सुर्खेत – कर्णाली प्रदेश सरकार पर्यटन क्षेत्रको विकास गुरुयोजना बनाएर अघि बढ्ने भएको छ। प्रदेशका पर्यटकीय स्थल नै आर्थिक समृद्धिको आधार भएको ठहर गर्दै पर्यटन पूर्वाधार निर्माणलाई गुरुयोजना बनाएर प्राथमिकता दिइने भएको हो।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले निजी कम्पनीहरुसँग मिलेर र्‍याफ्टिङ , प्याराग्लाईडिङ्ग खेलको विकास तथा विस्तारमा जुट्ने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। ‘भेरीमा र्‍याफ्टिङ शुरु भए यता उल्लेख्य मात्रामा बाह्य पर्यटक सुर्खेतमा भित्रिएका छन,’ मन्त्री बुढाले भने, ‘यसलाई अझै प्रचार–प्रसारमा ल्याउन निजी क्षेत्रसँग मिलेर मन्त्रालय योजनाबद्ध ढंगले अघि बढ्छ।’

मन्त्री बुढाले साहसिक पर्यटन मार्फत आन्तरिक तथा बाह्य पर्यटकमा आकर्षण बढाई विकास तथा व्यापारको प्रवर्धन गरिने बताए। उनका अनुसार मन्त्रालयको आउँदो वर्षदेखि र्‍याफ्टिङ प्याराग्लाईडिङ्गजस्ता साहासिक खेलका लागि युवालाई प्रशिक्षण दिएर व्यवसायिक बनाउने योजना रहेको छ।

‘कर्णाली प्रदेशका नदीहरुमा र्‍याफ्टिङको बलियो सम्भावना हुँदाहुँदै व्यवसायिक हिसाबले र्‍याफ्टिङ सञ्चालनमा रहेका कठिनाईलाई अब प्रदेश सरकारले सम्बोधन गर्छ,’ मन्त्री बुढाले भने, ‘र्‍याफ्टिङ व्यवसायिहरुले भोग्दै आएका समस्याप्रति आफुँ गम्भीर रहेकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले दक्ष जनशक्ति तयार गर्नका लागि विशेष प्याकेज ल्याउनेछ।’

उनले पर्यटनमा पनि सरकारले साहसिक पर्यटन प्रवर्धन कामलाई विशेष प्राथमिकतामा राखेको जनाए।

पर्यटन बोर्ड गठन सम्बन्धी आवश्यक कानुन आगामी मन्त्रीपरिषद्को बैठकमा पेश गर्ने तयारी मन्त्रालयको छ। मन्त्री बुढाले प्रदेशको पर्यटन विकास, सम्भावना र चुनौती एवं प्रर्वद्धनका लागि मन्त्रालय मातहतमा बोर्डको परिकल्पना गरिएको बताए।

सिंगो पर्यटकीय क्षेत्रको आवश्यक व्यवस्थापनका लागि बोर्ड नै गठन गरी अगाडी बढ्ने उनले बताए। ‘यतिबेला पर्यटन प्रवर्द्धनका लागि प्रयाप्त काम हुन सकेका छैनन’, उनले भने, ‘अब अधिकार सम्पन्न बोर्ड नै गठन गरी कर्णालीका पर्यटकीय क्षेत्रको विकास गरिन्छ।’ बोर्डले प्रदेश भरीकै पर्यटकीय क्षेत्रको गुरुयोजनासमेत निर्माण गर्नेछ।

२०७६ सालमा प्रदेशले सुर्खेत विमानस्थलको स्तरोन्नतीदेखि विभिन्न करिडोरहरु निर्माण गर्ने योजना बनाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सुलभ, सुरक्षित, भरपर्दाे र नियमित हवाई तथा स्थल यातायातको विकास, विस्तार र प्रवर्धन गरी प्रदेशका मनोरम सम्पदाहरु तथा पर्यटकीय स्थलहरुसम्म पहुँच वृद्धि गर्ने योजना निर्माण गर्नेछ।

‘रारा, मानसरोवर कैलाश पर्वत जाने पर्यटकहरुलाई मध्यनजर गर्दै रारा तथा डोल्पा करिडोर निर्माण, भेरी करिडोर, कर्णाली करिडोरलगायतका करिडोरसहित पर्यटन पदमार्ग निर्माण हुनु पर्ने आवश्यकता देखिन्छ’, मन्त्री बुढाले भने, ‘भौगोलिक तथा आर्थिक रुपमा विकट र विपन्न प्रदेशमा पूर्वाधार निर्माण विना आर्थिक समृद्धि र विकास सम्भव छैन।’

पर्यटकीय स्थलमा सुविधा सम्पन्न होटेलहरुको अभाव रहेको भन्दै सरकारले पर्यटक लक्षित गरी होमस्टे तथा सार्वजनिक आवास गृहहरु निर्माण गर्न नसकिएको उनले बताए। यो वर्षमा पर्यटन सूचना केन्द्र स्थापना गरिने छ।

प्रदेश सरकारको एकल प्रयासले मात्रै कर्णालीमा पर्यटकहरु भित्र्याउन नसकिने भन्दै उनले सरोकारवाला निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे।

सल्यानमा कुभिण्डे दह, छत्रेश्वरी, खैरावाङ भगवती पर्यटकीय स्थल छन्। डोल्पामा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज स्थापित पर्यटकीय क्षेत्र हो भने मन्त्रालयले त्रिपुरासुन्दरी, शे गुम्बा, धो उपत्यका, दूध कुण्ड, कान्जिरोवालाई प्रचार गर्नुपर्ने गन्तव्यमा राखेको छ।

जुम्लाको सिंजा सभ्यता, डुडुल चैत्य, चन्दननाथ, ठाकुर ज्यु, हुम्लाको लिमी उपत्यका पर्यटकीय स्थललाई मन्त्रालयले पर्यटकीय क्षेत्रका रुपमा समेटेको छ। यस्तै मुगु रारा ताल स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने गन्तव्यहरु मन्त्रालयले राखेको छ भने छाँयानाथलाई प्रचार गर्नुपर्ने गन्तव्यमा समेटिएको छ।

कालिकोट पचाल झरना, बडीमालिका, दैलेख पञ्चकोशी धार्मिक पर्यटन विकाश, कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु तथा सुर्खेतको काँक्रेविहार, देउती बज्यै, जाजुरादह पञ्चपुरी नगरपालिका–८ र ९, (गुप्ति ताल, मादले गुफा, शिव गुफा लगायत) गिद्देडाँडा पर्यटकीय क्षेत्र, बराहताललाई प्रमुख पर्यटकीय स्थलमा अभिलेख राखिएको छ।

रुकुम पश्चिम मदन आश्रित पार्क, बोतामकोट चित्रिपाटन साहसिक पदमार्ग, सेफ्रु ताल, सिस्ने हिमाल र जाजरकोटको खलंगा दरवार क्षेत्रलाई पनि पर्यटक आकर्षणको केन्द्रविन्दु मानिएको छ। मन्त्रालयले पर्यटक आगमनको अवस्था, भौतिक संरचना निर्माण, पूर्वाधार निर्माण लगायतका अवस्थाको अध्ययन गरी एक सय एक पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचार–प्रसार गरिने सचिव धिरेन्द्रकुमार प्रधानले बताए।

उनले पर्यटकहरु भित्रिएमा राजश्वबाट कर्णालीको समृद्धिमा टेवा पुग्ने आधार भएकाले मन्त्रालयले पर्यटकीय क्षेत्रको स्तरोन्नती र विकासका लागि योजना अघि बढाएको बताए। जसका लागि मन्त्रालयले केही दिनमा १ सय १ पर्यटकीय स्थलको पहिचान टुङ्गो लगाईने उनको भनाइ छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८