलाडीको इच्छालाई बाधा पार्दिनँ। त्यो पहाडी जिल्लामा एकदिन मात्रै भए पनि तिहारको उत्सव मनाउन अरू के उपयुक्त हुन सक्दथ्यो होला र? खाँदबारी बजार भर्खरै शहरीकरणको प्रक्रियामा छ। त्यसैले सबैको ध्यान पिकनिकमा नै छ। मैले पनि अस्वीकृति जनाउने कारण थिएन। अन्ततः हाम्रो छनोट मानेभञ्ज्याङको पानीटङ्की पर्छ। त्यो परिवारका सबै सदस्यको सहज पहुँचभित्र पनि छ।

पिकनिक जानेहरू प्रायः मनकामना जाने गर्छन्। अरुण नदीको किनार, नदीको कञ्चन पानी, धार्मिक आरधना स्थल, वृद्धहरूको बसोबास क्षेत्र, रूख–बिरुवा हरियालीले पूर्ण छ त्यसबेलाको मनकामना। तर, बालबच्चासहित उकाली ओराली गर्न सजिलो छैन। त्यसैले सबै दृष्टिकोणले मनकामना उपयुक्त देखिएको छ। भेला हुन, खानेपानी निर्माणस्थल राम्रो पनि छ। खाँदबारीबाट तेर्सैतेर्सै मानेभञ्ज्याङ पुगेर अलिकति उकालो चढ्न असजिलो थिएन। त्यो अग्लो ठाउँ भएकाले संखुवासभा र भोजपुरका केही भागलाई राम्ररी देख्न सकिन्छ।

सबैका घरमा बन्दुक र अन्य घरेलु हतियार छन्। इन्स्पेक्टर सावले कार्यालय सुरक्षामा न्यूनतम राखी सबै प्रहरी हतियारसहित आउन घटनास्थलबाटै आदेश गरेको कुरा तुरुन्तै चारैतिर फैलिइसकेको छ। त्यसले गाउँमा थप उत्तेजना ल्याएको छ। प्रहरीसँग हामी पनि लड्ने, उसले एक जना लडाउँदा हामी पाँच जना लडाउँछौँ भन्दै हतियार तयार पार्न थालेको कुरा टंकीमा आइसकेको छ।

बिहान ९ बजेतिर प्रस्थान गर्ने सल्लाह छ। जिल्ला प्रमुख प्रहरी इन्स्पेक्टर नजिकै बस्ने हुँदा खबर गरेँ। ढिलो हुने कुरा आयो। हामी हिँड्यौँ। केही प्रहरी मानेभञ्ज्याङबाट फर्कंदै थिए। संखुवासभाका १२ गाउँपञ्चायतमा त्यही बाटो भएर आवतजावत हुन्छ। स–साना पसलहरू बीचमा निमावि, बाटोसँगै जोडिएको कम्पाउण्ड, वरपर राम्रो गाउँ छ। स्कुल कम्पाउण्डभित्र केही मान्छे छन्। हाम्रो ध्यान त्यता जाँदैन। खुरुखुरु पिकनिक स्थलतिर चढ्यौँ। पछि आउने इन्स्पेक्टर त्यता पस्नुभएछ, भर्खरै लङ्गुरबुर्जा खेल्न थालेका थिए क्यार! तिहारको समय पारेर खेल्ने, खेलाउने पुरानै चलन रहेछ।

निषेधित कार्य मानेर हटाउने कोसिस भएछ। त्यसले विवादको रूप लिएको छ। एक महिनाभित्र सरुवा भएर आएको हुँदा चिन्ने मान्छे त्यहाँ थिएनन्। यो को हो? हामीलाई किन यसो गर्छ, चाडको बेलामा? निकै भनाभन भएछ। हात हालाहालसम्मको स्थिति आउन लागेको बेलामा संयोगले बैंकको स्टाफ अचानक त्यहाँ पुगेछन्। उहाँ इन्स्पेक्टर साव भन्न भ्याएछन्। फुली हुनुपर्ने, त्यसै दुःख दिने? आदि निकै चर्काचर्की भएछ। सबै उत्तेजनामा देखेर ती स्टाफले पछि जे गर्नुपर्ने गरुँला, अहिले जाऊँ भन्दै बाहिर ल्याएछन्।

इन्सपेक्टर ठूलोठूलो स्वरले कराउँदै उकालो चढ्दै हुनुहुन्छ। रूखबिरुवाले गर्दा स्थिति प्रस्ट छैन। नजिकिँदै गर्दा यिनीहरूलाई गोली ठोक्नु पर्छ, बदमासहरू, सीडीओ सापको आदेश चाहियो भनेको सुनिन्छ। यसरी ठूलो आवाज गर्दै पिकनिक स्थलमा प्रवेश हुन्छ। अब हामी सबै साथमा छौँ। समस्याको पहिचान गर्न चाहन्छौँ। तर, धेरै आवेश छ। तै पनि शान्ति पार्न कोसिस गर्छाैं। चढेको पारो घटाउन सजिलो छैन। प्रयास निरन्तर चालू छ। यता पिकनिकको वातावरण खलबलिइसकेको छ। उता कम्पाउण्डमा प्रहरीसँगको त्यो खटपट गाउँमा तुरुन्तै फैलिएछ।

त्यो राई र गुरुङ बाहुल्य भएको, धेरै लाहुरे भएको क्षेत्र, बिहानपख प्रायः घरमै छन्। सबैका घरमा बन्दुक र अन्य घरेलु हतियार छन्। इन्स्पेक्टर सावले कार्यालय सुरक्षामा न्यूनतम राखी सबै प्रहरी हतियारसहित आउन घटनास्थलबाटै आदेश गरेको कुरा तुरुन्तै चारैतिर फैलिइसकेको छ। त्यसले गाउँमा थप उत्तेजना ल्याएको छ। प्रहरीसँग हामी पनि लड्ने, उसले एक जना लडाउँदा हामी पाँच जना लडाउँछौँ भन्दै हतियार तयार पार्न थालेको कुरा टंकीमा आइसकेको छ।

परिस्थिति दोस्रो चरणमा पसिसकेको छ। घेराउ अकल्पनीय छ। त्यसमा बूढाबूढी र केटाकेटीसम्म पनि छन्। कोही त बच्चा बोकेका पनि थिए। त्यहाँबाट सुटुक्क भाग्ने सम्भावना छैन। त्यही भञ्ज्याङकै बाटो भएर जानुपर्ने बाध्यता छ। घुमेर जाँदा चार/पाँच घण्टा हिँड्नैपर्ने प्राकृतिक बाटो छ।

परिस्थिति सम्हाल्न तुरुन्तै प्रधानपञ्चलाई खोज्न पठाइयो। तर, प्रधानपञ्च निकै ढिला गरी आइपुग्नुहुन्छ – त्यो पनि आक्रोशको मुद्रामा। संयमित बनाउने प्रयास काम लाग्दैन। तिहारजस्तो चाड – रमाइलो गर्न राणाकालमा पनि जुवा खेल्ने छुट थियो। यहाँ त लंगुरबुर्जा मात्रै छ। कौडाको त कुरै छैन। किन यस्तो? उल्टै प्रश्नमाथि प्रश्न छन्। आक्रोश बढ्दैछ। अन्ततः अन्तिम बिन्दुमा पुग्छ, ‘ए इन्स्पेक्टर गोली हान्, लौ गोली हान्’ भन्दै इन्स्पेक्टरतिर छाती तन्किन्छ।

उता जिल्लाबाट बोलाइएका प्रहरीहरू स्कुल कम्पाउण्डभित्र पसिसकेका छन्। त्यो बेलासम्म थप प्रहरी बोलाइएको थाहा छैन। त्यो सुनाउन अवस्थै छैन। उनीहरूले खेल भताभुङ्ग पारी खेलको केही पैसा, लंगुरबुर्जा र केहीलाई पक्राउ गरी हामीतिर आउँदै गरेको देख्छौँ। इन्स्पेक्टर रक्सी नखाने, प्रधानपञ्च पनि नखाने। तर, दुवैको आक्रोश चरम् बिन्दुमा छ। खानेको भन्दा चर्काे छ।

यत्तिकैमा जुलुसले घेरिसकेको छ। वरिपरि कोदोबारी, हामी डिलमा छौँ। बीचबीचबाट ए इन्स्पेक्टर गोली हान् भनेको सुनिन्छ। प्रधानपञ्च स्वयं त्यस हुलमा छिरिसक्नुभएको छ। उहाँको आवाज अझ चर्काे सुनिँदैछ। यता इन्स्पेक्टर गोली ठोक्ने आदेश पाऊँ, हुलका सामु दबाब दिँदै हुनुहुन्छ। दुवै पक्ष कुरा सुन्ने मुडमा छैनन्। एउटा भन्छ, गोली हान्ने आदेश चाहियो, अर्काे भन्छ लु गोली हान्। त्यहाँ तिहारको बेला सानोतिनो मेला जस्तै हुने रहेछ। स्कुललाई आर्थिक सहयोग गर्न पञ्चायतले लंगुरबुर्जा खेलाउन स्वीकृति दिएको रहेछ। संस्थागत रूपमा नै काम भएकाले खेल्ने–खेलाउने दुवै पक्ष आ–आफ्नो ठाउँमा सही ठान्दा रहेछन्। मेरो एरिया, मेरो स्वीकृतिबेगर प्रहरी प्रवेश किन? प्रधानपञ्चको छुट्टै प्रश्न छ।

घेराउ, असुरक्षित वातावरणको स्थितिमा शक्तिको प्रयोगमा केही आधार होला। तर, घटनाको जग बलियो छैन। कानूनी कारवाही नै गर्दा पनि जुवा ऐनअनुसारको कुरा हो। त्यसमा सामान्य सजायको व्यवस्था छ। जुन प्रभावकारी र अर्थपूर्ण अब रहेन। परिस्थिति दोस्रो चरणमा पसिसकेको छ। घेराउ अकल्पनीय छ। त्यसमा बूढाबूढी र केटाकेटीसम्म पनि छन्। कोही त बच्चा बोकेका पनि थिए। त्यहाँबाट सुटुक्क भाग्ने सम्भावना छैन। त्यही भञ्ज्याङकै बाटो भएर जानुपर्ने बाध्यता छ। घुमेर जाँदा चार/पाँच घण्टा हिँड्नैपर्ने प्राकृतिक बाटो छ।

इन्स्पेक्टरलाई देखेपछि सबैले ताली बजाउँछन्। अपमानित गर्ने नियत हुन सक्दथ्यो। यसले इन्स्पेक्टर साहवलाई पुनः उत्तेजित गरायो। गोली हान्ने आदेश पाऊँ भन्दै पुनः जोडदार दबाब छ। गाउँलेहरूले गोली खानसम्मको अपराध गरेका थिएनन्। इगो सन्तुष्टिका लागि गोली चलाउनु हुँदैन भन्नेमा म दृढ छु।

सबै सरोकारवाला आ–आफ्नो ठाउँमा सही होलान्। आ-आफ्नो सीमाभित्रै बसेर काम गर्दै गरेको जिकिर गर्छन्। चाडपर्वको विषय, मनोरञ्जनको विषय, व्यवस्थापनको विषय, कानूनी विषय, जनअभिमत सबैको एकै ठाउँमा मिश्रण भएको छ। पछिल्लो स्थिति गोली चलाउने परिबन्द भनिए पनि जग बलियो छैन। गोलीबाट समस्या समाधान हुने स्थिति छैन। मूलतः किन शक्ति प्रयोग हो – औचित्य पुष्ट्याइँ हुँदैन। गोलीले त्यो भेकमै विस्फोटक स्थिति ल्याउँथ्यो होला। कति मर्थे, कति घायल हुन्थे, हामी स्वयंको स्थिति के हुन्थ्यो? म सबैको रक्षा गर्ने प्रमुख जिम्मेवार – स्वयं कहाँ पुगेको हुन्थेँ होला?

तत्कालीन अवस्थालाई शान्त पार्ने दायित्व मेरै थियो। अन्ततः मलाई भन्न करै लाग्यो। पैसा, लंगुरबुर्जा, पक्राउ परेका सबै मानिस लैजाओ, जे गर्नु पर्छ गर। तर पनि जुलुस फिर्ता हुँदैन। वातावरण अशान्त भइरह्यो। अन्त्यमा प्रधानपञ्चलाई भनेँ- मलाई दुई थप्पड हान्ने भए पनि हान्नुहोस्, यो सबै लिएर जानुहोस्। अन्त्यमा साहवलाई किन त्यसो गर्ने लौ साथी हो जौँ भन्दै जुलुस फिर्ता गयो।

खेलका सबै साधन लिएर उनीहरू फिर्ता गइसकेका छन्। सबैले राहतको सास फेरेका छन्। धन्न आज बाँचियो भन्ने सबैको मुखमा छ। पिकनिकको रसरूप सबै भङ्ग भएको छ। अब हामी फिर्ता हुने क्रममा छौँ। म अगाडि छु। इन्स्पेक्टरलाई बीचमा राखिएको छ। अरू बाटो सहज नभएकाले त्यही भञ्ज्याङ हुँदै फिर्ता हुनु छ। तर, त्यहाँ परिस्थिति फरक छ। अरू मानिस थपिएका छन्। त्यस क्षेत्रका गन्यमान्यहरू, जिल्ला पञ्चायत सदस्यहरू, बुद्धिजीवीहरू, व्यापारीहरू, सैनिक सेवाका भू.पू. र वर्तमानलगायत सर्वसाधारणको जमघट छ।

हामी तमासाको पात्र बनेका छौँ। बाटोको दुवैपट्टि दोहोरो लाइनजस्तै बनाएका रहेछन्। इन्स्पेक्टरलाई देखेपछि सबैले ताली बजाउँछन्। अपमानित गर्ने नियत हुन सक्दथ्यो। यसले इन्स्पेक्टर साहवलाई पुनः उत्तेजित गरायो। गोली हान्ने आदेश पाऊँ भन्दै पुनः जोडदार दबाब छ। गाउँलेहरूले गोली खानसम्मको अपराध गरेका थिएनन्। इगो सन्तुष्टिका लागि गोली चलाउनु हुँदैन भन्नेमा म दृढ छु। हामी भोलि पूर्जी काटेर अफिसबाटै कारवाही चलाउँला भन्दै, छिटोछिटो गर्दै, कुनै दुर्घटनाविना खाँदबारी फिर्ता भएका थियौँ।

घटनास्थलमा दैनिक नाराजुलुस होलान्, माहोल सजिलै शान्त हुने छैन। सरकारलाई थप केही गर्न बाध्यता हुनेछ। छानबिन गर्न आयोग गठन गर्नुपर्नेछ। म दण्डित भएर बिदा हुनेछु। परिस्थिति सम्हाल्न सरकारसँग यो राम्रो विकल्प हुनेछ। यो सामान्य राज्यसञ्चालनभित्रकै पद्धति हो। जिम्मेवार ठाउँमा म बसेको भए पनि त्यही गर्थें होला।

फर्केर हेर्दा, केही सन्तोष र केही खिन्नताबीच खडा छु। सन्तोष यस मानेमा छ, कुनै क्षति हुन पाएन। एक्कासि गोली चलेको भए कति मर्थे, कतिको अङ्गभङ्ग हुन्थ्यो, त्यो शान्त ठाउँमा कति कोलाहल हुन्थ्यो, हामी स्वयं हाम्रो परिवार कति सुरक्षित हुन्थ्यो? जुलुसमा बेलायत, भारतका सैनिक सेवाका योद्धाहरू पनि थिए। हानाहानले छिनभरमै रणक्षेत्रमै परिवर्तन हुन्थ्यो होला। देश–विदेश सबैतिर हटन्यूज हुँदो हो।

मानेभञ्ज्याङसँगै म पनि जोडिन्थेँ। कस्तो भयानक तस्बिर बन्थ्यो होला? हेलिकप्टरले पटकपटक उडान भर्थ्यो होला, नयाँनयाँ मान्छे आउँथे होलान्, लास र घाइतेहरूको व्यवस्था गर्न सेना आउँथे होला। केही समय त्यहीँ बस्थ्यो पनि होला। हुनसक्छ, लासको समूहमा म पनि हुनेछु – हामी हुनेछौँ। अचानक परिदृश्य अर्कै हुने होला। सबैले मलाई गाली गर्ने होलान्। फाट्टफुट्ट चिन्ता र पीडा गर्नेहरू पनि होलान्। तमासा हेर्ने र कुरा काट्नेहरूको कमी हुने छैन।

त्यो नालायकी मलाई पहिले नै थाहा थियो भन्ने पनि मुखर हुनेछन्। नालीबेली खोज्नेहरूको कमी कहाँ हुन्थ्यो र? म चारैतिरबाट दूषित व्यक्ति हुनेछु। घटनास्थलमा दैनिक नाराजुलुस होलान्, माहोल सजिलै शान्त हुने छैन। सरकारलाई थप केही गर्न बाध्यता हुनेछ। छानबिन गर्न आयोग गठन गर्नुपर्नेछ। म दण्डित भएर बिदा हुनेछु। परिस्थिति सम्हाल्न सरकारसँग यो राम्रो विकल्प हुनेछ। यो सामान्य राज्यसञ्चालनभित्रकै पद्धति हो। जिम्मेवार ठाउँमा म बसेको भए पनि त्यही गर्थें होला।

एक जना व्यक्तिको क्षणिक इगो सन्तुष्टिका लागि राज्यले कति ठूलो क्षति व्यहोर्नु पर्थ्यो होला? घटना समाधान गर्न सानोतिनो तालमेल नमिलेको मात्र थियो। प्रहरी चाहन्छ शक्तिको भाषा प्रयोग गरौँ– म भन्छु, शक्तिको भाषामा समाधान खोजौँ। त्यसपछि कतैबाट प्रशासकीय कारवाहीको कुरा उठेन। प्रहरीको तर्फबाट पनि केही भएन। कुरा यत्तिमै समाप्त जस्तो भयो।

ललितपुरमा मेरो सरुवा गर्ने प्रसङ्गमा त्यो कुरा उठेछ। एक्सन गर्न नसक्ने व्यक्ति ललितपुरमा उपयुक्त हुँदैन भनिएछ। प्रहरी वा अरू कुनै स्रोतले गोली चलाउनु पर्ने जायज परिस्थितिमा प्रजिअले आदेश नदिएर प्रहरीको आत्मबल गिराएको रिपोर्ट पुर्‍याएको पनि होला। यसबारे कतैबाट पनि मलाई सोधनी भएको थिएन। असजिलोमा व्यक्ति गौण हुन जान्छ।

जानी नजानी जेलिएको परिस्थिति बन्न पाएन। त्यो सन्तोषको पक्ष थियो। केही पछि – पुस १ गतेको आमसभामा अचानक सुखद परिस्थिति आउँछ। त्यो थियो – मानेभञ्ज्याङका उनै प्रधानपञ्चले तिहारको बेलाको त्यो सम्पूर्ण घटनाको दोष स्वीकार गर्नु। यो नै पूर्ण सन्तुष्टिको खजना थियो। मेरो आत्माको आवाज थियो। सम्मान थियो। लाग्छ, त्यो दिन मेरो कमजोरी होइन, आत्मबल रहेछ। न्यायको चाहना थियो होला। सबैको भलाइ हुने आकांक्षा थियो होला।

तर, यो आफैँमा पूर्ण छैन। इतिश्री बाँकी नै रहेछ। त्यो बेला मैले एक्सन लिनु पर्थ्यो, गोली हान्नु पर्थ्योभन्नेमा केन्द्र पुगेछ क्यारे। तर, मैले पानीको थोपा जस्तो आयो–गयो–सकियो भन्दा बढी मूल्य दिएको थिइनँ। रिपोर्टिङ गर्ने जरुरत पनि मानिनँ। त्यसैले पनि मन्त्रालयको मूल्याङ्कन केही विपरीत भएछ। म एक्सन नलिनेमा परेछु। मलाई प्रहरीको क्षणिक आक्रोश–तत्कालीन परिस्थितिको सही आँकलन नपुग्नुभन्दा बढी लागेको छैन।

पछि ललितपुरमा मेरो सरुवा गर्ने प्रसङ्गमा त्यो कुरा उठेछ। एक्सन गर्न नसक्ने व्यक्ति ललितपुरमा उपयुक्त हुँदैन भनिएछ। प्रहरी वा अरू कुनै स्रोतले गोली चलाउनु पर्ने जायज परिस्थितिमा प्रजिअले आदेश नदिएर प्रहरीको आत्मबल गिराएको रिपोर्ट पुर्‍याएको पनि होला। यसबारे कतैबाट पनि मलाई सोधनी भएको थिएन। असजिलोमा व्यक्ति गौण हुन जान्छ। कतै भनिएको छ, शुभेन किञ्चित, अशुभेन समाप्तम् । अर्थात्, शुभले केही प्राप्त होला, अशुभ भयो भने सबै समाप्त हुन्छ।

समसामयिक परिस्थितिबाट केन्द्रले अञ्जान बन्नुपर्ने स्थिति आउनु दुखद पक्ष थियो। कहीबाट पनि खोजखबर हुनसक्दथ्यो। मन्त्रालय जानकार भइरहनुपर्थ्यो। सूचना नै राज्यको यथार्थ शक्ति हो। केन्द्रलाई समयमा रिपोर्टिङ नगर्नु भूल थियो। राज्यको मूलधारभित्रका राम्रा–नराम्रा जटिलता पार नगरी कसरी जागिरे धर्म पूरा हुन्थ्यो र! लाग्छ, राज्य सञ्चालनका जटिलताभित्र असल नियत एउटा पक्ष मात्रै रहेछ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८